Saturday, January 11, 2020

सप्तरङ्गीकाे दसौं साधारणसभा सम्पन्न ।/पाण्डबखानीमा कृषि सेवा केन्द्रकाे स्थापना संगै पशु सेवा केन्द्रकाे पुर्ण स्थापना गरिएको छ।

सप्तरङ्गीकाे दसौं साधारणसभा सम्पन्न ।
गलकाेट, पाैष २६
सुरेश छन्त्याल
गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे सप्तरङ्गी बचत तथा श्रृण सहकारी संस्था लिमिटेडकाे दसौं साधारणसभा अाज सम्पन्न भएको छ। सहकारीका अध्यक्ष ज्ञानबहादुर श्रीसकाे सभापतित्याेमा बरिस्ठ समाजसेवी मानसिंह छन्त्यालकाे प्रमुख अाथितियतामा भएको कार्यक्रममा २६० शेयर सदस्य,बचतकर्ता,समाजसेवी,बुद्धिजीवी लगाएतकाे सहभागीता रहेकाे थियाे। अध्यक्षप्रतिवेदन,लेखाप्रतिवेदन लालप्रसाद पुन,प्रबन्धक पतिवेदन दिप घर्तिले प्रस्तुत गर्नुभएको थियाे। नन्दुश्री घम्विरेकाे स्वागत खिम काउचाकाे संञ्चालनमा सम्पन्न भएको छ। सहकारीबाट ime,प्रभु लगाएतका रिमेन्ट्रासबाट रकमकाे काराेबार हुने गर्दछ।
पाण्डबखानीमा कृषि सेवा केन्द्रकाे स्थापना संगै पशु सेवा केन्द्रकाे पुर्ण स्थापना गरिएको छ। त्यस्तै १ दिने माटाे परिक्षण शिविर पनि सम्पन्न भएको छ। नगरपालिका कृषि शाखाकाे अायाेजना माटाे तथा मल परिक्षण प्रयाेगसाला पाेखराकाे प्राविधिक सहयोगमा गलकाेट नगरपालिका ११ रिघा १० पाण्डबखानीमा गरि १२४ माटाेकाे नमुवा परिक्षण गरेकाे नगरपालिका कृषि शाखाका अतिकृत हरित्त सुवेदीले जानकारी गराउनुभयाे। परिक्षण गर्ने क्रममा ४ मध्य अाैषधमा माटाेकाे नमुनाहरु अम्रलीबढी भएको र पाेरास मात्र न्युन रहेकाे माटाे बिक्य अस्मिता काफ्लेले बताउनु भयाे। र ल्यउ र जुगाका अाैषधी निशुल्क वितरण भएको पशु सेवा केन्द्र पाण्डबखानीका प्राविधिक शिव अाचार्यले जानकारी दिनुभएको छ।

No comments:

Post a Comment