कम्युनिष्टहरू विरुद्ध देखिए “धुर्मुस–सुन्तली”, लोकतन्त्रका
लागि कांग्रेसलाई भोट दिन आग्रह
सीता राम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले
लोकतन्त्रको रक्षाका लागि अपील गरेका छन् ।
सामाजिक कार्यमा राम्रो नाम कमाएका उनीहरूले कांग्रेसले
मात्रै लोकतन्त्रको रक्षा गर्ने बताएका हुन् । ‘नेपाली कांग्रेसले
लोकतन्त्रको रक्षा र संविधान कार्यान्वयनमा महत्वपूर्ण
भूमिका खेल्न सक्छ’, उनीहरूले भनेका छन्, ‘सबै जनताको हितका
लागि नेपाली कांग्रेसका उम्मेदवारहरूलाई मतदान गर्नुपर्छ ।’
टेलिभिजन कलाकारिताबाट आएका धुर्मुस–सुन्तलीले आफ्नै
नाममा फाउण्डेसन बनाएर सामाजिक काम गर्दै आएका छन् ।
‘कलाकार हुँदै सामाजिक क्षेत्रमा काम गरेका छौँ’, सीताराम
कट्टेलले नेपालपाना डटकमसँग कुरा गर्दै भने, ‘लोकतन्त्रमा मात्रै
सबैको अधिकार सुनिश्चित रहन्छ । कम्युनिष्टहरूको
अधिनायकवादले देश विकास हुँदैन । त्यसकारण हामीले
कांग्रेसलाई भोट गर्न अपील गरेका छौँ ।’
मतदान गर्ने समय आउन केही दिन मात्रै बाँकी रहेका बेला धुर्मुस–
सुन्तलीले पनि कांग्रेसलाई समर्थन गरेका हुन् ।
Monday, December 4, 2017
कम्युनिष्टहरू विरुद्ध देखिए “धुर्मुस–सुन्तली”, लोकतन्त्रका लागि कांग्रेसलाई भोट दिन आग्रह
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment