Sunday, December 17, 2017

पाण्डबखानीका महिलाहरु सामाजिक काममा सकृय

पाण्डबखानीका महिलाहरु सामाजिक काममा सकृय
सुरेश छन्त्याल/पाण्डबखानी
बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानी साविक पाण्डबखानी गाविसका सबै महिलाहरु पछिल्लो समयमा सामाजिक काममा सकृय हुँदै अाइरहेका छन्।गाउमा कसैको बिहे हुदा मर्दापर्दा सहयाेग गर्ने लाउरे अाएमा अामा समूह जम्मा भएर भजन गाउने नाच्ने गरेकाे रकमले सामाजिक कामका लागि अावश्यक सामाग्री किन्ने र काेषमा जम्मा गर्ने गरेका छन्।पहिले बैठक हुदा र  बिहे पर्दा महिलाहरुकाे कम सहभागी हुने गर्थाे।अहिले पछिल्लो समयमा बैठकमा भाेजभटेरमा महिलाहरुकाे निकै सहभागीता देख्न सकिन्छ।पाण्डबखानीमा रहेकाे महिला जागरण केन्द्रकि अध्यक्ष समेत रहनु भएकि राधिका पुनले अब पाण्डबखानीका सबै महिलाहरुलाइ अझ सकृय बनाउदै जाने बताउनु भएको छ।प्रत्येक बैठक र समाजिक काममा सहभागीता बनाउने कुनै न कुनै समिति मा महिलाहरुलाइ आबद्ध बनाउन अाग्रह गर्दै अध्यक्षकाे जिम्मा लिएर पाण्डबखानीमा ६ महिने सिलाई कताई तालिम,सहसक्ति करण तालिम दिईसकेकाे बताउनु भयाे।महिलाहरुकाे विकास र क्षेमता बढाउन प्रत्येक वर्ष महिला जागरण केन्द्र पाण्डबखानीकाे अायाेजनामा नारि दिवस,तिज कार्यक्रम राख्ने गरेकाे छ।

No comments:

Post a Comment