गायिका राउतलाई ४ दिन हिरासतमा राखिने
गलकाेट, माघ १३
पाण्डबखानी अनलाइन खबर
जिल्ला प्रशासन कार्यालय काठमाडौंले अभद्र ब्यवहार कसुरमा पक्राउ परेकी गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति दिएको छ ।
राउतलाई थुनामा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाइने भएको छ । काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि प्रशासनमा अनुरोध गरेको थियो । अनुरोधलाइ स्वीकार गर्दै ४ दिनको म्याद थप गरिएको हो । गायिका राउत सोमबार बिहान आफैं महानगरीय प्रहरी परिसर टेकुमा उपस्थित भएकी थिइन् । त्यसपछि उनी विरुद्धको कारबाही प्रक्रिया प्रहरीले अगाडि बढाएको हो । आफ्ना मामा र सानो बुवाको साथमा परिसर पुगेर राउतले सोमबार बिहान प्रहरी समक्ष आत्मसमर्पण गरेकी हुन् । हिरासतमा नराख्न उनले गरेको याचनामा समेत कुनै सुनुवाइ नभएको उनका निकटजनले बताए ।
No comments:
Post a Comment