Thursday, December 14, 2017

घरगोठमा आगलागि हुँदा ८ लाखको क्षेती

घरगोठमा आगलागि हुँदा ८ लाखको क्षेती

बिमल खड्का/भिमगिठे

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर–७भिङगिठे गावँमा दुङ्गे घर र गोठमा आगलागी भएको छ।आगलागीबाट घरमा रहेको अन्नपात लत्ताकपडा गोठमा रहेको दारपात जलेर नष्ट भएको छ ।स्थानीय चन्द्रकला बिकको घरमा बिहीबार बेलुका पाँच बजेतिर अक्समात गोठमा सल्केको आगो घरमा पुगेको थियो । साँझको समयको बेला केटाकेटी आगो चलाएका कारण घर गोठमा आगोलागि भएको हुनसक्ने स्थानीयको अनुमान छ ।घरमा रहेका अन्नपात जलेका कारण ८ लाखको क्षेति भएको अनुमान गरिएको छ । गोठमा रहेका गाई, बाख्रा र बाछा पनि आगोले जलेर घाईते भएका छन् । स्थानीयको सक्रियतामा करिब १ घण्टामा आगो नियन्त्रणमा आएको हो भने अहिले घरका परिवारलाई आफन्तको घरमा सारिएको छ । यसैबीच गाउँकै वनमा दिउसो आगोलागी हुँदा बनमा रहेका दार तथा जडिबुटी जलेर नष्ट भएको छ । आगो दिउसो स्थानीयले नियन्त्रणमा लिएपनि साँझदेखि फेरि आगो फैलिएको हो । बनमा आगो कस्ले लगाएको हो भन्ने खुल्न सकेको छैनन ।त्यस्तै ताराखोलाको जंगलमा लागेको आगो नियन्त्रण बाहिर,वस्तीतर्फ जाने जोखिम बढ्यो

पूर्णभद्र निउरे/तारा,

बागलुङ ताराखोलाको वस्ती नजिकै वनमा आगलागी भएको छ। ताराखोला गाउँपालिका–५ औदारा भन्ने ठाउँबाट सुरु भएकोआगो फैलिँदै वडा नम्बर–४, मसिनाको भिरहुँदै तीनचुले सामुदायिक वन क्षेत्रमा पुगेको छ ।बिहीबार दिउसो स्थानीय टकबहादुर बुढाथोकीले आफ्नो खरबारीमा काँडा पोल्न लगाएको आगो फैलिएर झण्डै १ सय हेक्टर वन जलेको हो। खरबारीको काँडा जलाएर सकेपछि आगो निभाए पनि छुटेको ठाउँबाट सल्कीएको बताईएको छ । दिउसो २ बजेदेखि सल्किएकोे आगो फैलिएर गाउँ तर्फ अघि बढेपछि बेलास्पुर, धस्मर, लाबाङसहित आसपासको बस्तीमा समेत आगलागीको जोखिम बढेको छ । स्थानीयवासीले दिनभर आगो निभाउने प्रयास गरे पनि अप्ठ्यारो भिरमा ठूलो आगो दन्किएकाले नियन्त्रणमा लिन नसकिएको ताराखोला–५ का वडा अध्यक्ष रामबहादुर रोकाले जानकारी दिए ।उनका अनुसार स्थानीय गाउँ धस्मर, लाबाङ, करिमेला,नाकबेलीखोला, बेलास्पुर र आसपासबाट २ सय भन्दा बढी स्थानीयवासी जम्मा भएर आगो निभाउन जुटिरहेका छन् । आगो दियालोको रुपमा वाल्न प्रयोग गरिने सल्लाका रुख र सुकेको खरमा दन्किएपछि नियन्त्रणमा कठिनाई भएको रोकाले जानकारी दिए । आगलागिपछि तत्काल ईलाका प्रहरी कार्यालय ताराखोलामा खवर गरेपनि साँझ ६ बजेसम्म प्रहरी घटनास्थलमा पुगेको छैन । घटनाबारे बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हिमालय श्रेष्ठसँग बुझ्न खोज्दा आफुलाई कुनै जानकारी नभएकोवताए । जिल्ला प्रसाशन कार्यालय बाग


No comments:

Post a Comment