कलाकार बन्न गाह्रो छैन अहिले गाह्रो त लोकप्रियता कमाउन हो”
सन्चारकर्मी तथा लोक दोहोरी गाएक पुरन प्रभात
किस्ना आचार्य रोशनी :- नेपाली लोकदोहोरीको क्षेत्रमा
थुप्रै कलाकारहरुको आगमन हुने गर्दछ कसैले नाम र दाम दुबै कमाउन सफल भएका छ्न, कोहि भने १/२ वटा गित बजारमा ल्याएर हराउने पनि गरेका छन् । जसले गित संगीतमा निरन्तर साधना अभ्यास र
झुकाब राख्दछ त्यही ब्याक्ती नै यो क्षेत्रमा सफल हुदो रहेछ। त्यसरी नै गित संगीत संगै सन्चारको पाटोलाई निरन्तर आत्मासाथ गर्दै लोक संगीत र सञ्चारको क्षेत्रमा छोटो समयमा नै निकै लोकप्रिय बनेका छन । लोकदोहोरी गाएक पुरन प्रभात, पुरन प्रभातको जन्म बरेङ गाउँपालिका वाड न.१ धुल्लुबास्कोट
बागलुङ जिल्लामा बि.स.२०४९ फागुन २९ गते बाबा भबिलाल घर्तिमगर र आमा भुमा घर्ती मगरको कान्छो सन्तानको रूपमा भएको हो। उनले बि.स.२०६३ सालमा आदर्श बिधामन्दिर बागलुङ देखि एसएलसी (SLC) परिक्षा दिएका हुन। यसैगरी, बि.स .२०६५
सालमा श्री सर्बोदय क्याम्पस बरेङ देखि १०+२, बि.स .२०६९ सालमा धौलागिरी बहुमुखी क्याम्पसदेखि बि.एड., यसैगरी बि.स.२०७३ सालमा पृथ्वीनारायण क्याम्पस पोखरादेखि प्रथम श्रेणिमा अङ्ग्रेजी विषयबाट एम.एड.(डि .ग्रि.) पूरा गरेका हुन। र
हाल माध्यमिक बिद्यालयमा स्थायी अङ्ग्रेजी शिक्षकका
रुपमा कार्यरत पनि छ्न। उनी सानै देखि सरल, सहयोगी, साना ठुला सबैलाई सम्मान गर्ने, माया गर्ने, मिहिनेती र सबै को प्यारो ब्याक्ती बनेका छन ।
उनको बाल्यकालीन साङगितिक जीवनको बारे कुरा गर्नुपर्दा, उनी सानैदेखि गित संगीत र साहित्यमा रुचि राख्ने ब्याक्ती हुन, उनले विद्यालय र संघ संस्थाबाट आयोजित कार्यक्रममा थुप्रै पुरस्कार प्राप्त पनि गर्ने गर्थे। उनले सानै उमेरमा थुप्रै कथा कविता गजल पत्रीकामा प्रकाशि गरि सकेका छन ।
उनको सन्चार र रेडियोको अनुभवको बारे कुरा गर्नु पर्दा।बि.स. २०६६ सालमा रेडियो सालिग्राम १००.६ मेगाहर्जबाट सञ्चारको यात्रा थालनी गरेका हुन त्यहाँ “कथा गुराँस” नामक गीति कथाको कार्यक्रम संचालन गरेका थिए। उक्त कार्यक्रम निकै लोक प्रिय् बनेको थियो साच्चिकै त्यही कार्यक्रमले पुरन
प्रभातलाई चिनाएको थियो रेडियोकर्मी भनेर जताततै ।
बि.स. २०६७ सालमा बागलुङ एफ एममा आएर लोक दोहोरीसंगै गीति कथाको कार्यक्रम जिन्दगीका मोडहरु सन्चालन गरे उनले। उक्त कार्यक्रम यति लोक प्रिय् बनेको थियो कि जुन कार्यक्रम नसुन्ने साएद कमै थिए होला। उक्त कार्यक्रम सुनेर स्टुिडयो मै कति श्रोता आएर उनलाई भेटेर रोएर फर्कने गर्दथे । किन कि उनले
वास्तविक तथा काल्पनिक घटनाहरुलाई जिबन्त पारेर प्रसारण गर्ने गर्थे । बि.स.२०६९ सालमा पोखरा छिरी सञ्चार अभियान संगै गित संगीत को स्थान लाई झनै फराकिलो बनाए उनले। उनको गित संगीतको बारे कुरा गर्नु पर्दा, बि.स.२०७० सालमा जुना श्रीस सङग “ मेरो भन्नू तिमी नै हौ सानू” बोलको लोक दोहोरी गित गाएर औपचारिक रुपमा गित संगीतमा प्रवेश गरेका हुन। त्यसपछी जुना श्रीससंगै “उकालिको वरको बुटो देउडा
पाराको ” लोक दोहोरी गाए, त्यो गितले निकै लोक पारखी श्रोताको मन जित्यो। धेरै रेडियोहरुले उत्कृष्ट मौलिक गित घोषणा गरेर उक्त गितलाइ तारिफ पनि गरेका पनि थिए, पुरन प्रभातको उचाइ माथी पुर्याएको थियो उक्त गितले। त्यसपछि पुर्णकला बि.सि. सङग “मुटु टुक्रा पार्छु” र सञ्चारकर्मी सुरेश छन्त्यालकाे शब्दममा देबि घर्ती सङग “पान मिठो कि सुपारी ” रोइला भाका गाए, दुबै गितले राम्रो बजार पाए। उनले थुप्रै गितहरु सिर्जना गरिसकेका पनि छ्न जस्तै- “सुन
मेरि सानू सुन “, “समझनामा कति तडपाउछेयौ” , सुरेश छन्त्याल र कमल श्रीसकाे “माया सङग घुम्टे जानी हो “, “गाह्रो भा छ दिन रात कटाउन ” (दसै तिहार
गित) र “नाच हो नाच सानू यसपालीको तिजमा ” आदि। उनी गाएक सर्जक मात्रै नभएर अभिनयको पटोमा पनि कम्मर कसेका छ्न उनलेे अभिनय गरेका गित हरु- “सुन मेरि सानू सुन “, “मुटु टुक्रा
पार्छु“, “तिम्ले नि छोडछु भनेयौ भनेत ” आदि हुन।
उनको साहित्यिक यात्राको सम्बन्धमा उनले प्रधान
सम्पाद्कको पदमा रहेर सिर्जनाको मझेरी साहित्यिक
पत्रीकाको प्रकाश गरे केही वर्ष सम्म, “ नपुगेको अभिलाषा ” उनको कथा संग्रह हो। यसैगरी “यात्रा ” गजल संग्रह पनि प्रकाशित गरेका छ्न। उनका विभिन्न राष्ट्रिय पत्रपत्रीकामा दर्जनै लेख रचना प्रकाशित भइ सकेका छन र उनी अहिले पनि निरन्तर लेखनमा नै छ्न। मेला महोत्सवको सिलसिलामा नेपालका विभिन्न जिल्लामा, उनी पुगेका छ्न । बिदेशमा भने मलेसिया र ईन्डिया सम्म मात्रै पुगेका छन् । अब अरु देशमा पनि
जाने तयारीमा जुटेका छ्न। अन्त्यमा गित संगीतमा लागेका नयाँ कलाकारको यो लहरलाई हेरेर के भन्नू
हुन्छ ? भन्ने हाम्रो प्रस्नमा उनले यसो भन्द्छ्न: “पछिल्लो समय मा गित संगीतको क्षेत्रमा लाग्ने लहर निकै बढेेको छ, डिजिटल बजारले पनि कलाकार बन्न खोज्नेको धोको पूरा गर्दिएको छ। आफुले सिर्जना गर्ने सीप नभए पनि सर्जकलाई तिर्ने केही पैसा अनि अडियो र भिडियो गर्ने केही पैसा भए अहिले गित निकालेर कलाकार बन्न केही गाह्राे छैन तर त्यसरी निकालेको गित, गित संगीत प्रेमीले नसुन्दिन नहेर्दिन पनि सक्छन किन कि उनीहरुको रोजाइको नबन्न सक्छ यदि त्यस्तो भयो भने त्यसको के अर्थ भयो र ? त्यसैले कलाकार बन्न केही गाह्रो छैन अहिले, गाह्रो त लोक प्रियता कमाउन हो “। भनेर गहकिलो भनाइ राखेका छ्न।
आगामी दिनमा पनि यसरी नै गित संगीतमा लाग्ने र केही प्रगतिशील गित बजारमा ल्याउने तयारीमा रहेको कुरा बताएका छ्न। हाम्रो तर्फबाट सफल जीवनको कामना गर्दछौँ !
जय होस ।।।
Thursday, December 21, 2017
कलाकार बन्न गाह्रो छैन अहिले गाह्रो त लोकप्रियता कमाउन हो” सन्चारकर्मी तथा लोक दोहोरी गाएक पुरन प्रभात
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment