पृथ्वीजयन्तीको दिन सार्वजनिक बिदा दिने सकारको निर्णय
सुरेश छन्त्याल/बागलुङ
सरकारले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यसकोे स्वागत गरेको छ ।पार्टीका प्रवक्ता भुवन पाठकले जारी गर्नुभएको विज्ञप्तिमा बिहिबार साँझ बसेको मन्त्रिपरिषद् वैठकले गरेको उक्त निर्णयले मुलुकमा सबै जातजातिकाबीच राष्ट्रिय एकता कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।विगतमा उक्त दिनमा बिदाको प्रचलन रहेको भए पनि मुलुकमा सम्पन्न भएको दोस्रो जनआन्दोलनपछिका सरकारले सो बिदा कटौती गरेको थियो ।सो पार्टीले स्थापनाकालदेखि नै पुस २७ गते सार्वजनिक बिदाको माग गरी एकता दिवस मनाउन सुझाव दिँदै आएको थियो ।
Friday, December 1, 2017
पृथ्वीजयन्तीको दिन सार्वजनिक बिदा दिने सकारको निर्णय
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment