निसीखोला गापाको झिवाखोलामा ५ के.जी चरेस सहित एक युवक पक्राउ !
कुम्बिर बिश्वकर्मा,, बुर्तिबाङ २०७४ पुस ११
निसीखोला गाउँपालिका—३, मा रहेको इलाका प्रहरी कार्यालय झिवाखोलाले आज करिब ५ केजी चरेस सहित एक जना युवकलाई पक्राउ गरेको छ ।
निसीखोला गाउँपालिकाको वडा नं. ६ भल्कोटदेखि बुर्तिबाङ बजारतर्फ आउँदै गरेको ना ४ ख ९२०९ नम्बरको बसलाई प्रहरी चेकजाँच गर्दा निसीखोला गाउँपालिका—५, निसी बस्ने बर्ष ३० का खिमबहादुर घर्तिमगर उक्त परिमाणको अवैध लागुपदार्थ चरेस सहित पक्राउ परेका हुन ।प्रहरीको नियमित चेकजाँचको क्रममा निज खिमबहादुरले झोलामा प्याक गरेर बुर्तिबाङ ल्याउँदै गरेको अवस्थामा झिवाखोला प्रहरी चौकीका प्रहरी नायव निरिक्षक रिमबहादुर बैदवारको नेतृत्वमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय झिवाखोलाले जनाएको छ ।चरेस सहित पक्राउ परेका घर्तिलाई थप अनुसन्धानको लागि आजै जिल्ला प्रहरी कार्यालय बागलुङ लैजाने तयारी भैरहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख कृष्ण रानाले बताए ।
Tuesday, December 26, 2017
निसीखोला गापाको झिवाखोलामा ५ के.जी चरेस सहित एक युवक पक्राउ !
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment