गगनको अपीलः मलाई जिताउनुस् वा हराउनुस्, बमको
जवाफ ब्यालेटले दिनुस
१८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं काठमाडौं ४
का उम्मेदवार गगन थापा बम पड्काउनेहरुलाई ब्यालेटबाट जवाफ
दिन मतदातालाई अपील गरेका छन् ।
Advertisment
चपलीमा घरदैलोमा रहेका बेला थापालाई लक्षित गरी बम
विस्फोट भएको थियो, जसमा थापासहित ११ जना घाइते भएका
छन् ।
थापा ब्याण्डेज लगाएर नै चाबहिलको सभामा पुगेका थिए ।
आफ्नो अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै थापाले
पशुपतिनाथले हात थापेकाले अप्रिय घटना हुन नपाएको बताए ।
निर्धारित समयभन्दा ढिला कार्यक्रम सुरु भएकाले आफू लम्किएर
हिडेको र संयोगले आफू बचेको उनले बताए । तर, घटनामा दुई जना
गम्भीर घाइते भएको भन्दै उनले सबैको स्वास्थ लाभको कामना गरे
।
साथै आफू घाइते भएको खबर पाएपछि भेट्न आएका चुुनावी
प्रतिस्पर्धी राजन भट्टराईमाथि अस्पताल परिसरमा भएको
हुलहुज्जतप्रति दुःख व्यक्त गरे ।
मलाई जिताउन भएपनि मत हाल्नुस्, हराउन भएपनि मत
हाल्नुस् ।आज जित र हार भन्दा पनि बम हान्नेहरुलाई
ब्यालेटबाट हराउनै पर्छ । यसका निम्ति मत हाल्नै पर्छ
थापाले नियोजित ढंगबाट भएको आक्रमणले सुरक्षा
संवेदनशीलताप्रति गम्भीर प्रश्न उठाएको भन्दै सरकारसँग जवाफ
मागे । उनले अघि भने, ‘जसले विस्फोटको घटना गराएका छन्,
उनीहरुलाई पनि प्रश्न सोध्न चाहन्छु, तपाईहरुले गर्न के खोज्नु
भएको ? हामीलाई तर्साउन खोज्नु भएको ?’
माओवादी आतंक भएका बेला पनि आफ्नो गाउँगाउँमा पुगेको र
जाने बेला आमाले ‘तपाई केही कतै भयो भने.. ‘ भन्दै चिन्ता व्यक्त
गर्न गरेको स्मरण गर्दै थापाले भने, म भन्थेँ, मलाई कहि कतै केही
भयो, कसैको पनि गोली लागेर ढलेँ भने नरुनु होला । किनकी मेरो
शिर खाली मैदानमा ढल्दैन, कुनै न कुनै आमाको काखमा ढल्छ ।’
‘तपाईले हामीलाई तर्साउन खोजेको ? जसको नेपालभर लाखौं
आमाहरु छन् । हामीलाई तर्साउन सक्नुहुन्न । महाराजको शासन
थियो । हामी हो, लुकेर होइन राजदरबार अगाडि महाराज !
उभिएर ट्यांक कुदाउने भए सडकमा होइन, हाम्रो छातिमा
कुदाउनुस् भन्ने मानिस हौं ।’
बुलेटको जवाफ ब्यालेटले दिनुस
Monday, December 4, 2017
गगनको अपीलः मलाई जिताउनुस् वा हराउनुस्, बमको जवाफ ब्यालेटले दिनुस
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment