मल्ममा अपाङ्ग सञ्जाल गठन
गलकाेट, माघ १०
सुरेश छन्त्याल
फरक क्षमता भएका ब्यक्तिहरु लागि नगर स्तरीय अपाङ्गता सञ्जालकाे अायाेजनामा
अपाङ्गता भएका व्यक्तिहरुकाे प्रतिनिधित्व गर्दै अाएकाे अपाङ्गता भएका व्यक्तिहरुकाे नगरपालिका स्तरीय सञ्जाल गलकाेटकाे विभिन्न वडाहरुमा अपाङ्गता भएका व्यक्तिहरुकाे दाता संकलन र नयाँ कार्य समिति गठन कार्य विभिन्न वडाहरुमा तिव्रगतिमा अगाडि बढाएको छ ।
यसैबीच अाज अाविश्कार खरेलकाे नेतृत्वमा गलकाेट नगरपालिका ७ मल्ममा नया कार्य समिति गठन गरिएको छ। जसमा अध्यक्ष नारायण थापा, उपाध्यक्ष लालबहादुर राना
,सचिव अात्माराम मरासिनी,काेषाध्यक्ष रत्नकुमार थापा रहने गरि ८ जनाकाे कार्य समिति गठन गरिएको छ। भने ४३ जनाकाे दाता संलग्न समेत गरिएको बताइएको छ। त्यस्तै शनिबार गलकाेट नगरपालिका १० पाण्डबखानी वडा कार्यालय र गलकाेट नगरपालिका ११ रिघामा माघ १४ गते कार्यक्रम राखिएको छ।
No comments:
Post a Comment