Monday, December 4, 2017

गल्कोट नगरपालिका भित्रका सडक ४ बर्गमा बिभाजित : यस्तो छ, बर्गीकरण !

गल्कोट नगरपालिका भित्रका सडक ४ बर्गमा बिभाजित :
यस्तो छ, बर्गीकरण !
गल्कोट २०७४ मंसिर १८ । गल्कोट नगरपालिका
नगर कार्यपालिकाको बैठक आज बाड नं ६ मा सम्पन्न भएको छ ।
नगर प्रमुख भरत शर्मा गैरेको अध्यक्षतामा बसेको बंैठकले गल्कोट
नगरपालिकाको वस्ती विकास, सहरी योजना तथा भवन
निर्माण सम्बन्धी आधारभुत निर्माण मापदण्ड, २०७४ स्वीकृत
गरी लागु गर्ने निर्णय गरेको छ ।
सो निर्देशिकामा गल्कोट नगरपालिका भित्रका सम्पुर्ण
सडकहरुको पहिचान गरि ४ बर्गमा बिभाजन गरिएको नगरप्रम
गैरेले जनाकारी दिए । प्रमुख गैरेका अनुसार क बगर्मा पर्ने सडक १४
मिटर, ख बर्गमा पर्ने सडक ११ मिटर, ग बर्गमा पर्ने सडक ८ मिटर र
घ बर्गमा पर्ने सडकको चौडाई ६ मिटर कायम गरिएको छ ।
गल्कोट क्षेत्रमा बिस्तार भएका कुन सडक कुन बर्गमा समाबेश
भएका छन् भन्ने जानकारी केही दिनमै पत्रकार सम्मेलन गरि
सार्बजनिक गरिने नगरपालिकाका प्रबत्ता हिम बहादुर
भण्डारी हेमन्तले बताए ।
गल्कोट नगरपालिका, नगर कार्यपालिकाको कार्यालयको
लागी भवन निर्माण गर्नको लागी जग्गा खोज्ने तथा आवश्यक
सहयोग गर्नको लागी ७ सदस्यीय समितिको गठन गरिएको छ ।
सो समितिले अहिले नगरपालिकाको कार्यालय राख्नको
लागी उपयुक्त स्थानको रुपमा प्रस्ताव गरिएका ठाँउहरु माथी
छलफल गर्न नगरउपप्रमुख रेणुका काउचाको संयोजकत्वमा समिति
गठन गरिएको नगरपालिकाले जनाएको छ । समितिको
सदस्यहरुमामा गल्कोट नगरपालिका बाड नं ६ का बाड अध्यक्ष
नर बहादुर खत्री, बाड नं ५ का बाड अध्यक्ष नारायण ध्बजबम
मल्ल, बाड नं ३ का बाड अध्यक्ष बिरजंग भण्डारी, बाड नं ८ का
बाड अध्यक्ष राम प्रसाद कडेल, बाड नं २ का बाड अध्यक्ष हिम
बहादुर भण्डारी र नगर कार्यपालिका सदस्य शिब कुमारी खत्री
रहेका छन् ।
सो समितिले एक हप्ता भित्र लिखित प्रतिवेदन स्थानीय तथा
सरोकारवाला हरुसंगको अन्तरक्रिया पश्चात नगर प्रमुख समक्ष
पेश गर्ने र नगर कार्यपालिकाको बैठकबाट जग्गा प्राप्तीको
निर्णय गर्ने निर्णय भएको नगरपालिकाका कार्यकारी अधिकृत
प्रदिपचन्द्र सुबेदीले जानकारी दिए ।
अधिकृत सुवेदीले नगर प्रमुख मातृ तथा शिशु स्याहार पोषण भत्ता
कार्यक्रमको कार्यविधि स्वीकृत गर्ने निणर्य नगर
कार्यपालिकाको बैठकले गरेको बताए ।
फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

No comments:

Post a Comment