हटियाको घुम्टे कपास उद्योगमा आगोलागी हुदाँ २० लाख बढिको क्षति
गलकाेट, माघ १४
घनश्याम गौतम
गलकोट नगरपालिका वडा न. ३ हटिया बजारमा रहेको गलकोट घुम्टे कपास उद्योगमा आज आँगलागि हुदाँ २० लाख बराबरको क्षति भएको छ ।
हटियाबजार बाट सिमखेत जाने बाटोमा रहेको घुम्टे कपास उद्योगमा आगोलागी हुदाँ उद्योग पुर्ण रुपमा जलेर नष्ट भएको हो । भने उद्योग भित्र राखिएका मेशिन कपडाको रहेको ध १ प १३२५ नम्बरको मोटरसाईकल समेत जलेको प्रहरी चोकी हटियाले जनाएको छ ।
आज बिहान करिब ७ बजेर १५ बजेदेखी लागेको आगो स्थानिय तथा प्रहरीका सहयोगमा करिब ८ बजे नियन्त्रणमा आएको थियो । गलकोट नगरपालिका वडा नम्वर ६ का शिब आचार्यले सञ्चालन गर्नुभएको उद्योगमा बिद्युतको तार सर्ट भएर आगोलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान रहेको छ ।
आगोलागीबाट करिब २० लाख बढिको क्षति भएको प्रहरी चौकी हटियाका प्रमुख प्रहरी नायव निरिक्षक अनुप केसि क्षेत्रीले जानकारी दिनुभयो ।
No comments:
Post a Comment