Tuesday, December 26, 2017

निसीखोला गापाको झिवाखोलामा ५ के.जी चरेस सहित एक युवक पक्राउ !

निसीखोला गापाको झिवाखोलामा ५ के.जी चरेस सहित एक युवक पक्राउ !
कुम्बिर बिश्वकर्मा,, बुर्तिबाङ २०७४ पुस ११
निसीखोला गाउँपालिका—३, मा रहेको इलाका प्रहरी कार्यालय झिवाखोलाले आज करिब ५ केजी चरेस सहित एक जना युवकलाई पक्राउ गरेको छ ।
निसीखोला गाउँपालिकाको वडा नं. ६ भल्कोटदेखि बुर्तिबाङ बजारतर्फ आउँदै गरेको ना ४ ख ९२०९ नम्बरको बसलाई प्रहरी चेकजाँच गर्दा निसीखोला गाउँपालिका—५, निसी बस्ने बर्ष ३० का खिमबहादुर घर्तिमगर उक्त परिमाणको अवैध लागुपदार्थ चरेस सहित पक्राउ परेका हुन ।प्रहरीको नियमित चेकजाँचको क्रममा निज खिमबहादुरले झोलामा प्याक गरेर बुर्तिबाङ ल्याउँदै गरेको अवस्थामा झिवाखोला प्रहरी चौकीका प्रहरी नायव निरिक्षक रिमबहादुर बैदवारको नेतृत्वमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय झिवाखोलाले जनाएको छ ।चरेस सहित पक्राउ परेका घर्तिलाई थप अनुसन्धानको लागि आजै जिल्ला प्रहरी कार्यालय बागलुङ लैजाने तयारी भैरहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख कृष्ण रानाले बताए ।

Sunday, December 24, 2017

पाण्डबखानीमा दुई दिने कृषि तालिम सुरु

पाण्डबखानीमा दुई दिने कृषि तालिम सुरु
पुस ९-अाइतबार
सुरेश छन्त्याल/पाण्डबखानी
बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानीमा दुई दिने व्यवसायिक तरकारी खेति तालिम अाज देखि सुरु भएको छ। गलकाेट नगरपालिका कृषि शाखाकाे अायाेजनामा पाण्डबखानीकाे सिमसि भवनमा तालिम भएको हाे।तालिममा व्याजकाे सेट बनाउने,हावापानी माटाे अनुसार कसरी तरकारी लगाउने विषयमा तालिम भएको थियाे।तालिममा कृषक सुमन काउचाकाे स्वागत मन्तव्यमा वडा कार्यालयका वडा अध्यक्ष तिलक घर्ती,बरिस्ठ समाजसेवी मानसिह छन्त्याल लगाएतले मन्तव्य राख्नुभएको थियाे।भने गलकाेट नग�रपालिका कृषि खाशाका प्राविधिक डम्बर नारायण दाहालेले सहजिकरण गर्नु भएकोमा तालिममा ३० जनाकाे सहभागीता रहेको तालिम भाेलि समापन हुने बताईएको छ।

Friday, December 22, 2017

कमल श्रीसकाे जन्मदिने आमा भिडियो सार्वजनिक

"कस्का आँखा नरसाउलान र यो गित हेरेर....।- सुख मा हासी दिने दुख मा रोइ दिने,अनि संसार का हरेक खुसी ल्याइदिन ज्यान कै बाजि लगाउन परे पनि पछि नहटने अरु कोहि नभएर उहीँ जन्मदिने आमा हुने गर्दछिन।जब भाग्यमानी लाई आमा बाट न्यानो,निशचल  र पबित्र  माया प्राप्त हुन्छ नि तब आट र साहास पैदा हुन्छ अनि जस्तोसुकै बाध्यात्मक परिस्थिति र चुनौती लाई सजिलै सामना गर्न सकिन्छ।आफू जन्मिएको ठाउ र आफू लाई जन्म दिने आमा स्वर्ग भन्दा पनि प्यारो हुनेगर्द्छ।हो उनै जन्म दिने आमा प्रति समर्पित गित हो यो "मेरि आमा,"यो गित कमल श्रीस ले पछिल्लो समय मा लोक संगीत को बजारमा ल्याएका हुन। उनी गल्कोट नगरपालिका १० पानडबखानी मा जन्मिएका हुन। उन ले यस् अधि पनि केही गित सार्वजनिक गरिसकेका छ्न।यस् मेरि आमा भन्ने गित मा उनी आफै अभिनय पनि गरेका छ्न आमा को साथमा यो गित को शब्द पनि उनी आफै ले संकलन गरेका हुन।लय भने गाएक तथा सर्जक पुरन प्रभात ले सिर्जना गरेका हुन र म्युजिक एरेन्ज दुर्गा थापा ले गरेका हुन।यो गित मा भिडियो  छायांकन किसोर थापा,सम्पाद्न रमेश रसाइली, निर्देशन पुरन प्रभात ले गरेका छ्न।अत्यन्तै सुन्दर दृश्य र वास्तविक परिस्थिति लाई समेटेर यो गित तयार पारिएको छ। हाम्रो पनि यो गित लाई सफलता को धेरै धेरै शुभकामना जय होस।

आमा आज हजुरबाट म साधाका लागि टाढा जादै

आमा आज हजुरबाट म साधाका लागि टाढा जादै
छु,संसारलाई आफ्नो बनाउन खोजे खोजे, तिम्रो सपना पुरा गर्न खोजे तर बिडम्बना मेरो जीवन त्यो भन्दा ठिक फरक भैदियो आज त्यसैले होला म मर्दै छु।हो यस्तै कथामा जोडिएर चर्चित लोकदोहोरी गायक पुष्कल शर्माले अर्को मार्मिक लोक गीत “मुटु जलाई जलाई भाग-५:”फ्यान” बजारमा लिएर आएका छन।ठ्याक्कै एक वर्ष अगाडी यही दिन यही समय बजारमा पठाइएको गीत मुटु जलाई जलाई भाग-४”म मरेको छैन” बजारमा ल्याएका शर्माले अहिले फेरी अर्को मार्मिक गीत “फ्यान”बजारमा ल्याएका हुन्।पछिल्लो समय बढेको आत्माहत्याको घटनालाई निर्मुल पार्ने र समाजमा भएका गतिविधिलाई फरक बनाउने हिसाबले शर्माले उत्क गीत बजारमा ल्याएको बताए।गीतमा शर्माको स्वर/लय र शब्दको साथमा म्यूजिक भिडियोमा पनि स्वयम् शर्माले अभिनय गरेका छन भने भिडियो भित्र अभिनयमा साथ् सारिका केसी,रश्मि भट्टले दिएका छन।पुष्कल शर्माकै निर्देशन रहेको उत्क म्यूजिक भिडियोमा शर्मा भने आत्महत्या गर्ने देखिन्छ र सोहि समय अन्य पात्रले उनको हत्या गरेको देखिन्छ।भिडियोमा सम्पादन भने चर्चित सम्पादक दिपक बिष्टको रहेको छ भने छायांकन सुरेश श्रेष्ठको रहेको छ।


Thursday, December 21, 2017

कलाकार बन्न गाह्रो छैन अहिले गाह्रो त लोकप्रियता कमाउन हो” सन्चारकर्मी तथा लोक दोहोरी गाएक पुरन प्रभात

कलाकार बन्न गाह्रो छैन अहिले गाह्रो त लोकप्रियता कमाउन हो”
सन्चारकर्मी तथा लोक दोहोरी गाएक पुरन प्रभात
किस्ना आचार्य रोशनी :- नेपाली लोकदोहोरीको क्षेत्रमा
थुप्रै कलाकारहरुको आगमन हुने गर्दछ कसैले नाम र दाम दुबै कमाउन सफल भएका छ्न, कोहि भने १/२ वटा गित बजारमा ल्याएर हराउने पनि गरेका छन् । जसले गित संगीतमा निरन्तर साधना अभ्यास र
झुकाब राख्दछ त्यही ब्याक्ती नै यो क्षेत्रमा सफल हुदो रहेछ। त्यसरी नै गित संगीत संगै सन्चारको पाटोलाई निरन्तर आत्मासाथ गर्दै लोक संगीत र सञ्चारको क्षेत्रमा छोटो समयमा नै निकै लोकप्रिय बनेका छन । लोकदोहोरी गाएक पुरन प्रभात, पुरन प्रभातको जन्म बरेङ गाउँपालिका वाड न.१ धुल्लुबास्कोट
बागलुङ जिल्लामा बि.स.२०४९ फागुन २९ गते बाबा भबिलाल घर्तिमगर र आमा भुमा घर्ती मगरको कान्छो सन्तानको रूपमा भएको हो। उनले बि.स.२०६३ सालमा आदर्श बिधामन्दिर बागलुङ देखि एसएलसी (SLC) परिक्षा दिएका हुन। यसैगरी, बि.स .२०६५
सालमा श्री सर्बोदय क्याम्पस बरेङ देखि १०+२, बि.स .२०६९ सालमा धौलागिरी बहुमुखी क्याम्पसदेखि बि.एड., यसैगरी बि.स.२०७३ सालमा पृथ्वीनारायण क्याम्पस पोखरादेखि प्रथम श्रेणिमा अङ्ग्रेजी विषयबाट एम.एड.(डि .ग्रि.) पूरा गरेका हुन। र
हाल माध्यमिक बिद्यालयमा स्थायी अङ्ग्रेजी शिक्षकका
रुपमा कार्यरत पनि छ्न। उनी सानै देखि सरल, सहयोगी, साना ठुला सबैलाई सम्मान गर्ने, माया गर्ने, मिहिनेती र सबै को प्यारो ब्याक्ती बनेका छन ।
उनको बाल्यकालीन साङगितिक जीवनको बारे कुरा गर्नुपर्दा,  उनी सानैदेखि गित संगीत र साहित्यमा रुचि राख्ने ब्याक्ती हुन, उनले विद्यालय र संघ संस्थाबाट आयोजित कार्यक्रममा थुप्रै पुरस्कार प्राप्त पनि गर्ने गर्थे। उनले सानै उमेरमा थुप्रै कथा कविता गजल पत्रीकामा प्रकाशि गरि सकेका छन ।
उनको सन्चार र रेडियोको अनुभवको बारे कुरा गर्नु पर्दा।बि.स. २०६६ सालमा रेडियो सालिग्राम १००.६ मेगाहर्जबाट सञ्चारको यात्रा थालनी गरेका हुन त्यहाँ “कथा गुराँस” नामक गीति कथाको कार्यक्रम संचालन गरेका थिए। उक्त कार्यक्रम निकै लोक प्रिय् बनेको थियो साच्चिकै त्यही कार्यक्रमले पुरन
प्रभातलाई चिनाएको थियो रेडियोकर्मी भनेर जताततै ।
बि.स. २०६७ सालमा बागलुङ एफ एममा आएर लोक दोहोरीसंगै गीति कथाको कार्यक्रम जिन्दगीका मोडहरु सन्चालन गरे उनले। उक्त कार्यक्रम यति लोक प्रिय् बनेको थियो कि जुन कार्यक्रम नसुन्ने साएद कमै थिए होला। उक्त कार्यक्रम सुनेर स्टुिडयो मै कति श्रोता आएर उनलाई भेटेर रोएर फर्कने गर्दथे । किन कि उनले
वास्तविक तथा काल्पनिक घटनाहरुलाई जिबन्त पारेर प्रसारण गर्ने गर्थे । बि.स.२०६९ सालमा पोखरा छिरी सञ्चार अभियान संगै गित संगीत को स्थान लाई झनै फराकिलो बनाए उनले। उनको गित संगीतको बारे कुरा गर्नु पर्दा, बि.स.२०७० सालमा जुना श्रीस सङग “ मेरो भन्नू तिमी नै हौ सानू” बोलको लोक दोहोरी गित गाएर औपचारिक रुपमा गित संगीतमा प्रवेश गरेका हुन। त्यसपछी जुना श्रीससंगै “उकालिको वरको बुटो देउडा
पाराको ” लोक दोहोरी गाए, त्यो गितले निकै लोक पारखी श्रोताको मन जित्यो। धेरै रेडियोहरुले उत्कृष्ट मौलिक गित घोषणा गरेर उक्त गितलाइ तारिफ पनि गरेका पनि थिए, पुरन प्रभातको उचाइ माथी पुर्याएको थियो उक्त गितले। त्यसपछि पुर्णकला बि.सि. सङग “मुटु टुक्रा पार्छु” र सञ्चारकर्मी सुरेश छन्त्यालकाे शब्दममा देबि घर्ती सङग “पान मिठो कि सुपारी ” रोइला भाका गाए, दुबै गितले राम्रो बजार पाए। उनले थुप्रै गितहरु सिर्जना गरिसकेका पनि छ्न जस्तै- “सुन
मेरि सानू सुन “, “समझनामा कति तडपाउछेयौ” , सुरेश  छन्त्याल र कमल श्रीसकाे “माया सङग घुम्टे जानी हो “, “गाह्रो भा छ दिन रात कटाउन ” (दसै तिहार
गित) र “नाच हो नाच सानू यसपालीको तिजमा ” आदि। उनी गाएक सर्जक मात्रै नभएर अभिनयको पटोमा पनि कम्मर कसेका छ्न उनलेे अभिनय गरेका गित हरु- “सुन मेरि सानू सुन “, “मुटु टुक्रा
पार्छु“, “तिम्ले नि छोडछु भनेयौ भनेत ” आदि हुन।
उनको साहित्यिक यात्राको सम्बन्धमा उनले प्रधान
सम्पाद्कको पदमा रहेर सिर्जनाको मझेरी साहित्यिक
पत्रीकाको प्रकाश गरे केही वर्ष सम्म, “ नपुगेको अभिलाषा ” उनको कथा संग्रह हो। यसैगरी “यात्रा ” गजल संग्रह पनि प्रकाशित गरेका छ्न। उनका विभिन्न राष्ट्रिय पत्रपत्रीकामा दर्जनै लेख रचना प्रकाशित भइ सकेका छन र उनी अहिले पनि निरन्तर लेखनमा नै छ्न। मेला महोत्सवको सिलसिलामा नेपालका विभिन्न जिल्लामा, उनी पुगेका छ्न । बिदेशमा भने मलेसिया र ईन्डिया सम्म मात्रै पुगेका छन् । अब अरु देशमा पनि
जाने तयारीमा जुटेका छ्न। अन्त्यमा गित संगीतमा लागेका नयाँ कलाकारको यो लहरलाई हेरेर के भन्नू
हुन्छ ? भन्ने हाम्रो प्रस्नमा उनले यसो भन्द्छ्न: “पछिल्लो समय मा गित संगीतको क्षेत्रमा लाग्ने लहर निकै बढेेको छ, डिजिटल बजारले पनि कलाकार बन्न खोज्नेको धोको पूरा गर्दिएको छ। आफुले सिर्जना गर्ने सीप नभए पनि सर्जकलाई तिर्ने केही पैसा अनि अडियो र भिडियो गर्ने केही पैसा भए अहिले गित निकालेर कलाकार बन्न केही गाह्राे छैन तर त्यसरी निकालेको गित, गित संगीत प्रेमीले नसुन्दिन नहेर्दिन पनि सक्छन किन कि उनीहरुको रोजाइको नबन्न सक्छ यदि त्यस्तो भयो भने त्यसको के अर्थ भयो र ? त्यसैले कलाकार बन्न केही गाह्रो छैन अहिले, गाह्रो त लोक प्रियता कमाउन हो “। भनेर गहकिलो भनाइ राखेका छ्न।
आगामी दिनमा पनि यसरी नै गित संगीतमा लाग्ने र केही प्रगतिशील गित बजारमा ल्याउने तयारीमा रहेको कुरा बताएका छ्न। हाम्रो तर्फबाट सफल जीवनको कामना गर्दछौँ !
जय होस ।।।

गाउँपालिका–६ विहुँमा दुर्घटना भएको छ ।

ताराखोलादेखि बागलुङ बजारसम्म आउँदै गरेको ध १ ज ६५० नम्बरको पिकअप जिप काठेखोला गाउँपालिका–६ विहुँमा दुर्घटना भएको छ ।
जिप दुर्घटना हुँदा सवार २ जना घाईते भएका छन् । दुर्घटनामा ताराखेला ५ का ३० वर्षिय लाल बहादुर विक र ताराखोला– ४का ६० वर्षिय मोतिलाल घर्ति सामान्य घाईते भएको र उहाँहरुलाई उपचारको लागि धौलागिरी अञ्चल अस्पताल बागलुङ ल्याईदै गरेको दोविल्ला प्रहरी चौकी अक्षेतेका ईन्चार्ज महेश रायमाझीले जानकारी दिनुभयो । जिपमा चालक सहित ६ जना सवार रहेका थिए । जिप काठेखोला–६ को विहुँ सुल्डाँडाको घुम्टीबाट २० मिटर तल खसेको खबर प्राप्त भएको छ।

बागलुङको सर्कुवामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर दुई महिलाको मृत्यु

बागलुङको सर्कुवामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर दुई महिलाको मृत्यु
पाण्डबखानी अनलाइन खबर
६ पुस,बागलुङ
पुरिएर दुई महिलाको मृत्यु भएको छ भने अर्की एक महिला घाईते भएकी छिन । जैमिनी नगरपालिका वडा नम्बर–४ सर्कुवामा बुधबार घर पोत्ने माटो लिन गएका सोहि स्थानका ५० वर्षीया हरिकला सुनार र २५ वर्षीया पूर्णकला नेपालीको मृत्यु भएको बागलुङ प्रहरी प्रमुख एसपी दिपक रेग्मीले जानकारी दिए । घटनामा सर्कुवाकै तारा सुनार घाइते भएकी छन् । उनको
मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार हुँदैछ । सुनारको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । घटनामा मृत्यु भएका दुबै जनाको शव पोष्टमार्टमको लागि धौलागिरी अञ्चल अस्पताल बागलुङ ल्याईएको प्रहरीले जनाएकाे छ।

पत्रकार भवनका लागि एकसाथ फेसबुक अपिल

पत्रकार भवनका लागि एकसाथ फेसबुक अपिल !पाण्डबखानी अनलाइन खबर
६ पुस, बागलुङ
नेपाल पत्रकार महासंघ बागलुङ शाखाले शुक्रवारदेखी भवन निर्माणको आर्थिक अभियानलाई थप तिव्रता दिने भएको छ । कुल १ करोड ३० रुपैयाँको लागतमा निर्माण हुने भवनका लागि आवश्यक आर्थिक जुटाउन शुक्रवारदेखी सामाजिक सञ्जालको प्रयोग सहित घरदैलो अभियानलाई व्यापकता दिने महासंघको तयारी छ । महासंघका शाखा अध्यक्ष दिल शिरीषको अध्यक्षतामा बसेको कार्यसमिति तथा भवन निर्माण समितिको संयुक्त बैठकले हाल सम्मको महासंघ भवनको भौतिक तथा आर्थिक प्रगति
सन्तोषजनक भएको निष्कर्ष सहित शुक्रवारदेखी अभियानलाई तिव्रता दिने निर्णय गरेको हो । ‘भवन निर्माण शुरु भए पछि हाल सम्म ४४ लाख भन्दा बढी रकम स्वत स्फुर्त रुपमा संकलन भइसकेको छ,’ महासंघका सचिव राम थापा ‘अविरल’ले भन्नुभयो, ‘अब अभियानलाई थप प्रभावकारी बनाउन पुस ७ गते बिहिवार जिल्लाभरका सबै पत्रकारले आफ्नो फेसबुकको वालबाट पत्रकार महासंघ भवनमा सहयोगका लागि सार्वजनिक रुपमा अपिल गर्ने निर्णय गरेका छौ । उहाँले जिल्लाका सम्पूर्ण पत्रकार
सञ्चारकर्मीलाई महासंघको अभियानलाई थप प्रभावकारी बनाउन अभियानमा सक्रियताका साथ लाग्न पनि आग्रह गर्नुभयो । बागलुङ नगरपालिका २ मा निर्माणाधिन महासघंको भवन अहिले दुई तला ढलान सकिएर प्लाष्टरको काम शुरु भएको छ। आगामी बैशाख सम्ममा नयाँ भवनमा सर्ने गरि काम अघि बढाइएको शाखा कोषाध्यक्ष बिजय रानाले बताउनुभयो । अहिले उत्साहजनक रुपमा स्थानीय तह देखी व्यक्ति सघं संस्थाबाट सहयोग आउने क्रम जारी रहेकाले निर्धारित समयमै भवन सम्पन्न गर्न सफल हुनेमा बिश्वस्त रहेको उहाँको भनाई छ । बैठकले यही पुस १४ देखी बागलुङ बजारमा हुने महोत्सवमा बागलुङ उद्योग बाणिज्य सघंले पत्रकार महासंघ भवन निर्माणमा टेवा पुग्ने गरि प्रति टिकट ३ रुपैयाँ दिने र टिकटको व्यवस्थापन महासंघले गर्ने सहमति भएकाले उक्त कार्यका लागि समय दान गर्न इच्छुक पत्रकार व्यक्ति, सघंसंस्थालाई आग्रह गर्ने निर्णय समेत गरेको छ । साथै महासंघमा सम्वद्ध पत्रकारहरुलाई यही पुस मसान्त भित्र महासंघ भवनको आफ्नो दायित्व सहितको रकम बुझाएर सदस्यता नविकरण गर्न समेत आग्रह गर्ने निर्णय गरेको सचिव थापाले बताउनुभएकाे छ।

Tuesday, December 19, 2017

नक्कली समाचार रोक्न गुगलले उठायो नयाँ कदम

नक्कली समाचार रोक्न गुगलले उठायो नयाँ कदम

विश्वका ठूला प्राविधिक कम्पनीहरुका लागि फेकन्यूज अर्थात् नक्कली समाचारहरु ठूलो समस्या बनिरहेका छन् । फेसबुकले पहिले नै आफ्नो वेबसाइटमा फेकन्यूज रोक्नका लागि विभिन्न गम्भीर कदमहरु उठाइसकेको छ र अब गुगलले पनि यस विषयमा सख्त रबैया अपनाएको छ ।यद्यपि, सबैभन्दा ठूलो सर्च इन्जिन गुगलले यस सन्दर्भमा आधिकारिक रुपमा
केही बताएको छैन । तथापि, उसले समाचारको लागि विद्यमान मापदण्ड अपडेट गरेको छ ।गुगलले आफ्नो न्यूज पोर्टल गुगल न्यूजमा फेक न्यूज रोक्नका लागि योजना बनाएको छ । यसको गाइडलाइन पेजमा एक नयाँ प्वाइन्ट जोडिएको छ, जसमा गुगलले न्यूज पोर्टलहरुलाई आफ्नो वास्तविक लोकेसन नलुकाउन आग्रह गरेको छ । यदि कुनै वेबसाइटले आफ्नो लोकेसन हटाएमा त्यसलाई गुगल न्यूजमा देखाइने छैन । यसअघि गत अप्रिलमा गुगलले आफ्नो सर्च इन्जिनमा फेकन्यूज रोक्नका लागि पहिलो टूल ल्याएको थियो । उक्त टूलमार्फत गुगल प्रयोगकर्ताले अटो कम्प्लिट फंक्सनको माध्यमबाट गलत तथ्यमा आधारित तथा घृणा फैलामउने खालका समाचार सामग्रीहरुको बारेमा गुगलमा उजुरी गर्न सक्दछन् । यसबाट गुगललाई गलत सूचना दिने सामाग्रीलाई रोक्ने तथा सही तथ्ययुक्त आलेखहरु पाठकसम्म पुर्याउनमा निकै सहयोग मिल्नेछ ।

Monday, December 18, 2017

lave पर्न सक्दैना

lave पर्न सक्दैना
सुरेश छन्त्याल दर्पण/पाण्डबखानी
कसै संग बाेल्दैमा
फाेन नम्बर माग्दैमा
फाेटाे माग्दैमा
lave पर्न सक्दैना

सन्दर्भ :-facebook

अहिले facebook नचलाउने कमै हाेलान धेरैकाे हातमा माेबाइलअनि फेशबुक छ। फेशबुकमा साथी बनाउने बन्ने प्रविधि छ।साथी बने सकेपछि हेल्लाे हाइ के छ सन्चै छ।बाई रेअनि भनिन्छ नि फेशबुकले धेरै मानिसहरु विक्रिए र राम्रो बनायाे रे उहीँ पेशबुकबाट कुरा गर्याे सुचना समाचार अादान प्रदान गर्याे त्यहि फेशबुकबाटै कुरा गर्याे अनि lave पार्याे कहाँ भेट्ने मेराे रिचार्ज सकिएकाे छ फाेन गरन रिचार्ज गर्दिनु न रेर त्यहि पेशबुकले कत्तिकाे घरबार विग्रिएकने छ।पेशबुकमा साथी बन्याे हजुरकाे घर कहाँ.....के गर्नुहुन्छ ...काेकाे हुनुन्छ।...श्रीमान विदेशमा हुनुन्छ। यसरी बाेल्दै बाेल्दै जादा कसैकाे त त्यहि lave पछि पर्छ र भेेट हुन्छन् ताम कसि हाल्छन्।यस्ताे छ फेशबुकाे कमालमैले facebookकाे छाेटाे सन्दर्भ जाेडेकाे हु कस्ताे लाग्याे उस्तै सल्लाह सुझाब र प्रतिक्रिया तल कमेन्ट बक्स्मा लेख्न नबुल्नु हाेला। र अन्यथा पनि नलिनुहाेला धन्यवाद................।

Sunday, December 17, 2017

चर्चित गायिका जुना श्रीस लाई मोटि भने पछि..

चर्चित गायिका जुना श्रीस लाई मोटि भने पछि..
पुरन प्रभात/बागलुङ
लोक दोहोरीको क्षेत्रमा निकै चर्चित नाम हो जुना श्रीस मगर,सायद लोक गित का पारखी हरुले उन को स्वर नसुन्ने कमै होलान,बुढा पाका देखि युवा सम्म कै रोजाइ बनेकी छ्न जुना श्रीस मगर,हो यी नै चर्चित गयिका लाई अर्का लोक दोहोरी को फाटमा चर्चा बटुल्दै गरेका,लोक प्रिय बन्दै गरेका सन्चारकर्मी  तथा लोकदोहोरी गाएक गोबिन्द श्रीस ले मोटाई छौ भनेर भनेका छ्न।गोबिन्द श्रीस ले पछिल्लो क्रममा निकै नै गित संगीत पारखी हरु को मन जित ने गित बजार मा सार्वजनिक गरेका छ्न। स्भाववैले उनी मौलिक गित गाउन रुचाउने गाएक हुन।त्यही मौलिक सालैजो गित मा शब्द मार्फत उने ले जुना श्रीस लाई मोटाइ छौ भनेका छ्न उन ले गित मा यसो भनेका छ्न,"पल्टनै बाट छुट्टी मा आको भेट् भैयो रोदिमा,मोटाइ छौ सानू झन राम्री भै छौ फोटो छ गोजिमा,"भेट् भैयो पुरानो साथी तिम्रो नजर छ छैन म माथी। यो गित मा स्वर जुना श्रीस मगर र गोबिन्द श्रीस को रहेको छ।शब्द दिपक दर्लामी मगर र लय दीपेन्द्र परियार को छ।यो गित मा अभिनय हुमन थापा र निर्मला पुन को हो भने छायांकन किसोर थापा र निर्देशन पुरन प्रभात को हो।रात्रीकालिन दृश्य र गाउले परिवेश मिलाएर बनाएको यो गित र भिडियो ले सबै को मन जित्ने छ।हाम्रो पनी यस गित लाई सफलता को धेरै धेरै सुभकामना।

पाण्डबखानीका महिलाहरु सामाजिक काममा सकृय

पाण्डबखानीका महिलाहरु सामाजिक काममा सकृय
सुरेश छन्त्याल/पाण्डबखानी
बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानी साविक पाण्डबखानी गाविसका सबै महिलाहरु पछिल्लो समयमा सामाजिक काममा सकृय हुँदै अाइरहेका छन्।गाउमा कसैको बिहे हुदा मर्दापर्दा सहयाेग गर्ने लाउरे अाएमा अामा समूह जम्मा भएर भजन गाउने नाच्ने गरेकाे रकमले सामाजिक कामका लागि अावश्यक सामाग्री किन्ने र काेषमा जम्मा गर्ने गरेका छन्।पहिले बैठक हुदा र  बिहे पर्दा महिलाहरुकाे कम सहभागी हुने गर्थाे।अहिले पछिल्लो समयमा बैठकमा भाेजभटेरमा महिलाहरुकाे निकै सहभागीता देख्न सकिन्छ।पाण्डबखानीमा रहेकाे महिला जागरण केन्द्रकि अध्यक्ष समेत रहनु भएकि राधिका पुनले अब पाण्डबखानीका सबै महिलाहरुलाइ अझ सकृय बनाउदै जाने बताउनु भएको छ।प्रत्येक बैठक र समाजिक काममा सहभागीता बनाउने कुनै न कुनै समिति मा महिलाहरुलाइ आबद्ध बनाउन अाग्रह गर्दै अध्यक्षकाे जिम्मा लिएर पाण्डबखानीमा ६ महिने सिलाई कताई तालिम,सहसक्ति करण तालिम दिईसकेकाे बताउनु भयाे।महिलाहरुकाे विकास र क्षेमता बढाउन प्रत्येक वर्ष महिला जागरण केन्द्र पाण्डबखानीकाे अायाेजनामा नारि दिवस,तिज कार्यक्रम राख्ने गरेकाे छ।

Saturday, December 16, 2017

निभाईयो, १७ सय रोपानी वन जल्दा करोडौँको क्षेती

निभाईयो, १७ सय रोपानी वन जल्दा करोडौँको क्षेती
- कृष्ण कँडेल/बागलुङ,
बागलुङ ताराखोलाको जंगलमा लागेको भिषण डढेलो तीन दिनपछि शनिबार साँझ नियन्त्रणमा आएको छ । तीन दिनदेखि लगातार खटिएका एक हजार भन्दा बढी स्थानीयवासीसँगै शनिबार पुगेको नेपाली सेना र नेपाल प्रहरीको सक्रियतामा डढेलो नियन्त्रणमा आएको बागलुङ निर्वाचन क्षेत्र नम्बर–२, प्रदेश सभा ‘क’ का प्रदेश सभा सदस्य चन्द्रबहादुर बुढा सागरले
जानकारी दिए । बिहीबार दिउसो ताराखोला–५ लाबाङपारिको खरबारीबाट सल्कीएको आगो फैलिएर १ हजार ७ सय रोपनी वन क्षेत्रको प्राकृतिक सम्पदा नष्ट गरेको छ । शनिबारमात्रै ५ सय भन्दा बढी स्थानीयसँगै २५ जना सेना प्रहरीले डढेलो
नियन्त्रणमा लिएको स्थानीय मालारानी आधारभूत
विद्यालयका शिक्षक कमल घर्तीले जानकारी दिए ।
‘ठूलोमात्रामा फैलिएको आगो आज (शनिबार) बेलुका मथ्थर भएको छ, अप्ठ्यारा भिरपाखामा सामान्य धुँवा देखिएको बाहेक डढेलोको ज्वाला देखिएको छैन,’ घर्तीले भने, ‘राती र भोली दिनभरसम्म यहि अवस्था रहे आगो नियन्त्रण भएको भन्न सकिन्छ ।’
अहिले कतिपय अप्ठेयारो भिरपाखामा सामान्य धुँवा
देखिनुबाहेक सबै ठाउँको ठूलो आगो निभेको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए । डढेलो नियन्त्रण्यको लागि बिहबार दिउसोदेखि नै ताराखोलावासीले पालो बाँडेर दिउसो र राती दुबै समय लगातार खटिएका थिए । डढेलोस्थलभन्दा डेढ घण्टा टाढा उक्रुडाँडाबाट लगातार पानी बोकेर अग्नीरेखाको घेरा बनाई आगो नियन्त्रमा लिईएको युवावर्ष आधारभूत विद्यालयका
प्रधानाध्यापक पूर्णभद्र निउरेले जानकारी दिए ।
‘हामीले सबैको पुरै समय आगो नियनत्रणमा लगाउन पाईयोस भनेर खटिएकाहरुलाई खाना खाने व्यवस्था समेत जंगलमै गरेका थियौँनिउरेले भने, ‘तीन दिनसम्म सबै काम छोडेर डढेलो नियन्त्रणमा जुटेका ताराखोलावासीले आज (शनिबार) साँझ बल्ल फुर्सदको सास फेर्न पाए ।’

काँडा पोल्ने क्रममा बालिएको आगो खरबारी हुँदै आसपासको जंगलमा फैलिएको थियो । भिषण आगलागीले धस्मर र करिमेला गाउँमाथिको जंगल तथा वडा नम्बर–४ को तिनचुले सामुदायिक

वन आसपासमा रहेको प्राकृतिक सम्पदा नष्ट गरेको छ । स्थानीय वासीन्दाको व्यक्तिगत खरबारी, दुर्गा भावानी

माविको नाममा भएको वनसँगै सामुदायिक तथा सरकारी वनक्षेत्रमा रहेका रुख बिरुवा, घाँस, बन्यजन्तु र जडीबुटी नष्ट हुँदा करोडौँको क्षेती भएको स्थानीय खिमबहादुर घर्तीले जानकारी दिए ।‘यति ठूलो वनमा लगातारको आगोले यहाँका सबैकुरा पूर्ण रुपमा

ध्वस्त गरेको छ,’ उनले थपे, ‘क्षेतीको त हामी अनुमान पनि गर्नसक्ने अवस्थामा छैनौँ, करोडौँ मुल्य बराबरका प्राकृतिक सम्पदा नष्ट भएका छन् ।


Thursday, December 14, 2017

घरगोठमा आगलागि हुँदा ८ लाखको क्षेती

घरगोठमा आगलागि हुँदा ८ लाखको क्षेती

बिमल खड्का/भिमगिठे

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर–७भिङगिठे गावँमा दुङ्गे घर र गोठमा आगलागी भएको छ।आगलागीबाट घरमा रहेको अन्नपात लत्ताकपडा गोठमा रहेको दारपात जलेर नष्ट भएको छ ।स्थानीय चन्द्रकला बिकको घरमा बिहीबार बेलुका पाँच बजेतिर अक्समात गोठमा सल्केको आगो घरमा पुगेको थियो । साँझको समयको बेला केटाकेटी आगो चलाएका कारण घर गोठमा आगोलागि भएको हुनसक्ने स्थानीयको अनुमान छ ।घरमा रहेका अन्नपात जलेका कारण ८ लाखको क्षेति भएको अनुमान गरिएको छ । गोठमा रहेका गाई, बाख्रा र बाछा पनि आगोले जलेर घाईते भएका छन् । स्थानीयको सक्रियतामा करिब १ घण्टामा आगो नियन्त्रणमा आएको हो भने अहिले घरका परिवारलाई आफन्तको घरमा सारिएको छ । यसैबीच गाउँकै वनमा दिउसो आगोलागी हुँदा बनमा रहेका दार तथा जडिबुटी जलेर नष्ट भएको छ । आगो दिउसो स्थानीयले नियन्त्रणमा लिएपनि साँझदेखि फेरि आगो फैलिएको हो । बनमा आगो कस्ले लगाएको हो भन्ने खुल्न सकेको छैनन ।त्यस्तै ताराखोलाको जंगलमा लागेको आगो नियन्त्रण बाहिर,वस्तीतर्फ जाने जोखिम बढ्यो

पूर्णभद्र निउरे/तारा,

बागलुङ ताराखोलाको वस्ती नजिकै वनमा आगलागी भएको छ। ताराखोला गाउँपालिका–५ औदारा भन्ने ठाउँबाट सुरु भएकोआगो फैलिँदै वडा नम्बर–४, मसिनाको भिरहुँदै तीनचुले सामुदायिक वन क्षेत्रमा पुगेको छ ।बिहीबार दिउसो स्थानीय टकबहादुर बुढाथोकीले आफ्नो खरबारीमा काँडा पोल्न लगाएको आगो फैलिएर झण्डै १ सय हेक्टर वन जलेको हो। खरबारीको काँडा जलाएर सकेपछि आगो निभाए पनि छुटेको ठाउँबाट सल्कीएको बताईएको छ । दिउसो २ बजेदेखि सल्किएकोे आगो फैलिएर गाउँ तर्फ अघि बढेपछि बेलास्पुर, धस्मर, लाबाङसहित आसपासको बस्तीमा समेत आगलागीको जोखिम बढेको छ । स्थानीयवासीले दिनभर आगो निभाउने प्रयास गरे पनि अप्ठ्यारो भिरमा ठूलो आगो दन्किएकाले नियन्त्रणमा लिन नसकिएको ताराखोला–५ का वडा अध्यक्ष रामबहादुर रोकाले जानकारी दिए ।उनका अनुसार स्थानीय गाउँ धस्मर, लाबाङ, करिमेला,नाकबेलीखोला, बेलास्पुर र आसपासबाट २ सय भन्दा बढी स्थानीयवासी जम्मा भएर आगो निभाउन जुटिरहेका छन् । आगो दियालोको रुपमा वाल्न प्रयोग गरिने सल्लाका रुख र सुकेको खरमा दन्किएपछि नियन्त्रणमा कठिनाई भएको रोकाले जानकारी दिए । आगलागिपछि तत्काल ईलाका प्रहरी कार्यालय ताराखोलामा खवर गरेपनि साँझ ६ बजेसम्म प्रहरी घटनास्थलमा पुगेको छैन । घटनाबारे बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हिमालय श्रेष्ठसँग बुझ्न खोज्दा आफुलाई कुनै जानकारी नभएकोवताए । जिल्ला प्रसाशन कार्यालय बाग


Tuesday, December 12, 2017

देवि घर्ती मगरकाे दुखिले पनि....

बागलुङ  रायडाडा  को माटोमा जन्मिएका नरेश बोहोरा इन्डेन आर्मिमा कार्यरत हुन। आर्मिमा कार्यरत  भए पनि नेपाली संगित क्षेत्रमा नयाँ नयाँ  गीत सगित  बजार मा ल्याएका छन ।उनले बजारमा ल्याएका गितहरुले दर्सक हरु को मन जित्न सफल भएका बताउछ्न उन को सगित यात्रा २०७१ साल देखि सुरु भएको हो।
उनले आज गिरे तिम्रो नजर मा बाट अभिनय र लेखन मा पर्बेस गरेका थिए निक्कै ब्यस्त देखिरहने मोडल तथा सर्जक नरेस बोहोरा  को  दुखीले पनि  सार्बजनिक भएको छ।माया प्रेम को  बस्तुमा आधारित गित दुखी हो। नरेश बोहोरा प्रस्तुति रहेको गित मा शब्द  लय  नरेश  बोहोरा कै  र तेथो सपना पुन को रहेको छ। आवाज चर्चित गायक पुस्कल शर्मा र देबि घर्ती  को रहेको छ।बिक्रम चौहानको निर्देशन प्रकाश खडका  र मुकेस हुमागाई   छायांकन मिलन बिक नि सम्पादनमा तयार गरिएको भिडियोमा बुद्धबिरको र टीका जौसी  अभिनय देख्न सकिन्छ भने गित बजारमा a one  म्युजिकले ल्याएको छ

प्रदेशमा ३१६ को परिणाम सार्वजनिक बागलुङमा समानुपातिकमा काँग्रेस पहिलाे

प्रदेशमा ३१६ को परिणाम सार्वजनिक
बागलुङमा समानुपातिकमा काँग्रेस पहिलाे
बागलुङ – प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा
प्रत्यक्षतर्फ भारी मतान्तरले पराजित बागलुङ कांग्रेस
समानुपातिकमा भने जिल्लाको पहिलो दल बनेको छ।
मंगलबार बिहान सकिएको समानुपातिकतर्फको मतगणना
अनुसार कांग्रेसले अरू दलले भन्दा बढी मत ल्याएर पहिलो पार्टी
भएको हो। बागलुङमा एमाले दोस्रो, जनमोर्चा तेस्रो र
माओवादी केन्द्र चौथो पार्टी बनेका छन्। आफूलाई वैकल्पिक
राजतीतिक शक्ति ठान्नेमध्ये जिल्लामा संगठन नै नभएको
विवेकशील साझा पार्टीले नयाँ शक्ति पार्टी नेपालको भन्दा
दोब्बर बढी मत ल्याएको छ।
पहिलो भएको कांग्रेसले प्रतिनिधिसभातर्फ ३६ हजार ६३८ र
प्रदेशसभा तर्फ ३३ हजार ६४० मत पाएको छ। एमालेले
प्रतिनिधिसभातर्फ ३० हजार ६३५ र प्रदेशसभामा २९ हजार ५४
मत ल्याएको बागलुङका मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद
पण्डितले बताए। राष्ट्रिय जनमोर्चा पार्टीले
प्रतिनिधिसभामा १५ हजार ९३४ र प्रदेशसभामा १६ हजार ७०२
मत पाएको छ। राष्ट्रिय रूपमा तेस्रो बनेको नेकपा माओवादी
केन्द्र बागलुङमा भने चौथोमा झरेको छ। उसले प्रतिनिधिसभामा
१४ हजार ४५० र प्रदेशसभामा १३ हजार ८०३ मत ल्याएको छ।
त्यस्तै गाई चिह्न भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले
प्रतिनिधिसभामा एक हजार २१२ र प्रदेशसभातर्फ एक हजार ५७२
मत पाएको छ। विवेकशील साझा मतमा नयाँ शक्ति पार्टी
नेपाल भन्दा अघि जिल्लामा संगठन समेत नभएको विवेकशील
साझा पार्टीले डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी
नेपालले भन्दा दोब्बर बढी मत ल्याएको छ।
विवेकशील साझालाई प्रतिनिधिसभामा एक हजार ३४ र
प्रदेशसभामा एक हजार १३८ मत आएको छ। नयाँ शक्ति पार्टी
नेपालले चाहिँ प्रतिनिधिसभामा ५३६ र प्रदेशसभामा ४२५ मत
ल्याएको छ। यी पार्टीले कटाए एक सय मत बागलुङमा एक सय मत
कटाउने पार्टीमा क्रान्तिकारी माओवादीको देशभक्त
गणतान्त्रिक मोर्चाको ८६९, नेकपा मालेको ३६४, संघीय
समाजवादी फोरमको २३२, राप्रपा राष्ट्रवादीको ४३ मत
आएको छ।
प्रत्यक्षमा समेत चुनाव लडेको आमूल परिवर्तन मसिहा पार्टीले
१६५ मत पाएको छ। एक लाख ६७ हजार कुल मतदाता रहेको
बागलुङमा समानुपातिकतर्फ एक लाख आठ मत खसेको थियो।
यसमध्ये छ हजार ६५३ मत बदर भयो।
बागलुङका दुई प्रतिनिधिसभा र चार प्रदेशसभा गरी छ वटै
सिटमा एमाले, माओवादी केन्द्र र जनमोर्चाको वाम गठबन्धनले
कांग्रेसलाई शून्यमा झारेको छ। वाम गठबन्धनले कम्तिमा तीन
हजारदेखि १३ हजार मतान्तरले कांग्रेस उम्मेदवारलाई पछि पारे।
प्रतिनिधिसभा क्षेत्र नं.– १ मा एमालेका सूर्यप्रसाद पाठकले
कांग्रेसकी चम्पादेवी खड्कालाई १३ हजार मतान्तरले पराजित
गरे।
२ नम्बर क्षेत्रमा माओवादी केन्द्रका देवेन्द्र पौडेलले कांग्रेसका
नरबहादुर पुन निरजलाई पछाडि पारेर निर्वाचित भए। बागलुङ– १
को प्रदेशसभा ‘क’मा एमाले जिल्ला अध्यक्ष ईन्द्रलाल
सापकोटाले कांग्रेस सभापति दीपेन्द्रबहादुर थापालाई
पराजित गरे भने ‘ख’मा जनमोर्चाका कृष्ण थापाले कांग्रेसका
पूर्व सांसद प्रकाश शर्मा पौडेलमाथि जीत प्राप्त गरे।
बागलुङ– २ को प्रदेशसभा ‘क’मा माओवादी केन्द्रका
चन्द्रबहादुर बुढा सागरले कांग्रेसका मञ्जेशबम मल्ललाई पराजित
गरी प्रदेशसभा सदस्य बने। ‘ख’मा कांग्रेसका जीत शेरचनलाई
पराजित गरेर जनमोर्चाका टेकबहादुर घर्ती विजयी भए।

Wednesday, December 6, 2017

रवि लामिछाने नेपाली नै नभएको दिल निशानी मगरको आरोप

रवि लामिछाने नेपाली नै नभएको दिल निशानी मगरको
आरोप
उज्यालो , पत्रकार तथा राजनैतिक विश्लेषकको रुपमा चिनिन
चहाने दिल निशानि मगरले हिजो पत्रकार रवि लामिछाने
विरुद्ध निकै कडा टिप्पणी गरेकाथिए ! न्युज २४ टेलिभिजनमा
प्रशारण हुने निकै लोकप्रिय कार्यक्रम ‘ सिधा कुरा जनता संग ‘
का कार्यक्रम संचालक रवि लामिछानेलाई ” अदालतको र प्रहरी
संगठनको नेतृत्व लिएको ‘ आरोप लगाएका थिए ! ” एउटा निजी
टेलिभिजनको माईक्रोफोन बुम उचारेर जसलाई पनि ठग, लुटेरा,
हत्यारा र बलत्कारी घोषणा गर्दै हिँड्ने?” भन्दै उनले प्रश्न गरेका
थिए !
त्यो अभिव्यक्तिको चौतर्फी विरोध भईरहँदा आज फेरी उनको
विवादास्पद अभिव्यक्ति आएको थियो ! पत्रकार रवि
लामिछानेले ” मानव सेवा र कथित लोकप्रियताको नाममा
राज्यको कानुनलाई खिल्ली उडाएर मजाक ” गरिरहेको उनले
आरोप लगाएका थिए ! त्यो आरोप पछी , दिल निशानीले रवि
माथि अर्को गम्भीर आरोप लगाएका छन् !
रवि संग अमेरिकी पासपोर्ट रहेको र पर्यटकीय भिषा लगाएर
उनि नेपाल बसेको , गृह मन्त्रालयको हवाला दिंदै दिलले आरोप
लगाएका छन् !
हेर्नुस उनको आरोप जस्ताको तस्तै :
अमेरिकी राहदानी नम्बर ५१२९६६९८१ लिएका रवि लामिछानले
सन् २०१८ सेप्टेम्बर सम्म नेपाल बस्ने मल्टिपल भिसा लिएका छन्।
त्यसका लागि उनले नेपाल सरकारलाई १२० डलर तिरेका छन्।
भक्तपुरमा बसोबास भएका दाजु हरिश्चन्द्र लामछिानको
भाइका रुपमा गैर पर्यटकीय नातासम्बन्धी भिसा लिएका हुन् ।
उज्यालो , पत्रकार तथा राजनैतिक विश्लेषकको रुपमा चिनिन
चहाने दिल निशानि मगरले हिजो पत्रकार रवि लामिछाने
विरुद्ध निकै कडा टिप्पणी गरेकाथिए ! न्युज २४ टेलिभिजनमा
प्रशारण हुने निकै लोकप्रिय कार्यक्रम ‘ सिधा कुरा जनता संग ‘
का कार्यक्रम संचालक रवि लामिछानेलाई ” अदालतको र प्रहरी
संगठनको नेतृत्व लिएको ‘ आरोप लगाएका थिए ! ” एउटा निजी
टेलिभिजनको माईक्रोफोन बुम उचारेर जसलाई पनि ठग, लुटेरा,
हत्यारा र बलत्कारी घोषणा गर्दै हिँड्ने?” भन्दै उनले प्रश्न गरेका
थिए !
त्यो अभिव्यक्तिको चौतर्फी विरोध भईरहँदा आज फेरी उनको
विवादास्पद अभिव्यक्ति आएको थियो ! पत्रकार रवि
लामिछानेले ” मानव सेवा र कथित लोकप्रियताको नाममा
राज्यको कानुनलाई खिल्ली उडाएर मजाक ” गरिरहेको उनले
आरोप लगाएका थिए ! त्यो आरोप पछी , दिल निशानीले रवि
माथि अर्को गम्भीर आरोप लगाएका छन् !
रवि संग अमेरिकी पासपोर्ट रहेको र पर्यटकीय भिषा लगाएर
उनि नेपाल बसेको , गृह मन्त्रालयको हवाला दिंदै दिलले आरोप
लगाएका छन् !
हेर्नुस उनको आरोप जस्ताको तस्तै :
अमेरिकी राहदानी नम्बर ५१२९६६९८१ लिएका रवि लामिछानले
सन् २०१८ सेप्टेम्बर सम्म नेपाल बस्ने मल्टिपल भिसा लिएका छन्।
त्यसका लागि उनले नेपाल सरकारलाई १२० डलर तिरेका छन्।
भक्तपुरमा बसोबास भएका दाजु हरिश्चन्द्र लामछिानको
भाइका रुपमा गैर पर्यटकीय नातासम्बन्धी भिसा लिएका हुन् ।