Tuesday, December 5, 2017

महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआउँदा सामाजिक न्याय स्थापित हुन सकेन : उपप्रमुख काउचा

महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआउँदा
सामाजिक न्याय स्थापित हुन सकेन : उपप्रमुख काउचा

घनश्याम गौतम, गल्कोट २०७४ मसिर १९ । महिला नेतृत्ब बिकास
तथा न्याँयमा पहुँच सम्बन्धी एक दिने तालिम ठुलाथरमा सम्पन्न
भएको छ । गल्कोट नगरपालिकाको आर्थिक सहयोग तथा
गलकोट सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा आज
गल्कोट नगरपालिका बडा नं ६ को नब ज्योती दुर्गा आधारभुत
बिद्यालयमा सम्पन्न भएको हो ।
तालीमको उद्घाटन गदैं नगर उपप्रमुख रेणुका काउचा मगरले
महिलाहरुले नेतृत्ब गर्नको लागी आफैमा क्षमता बिकास गर्नुपर्ने
बताईन् ।
महिलाहरुले आफ्नो क्षमता बिकास गरि हरेक बिकास कार्यमा
सक्रिय सहभागीता जनाउदै नेतृत्व लिनु पर्ने उनको आग्रह थियो ।
उपप्रमुख काउचाले सामाजिक तथा पारिबारिक हिँसामा
महिलाहरु बढी पीडित रहेको बताउदै महिलालाई समाजले हेर्ने
दृष्टिकोण र व्यवहारमा साँेचे अनुरुपको परिवर्तन आउन नसक्दा
सामाजिक न्यायस्थापित हुन नसकेको स्पष्ट पारिन् ।
कार्यक्रममा गलकोट नगरपालिका बाड नं ६ का बडा अध्यक्ष
नरबहादुर खत्री, बडा नं ५ का अध्यक्ष नारायध्बज मल्ल लगायतले
महिलाहरुले आत्मबिश्बास बृद्धि गर्दै समाजमा हुने हरेक
गतिबिधीमा नेतृत्ब बिकास गर्नुपर्नेमा जोड दिएका थिए ।
तालीमको पशुबिकास कार्यक्रम गल्कोट नगरपालिकाका
सयोजक पशु स्बास्थ्य प्राबिधिक चिन्तामणी शर्मा,
सामुदायिक सेवा केन्द्र गलकोटकी अध्यक्ष मञ्जु शर्मा चालिसेले
सहजिकरण गरेका थिए ।
कार्यक्रममा जनप्रतिनिधी शिब कुमारी खत्री, मनु पाण्डे
माया नेपाली, मनोज कुमार थापा, भिम बिक, बिष्णु बिक
लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रम सामुदायिक प्रहरी सेवा केन्द्र गल्कोटकी अध्यक्ष
मञ्जु शर्मा चालिसेको अध्यक्षता, सदस्य ओम सुनारको स्बागत
तथा सदस्य योगेश भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो

सहभागितात्मक एक दिने तालिममा १५ जना महिलाहरुको
सहभागीता रहेको थियो । कार्यक्रम भोली खरुवामा सञ्चालन
गरिने सामुदायिक प्रहरी सेवा केन्द्रले जनाएको छ ।

No comments:

Post a Comment