पत्रकार भवनका लागि एकसाथ फेसबुक अपिल !पाण्डबखानी अनलाइन खबर
६ पुस, बागलुङ
नेपाल पत्रकार महासंघ बागलुङ शाखाले शुक्रवारदेखी भवन निर्माणको आर्थिक अभियानलाई थप तिव्रता दिने भएको छ । कुल १ करोड ३० रुपैयाँको लागतमा निर्माण हुने भवनका लागि आवश्यक आर्थिक जुटाउन शुक्रवारदेखी सामाजिक सञ्जालको प्रयोग सहित घरदैलो अभियानलाई व्यापकता दिने महासंघको तयारी छ । महासंघका शाखा अध्यक्ष दिल शिरीषको अध्यक्षतामा बसेको कार्यसमिति तथा भवन निर्माण समितिको संयुक्त बैठकले हाल सम्मको महासंघ भवनको भौतिक तथा आर्थिक प्रगति
सन्तोषजनक भएको निष्कर्ष सहित शुक्रवारदेखी अभियानलाई तिव्रता दिने निर्णय गरेको हो । ‘भवन निर्माण शुरु भए पछि हाल सम्म ४४ लाख भन्दा बढी रकम स्वत स्फुर्त रुपमा संकलन भइसकेको छ,’ महासंघका सचिव राम थापा ‘अविरल’ले भन्नुभयो, ‘अब अभियानलाई थप प्रभावकारी बनाउन पुस ७ गते बिहिवार जिल्लाभरका सबै पत्रकारले आफ्नो फेसबुकको वालबाट पत्रकार महासंघ भवनमा सहयोगका लागि सार्वजनिक रुपमा अपिल गर्ने निर्णय गरेका छौ । उहाँले जिल्लाका सम्पूर्ण पत्रकार
सञ्चारकर्मीलाई महासंघको अभियानलाई थप प्रभावकारी बनाउन अभियानमा सक्रियताका साथ लाग्न पनि आग्रह गर्नुभयो । बागलुङ नगरपालिका २ मा निर्माणाधिन महासघंको भवन अहिले दुई तला ढलान सकिएर प्लाष्टरको काम शुरु भएको छ। आगामी बैशाख सम्ममा नयाँ भवनमा सर्ने गरि काम अघि बढाइएको शाखा कोषाध्यक्ष बिजय रानाले बताउनुभयो । अहिले उत्साहजनक रुपमा स्थानीय तह देखी व्यक्ति सघं संस्थाबाट सहयोग आउने क्रम जारी रहेकाले निर्धारित समयमै भवन सम्पन्न गर्न सफल हुनेमा बिश्वस्त रहेको उहाँको भनाई छ । बैठकले यही पुस १४ देखी बागलुङ बजारमा हुने महोत्सवमा बागलुङ उद्योग बाणिज्य सघंले पत्रकार महासंघ भवन निर्माणमा टेवा पुग्ने गरि प्रति टिकट ३ रुपैयाँ दिने र टिकटको व्यवस्थापन महासंघले गर्ने सहमति भएकाले उक्त कार्यका लागि समय दान गर्न इच्छुक पत्रकार व्यक्ति, सघंसंस्थालाई आग्रह गर्ने निर्णय समेत गरेको छ । साथै महासंघमा सम्वद्ध पत्रकारहरुलाई यही पुस मसान्त भित्र महासंघ भवनको आफ्नो दायित्व सहितको रकम बुझाएर सदस्यता नविकरण गर्न समेत आग्रह गर्ने निर्णय गरेको सचिव थापाले बताउनुभएकाे छ।
Thursday, December 21, 2017
पत्रकार भवनका लागि एकसाथ फेसबुक अपिल
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment