Tuesday, November 28, 2017

९४ वर्षिय श्रीसकाे सपना पूरा

९४ वर्षिय श्रीसकाे सपना पूरा
सुरेश छन्त्याल/पाण्डबखानी
बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानीमा ९४ वर्षिय चन्द्रवीर श्रीसकाे सपना पूरा भएको छ।उनी 5जयरमा भर्ति भएका थिए।पेन्शिन निस्ने पनि पाण्डबखानीमा हुलाकका कार्यरत थिए।उनले पाण्डबखानीमा लामो समय सम्म समाजसेवी पनि गरेका थिए।उनकाे ३ छाेरा र २ छाेरी छन्।उनकाे जन्म १९८०मंसिर १० गते पाण्डबखानीमा भएको थियाे।उनेले मंसिर १० गते प्रदेश सभा र प्रधिनिति सभाकाे चुनावमा भाेट हालेर मर्छु भन्नू भएको घरपारिवारीकले बताएकाे छ।उनी नेपाली काग्रेसका महान व्याक्तित्याे हुनुन्छ।गाउँ घरमा भनिन्छ उनी महान र धर्मत्था भनेर हिजाे कुलान पुजा सकिने वितिक्कै उनकाे मृत्युु भएको थियाे।उनले भाेट हाले कुलान पुजा गर्न दिएर अाफु संसार छाेडे।घाटमा उनकाे प्राथिक शरीर लिएर गएका मलामीहरुले उनकाे निकै प्रशन्सा गरेका थिए। शाेक सन्तवमा बाेल्दै अहिले हालै बागलुङ क्षेत्र नम्बर २ का प्रधिनिति सभा सदस्य रहनु भएका पाण्डबखानीमा अग्रज विकास प्रेमि नरबहादुर पुन निरजले उहाकाे निधन प्रति अाफु र नेपाली काग्रेसकाे एउटा सदस्य गुमाएकाे भन्दै घर परिवार प्रति इश्वरले धैर्य धारण गरुन् भन्दै पार्टीको भण्डा अाेडाएर श्रद्धाञ्जली दिनु भएको थियाे।

Monday, November 27, 2017

को हुन त जुनु पुन ? जसले ३७ जना अनाथ बालबालिकाको संरक्षण गर्दै आएकी छिन

को हुन त जुनु पुन ? जसले ३७ जना अनाथ बालबालिकाको संरक्षण गर्दै आएकी छिन
सुरेश छन्त्याल/गलकाेट
भनिन्छ “हुने विरुवाको चिल्लो पात, नहुने विरुवाको फुस्रो पात” यो भनाई संग ठ्याक्कै मेल खाने जुनु पुनको बाल्यकालको जिन्दगीलाई नजिकबाट नियाल्नेहरुले सोझै अड्कल लगाउन सकिन्थ्यो कि जुनु पुन भविष्यको एउटा समाजसेवी व्यक्तित्व हो । नभन्दै आज उनी भुकम्प र द्वन्द्वकालमा आफ्नो अभिभावक गुमाएर बेसहारा बनेका ती ३७ जना अनाथ बालबालिकाको “आमा” भएर आज उनिहरुको भविष्यको लागि संघर्ष गरिरहेकी छिन ।जुनु पुनको जन्म बाग्लुङ जिल्लाको सुखौरा भन्ने ठाउँमा बाबा प्रेम बहादुर पुन र आमा दिल कुमारी पुनको दुई बहिनी छोरी मध्ये जेठी सुपुत्रीको रुपमा भएको थियो । महिला भए पनि म पुरुष भए हुन्थ्यो राम्रो कामको लागि अझै धेरै जोखिम मोल्दै चुनौतीहरुसंग सामना गर्न पाए हुन्थ्यो भन्ने भावना राख्ने उनी सानै देखि नृत्य गर्न, भलिबल खेल्न र समाज सेवा गर्न चाहन्थिन । लाहुरे परिवारमा हुर्केकोले लाउन खानाको दुख थिएन । तर यो समाजमा रहेर केही गर्नु पर्छ भन्ने सोच सानै देखिनै थियो । तेसो त पारिवारिक माहोल पनि तेस्तै खालको थियो । उनको बाजेले एकजना बाबाआमा नभएको बच्चालाई घरमा ल्याएर जुनुकै फुपू बनाएर राखेको थियो । तेहि कुराहरु बाट प्रभावित भएर जुनुले पनि आफु सानै छँदा बोरामा हालेर फालेको बच्चालाई घरमा ल्याएर पालेको र ७ कक्षा सम्म पढाए पछि आफन्त आएर लगेको थियो ।एउटी महिलालाई आफ्नो २-३ जना छोराछोरीलाई हुर्काउन पढाउन कत्ति गाह्रो हुन्छ तर जुनु पुन अहिले “एकीकृत सृजनशिल समाज नेपाल” को आमा भएर भुकम्प, द्वन्द्वकाल र अन्य घटनाहरु बाट आफ्नो अभिभावक गुमाएका ३७ जना अनाथ बालबालिकाहरुलाई स्याहारसुसार र संरक्षण गर्दै उनीहरूको उज्ज्वल भविष्यको लागि दिनरात संघर्ष गरिरहेकी छिन । यसरी सरकारले गर्नु पर्ने काम व्यक्तिले गरिरहँदा पनि अहिले सम्म सरकारको पक्षबाट कुनै सहयोग नभएको र सरकारी कार्यलयमा फाईल तेर्स्याउनु पुर्व सरकारले यिनै मिडियाबाट एकीकृत सृजनशिल समाज नेपालले गरेको सामाजिक कामलाई हेरि सहयोग गर्नुपर्ने र अहिले सम्म घरपरिवार, विदेशमा रहनुहुने आफन्त र शुभचिन्तकहरुको सहयोगकै भरमा खर्च व्यवस्थापन गरेको उनी बताउछिन । काम गर्दै जाँदा धेरै दु:ख र कष्टहरु भोग्नु परे पनि गाडीमा हिन्दा चिन्नेहरुले आमा कता हिन्नु भो ? तरकारी किन्न जाँदा सहुजीले के को तरकारी लानु हुन्छ आमा आज बच्चाहरुलाई ? भन्दा वा बच्चाहरुले आमा नमस्ते ! आउनु भयो ? जुनु आमा नभएको भए हामीले पढ्न पाउँथेन होला । भन्दाखेरी सारा दु:खहरु बिर्सेर आफु खुसी हुने बताउछिन ।

Sunday, November 26, 2017

पाण्डबखानीमा शान्तपूर्ण वातावरणमा मतदान सम्पन्न

पाण्डबखानीमा शान्तपूर्ण वातावरणमा मतदान सम्पन्न
सुरेश छन्त्याल/गलकाेट
बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानी मावि केन्द्र क मा ६२१ मत खसेको क का अतिकृत लाेक नाथ अार्चायले बताउनु भयाे त्यस्तै केन्द्र ख का अतिकृत डिल्लीराम शर्माले केन्द्र ख मा ५९५ मत खसेकाे जानकारी गराउनु भयाे महिला पुरुष जम्मा  गरि १२१६ मत खसेकाे जानकारी भएको छ। केन्द्र क मा पहिलो मतदान प्रधिनिति सभा सदस्य उमेदवार नर बहादुर नरजले हाल्नु भएको थियाे।पाण्डबखानीका सबै भन्दा जेष्ठ ९६वर्षिय चन्द्र वीर श्रीसले पनि मत हाल्नुभयाे। पाण्डबखानीमा शान्तिपूर्ण बाताबरण मा मतदान भएको थियाे भने सुरक्षा व्यवस्थापन कदा पारिएकाे थियाे।पाण्डबखानीमा जम्मा १७ सय ९ मतदाता रहेकाे छ।तर स्थानीय चुनावकाे भन्दा अहिले मतदाता बदेका थिए।कुलान फुजा गर्ने र भाेट हाल्ने गरि देश तथा विदेश र अन्य स्थानबाट मतदाता अाएर मतदान गरेका थिए।

Saturday, November 25, 2017

चुनावको मुखमा बागलुङ, म्याग्दी र पर्वतमा १ हजार रुपयाँको नक्कली नोटको बिगबिगी ! नक्कली नोट भेट्टिएका वित्तिय संस्थाहरुले यसको सूचना प्रशासन वा प्रहरी समक्ष किन दिदैनन् ?

चुनावको मुखमा बागलुङ, म्याग्दी र पर्वतमा १ हजार रुपयाँको नक्कली नोटको बिगबिगी !
नक्कली नोट भेट्टिएका वित्तिय संस्थाहरुले यसको सूचना प्रशासन वा प्रहरी समक्ष किन दिदैनन् ?
रबिना बोहरा, बागलुङ, २०७४ मंसिर १० । बागलुङ, म्याग्दी र पर्वत जिल्लाहरुमा नक्कली नोट भेटिन थालेका छन् । चुनावकै मुखमा नक्कली नोट भेटिएपछि निर्वाचन आफ्नो पक्षमा पार्नका लागि नक्कली नोटको प्रयोग भएको हुनसक्ने आशंका गरिएको छ । केही दिन अगाडि ग्रिन बैँकमा जम्मा गर्न ल्याएको पैसाको बिटोमा नक्कली नोट भेटिएको बताइएको छ भने म्याग्दी जिल्लामा त एक पछी अर्को १ हजारको नक्कली नोट बरामद भैरहेको छ । यस क्षेत्रमा सर्बप्रथम पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजार स्थित देव विकास बैँकमा १ हजार रुपयाँको एउटा नोट फेला परेको थियो ।यसैवीच बागलुङ स्थित ग्रिन बैँकमा १ हजारको नक्कली नोट भेटिएको छ । बैँकका सुदिप राजण्डारीले ग्राहकले जम्मा गर्न ल्याएको पैसाको बिटोमा एक हजार रुपैँयाको नक्कली नोट फेला परेको बताए । नक्कली नोटमा कलम लेख्दा फुल्ने एवं सजिलै डल्लो पर्ने गरेको उनले बताए । चलन चल्तीकै जस्ता देखिने नोट सामान्य मानिसहरुले पहिचान गर्न नसक्ने भएकाले पनि त्यस्ता ठाउँमा नक्कली नोटको प्रयोग भएको आशंका गरिएको छ । बजारमा भेटिएका नक्कली नोटको बीचमा रहेको स्टीकरमा एनआरबी नलेखिएको र हिमालको नजिकै रहेको गोलाकारभित्र अंकित तस्विर नभएको जनाइएको छ ।बागलुङमा वित्तिय क्षेत्रमा काम गर्ने सरोकारवालाहरुले यस्तो समयमा नचिनेका मानिसहरुले दिएको रकम पहिचान नगरी नबुझ्न आग्रह गरेका छन् ।यस्ता नोटहरु बजारमा आउनुले नेपालको अर्थतन्त्रलाई नकरात्मक असर पर्ने भएकाले यस्तो गतिविधिमा संलग्नहरुलाई कारवाहीको प्रक्रियामा ल्याउनुपर्ने उनीहरुले माग गरेका छन् । निर्वाचनका बेला खर्च हुने ठूलो रकम बैंक तथा वित्तिय संस्थाहरुबाट कारोवार नगरी सिधै हुने भएकाले यस्ता नोटहरुको चलखेल हुन सक्ने भन्दै नक्कली नोटका कारोवारीहरु यही बेला सल्वलाउन सक्ने भएकाले छानविन प्रक्रिया अगाडि बढाउनुपर्ने सरोवारवालाले माग गरेका छन् ।नक्कली नोट भेट्टिएका वित्तिय संस्थाहरुले यसको सूचना प्रशासन वा प्रहरी समक्ष दिएका छैनन् । उता जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रहरी नायब उपरिक्षक विश्वराज सिंह थापाले बैँकबाट कुनै खालको जानकारी नआएकाले अनुसन्धान नगरिएको बताए । उनले कुनै पनि वित्तिय संस्था तथा व्यक्तिहरुले नक्कली नोट भएको शंका लागेमा प्रहरीलाई जानकारी गराउन समेत आग्रह गरे ।

जैमिनीको पैयुँथन्थापमा मतदाता परिचय पत्र लुटियो : परिचयपत्रकै कारण मतदानमा समस्या हुँदैन – मुनिअ

जैमिनीको पैयुँथन्थापमा मतदाता परिचय पत्र लुटियो : परिचयपत्रकै कारण मतदानमा समस्या हुँदैन – मुनिअ
बागलुङ, २०७४ मंसिर१०। जिल्लाको जैमिनी नगरपालिका—९ पैयुँथन्थापमा मतदाता परिचय पत्र लुटिएको छ । निर्वाचनका लागि खटिएका कर्मचारीले मतदाता परिचयपत्र वितरण गर्दै गर्दा अज्ञात व्यक्तिले १५/२० परिचय पत्र लिएर गएको र पछि जैमिनी—९ का वडाध्यक्षले करिब ७० वटा मतदाता परिचयपत्र कब्जामा लिएर लगेको मतदान अधिकृत जोवन काफ्लेले बताए ।वडाधयक्ष थापा स्थानीय निर्वाचनमा राष्ट्रिय जनमोर्चाको तर्फबाट उम्मेदवार भई विजयी भएका थिए । बढि मतपत्र लिएर गएका व्यक्तिहरुको खोजी भएको र परिचयपत्र फिर्ता गराउने प्रयास भैरहेको काफ्लेले बताएका छन् ।मूख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले भने परिचयपत्र लुटिएको नभई कतिपय व्यक्तिहले बढि लगेको भन्ने जानकारी आएको बताए । उनले प्रहरी प्रशासनको सहयोगमा घटनालाई सामान्यीकरण गरेर भोलि बिहान निर्धारित समयमा मतदान सुचारु गर्ने प्रयास भैरहेको जानकारी दिएका छन् ।मतदाता परिचयपत्र बाहेक पनि नागिरकता मालपोतको कागज वा अरु कुनै फोटो सहितको सरकारी कागजपत्रका आधारमा मतदान गर्न पाईने भएकाले परिचयपत्रकै कारण मतदानमा समस्या नहुने पण्डितको भनाई थियो ।

Wednesday, November 22, 2017

बम विस्फोटमा संलग्नलाई जहाँ भेट्यो त्यहीँ गोली ठोक्न गृहमन्त्रायालयको आदेश

बम विस्फोटमा संलग्नलाई जहाँ भेट्यो त्यहीँ गोली ठोक्न गृहमन्त्रायालयको आदेश
रौतहटको चन्द्रनिगाहपुरमा वाम गठबन्धनले गरेको चुनावी सभामा अज्ञात समूहले गराएको बम विस्फोटबाट एक बालकसहित ६ जना घाइते भएका छन् । सरकारी अस्पतालनजिक रहेको राधाकृष्ण मन्दिरमा हुन लागेको एमाले र माओवादी केन्द्रको संयुक्त सभालाई लक्षित गरी बम विस्फोट गराइएको हो ।विस्फोटमा परी चियापसल चलाउने ३१ वर्षीया सरिता राई र उनका सात वर्षका छोरा जैविक राई गम्भीर घाइते भएका छन् । सरिताको खुट्टाभरि बमका छर्रा लागेका छन् । जैविकको शरीरका विभिन्न स्थानमा गहिरो चोट लागेको छ । उनीहरूलाई थप उपचारका लागि वीरगन्ज पठाइएको छ ।विस्फोटमा परी चियापसल चलाउने ३१ वर्षीया सरिता राई र उनका सात वर्षका छोरा जैविक राई गम्भीर घाइते भएका छन् । सरिताको खुट्टाभरि बमका छर्रा लागेका छन् । जैविकको शरीरका विभिन्न स्थानमा गहिरो चोट लागेको छ । उनीहरूलाई थप उपचारका लागि वीरगन्ज पठाइएको छ ।गृह मन्त्रालयले बम विस्फोटका घटनामा संलग्नविरुद्ध कडा रूपमा प्रस्तुत हुन सशस्त्र र नेपाल प्रहरीलाई निर्देशन दिएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।‘बम विस्फोटमा संलग्न हुनेलाई जहाँ भेट्यो त्यहीँ पक्राउ गर्न र विस्फोट गराउँदै गरेको वा विस्फोटक पदार्थ बोकेर हिँडेको पाइए सीधै गोली हान्नेसमेत आदेश दिइएको छ,’ गृह स्रोतले भन्यो । तर, गृहको विज्ञप्तिमा भने गोली हान्ने आदेश दिइएको उल्लेख छैन ।

नेपाली सेना,नेपाल प्रहरी,शस्त्र प्रहरी र स्थानीयद्धारा पाण्डबखानी केन्द्र माविमा अनुगमन गरिएको छ

नेपाली सेना,नेपाल प्रहरी,शस्त्र प्रहरी र स्थानीयद्धारा पाण्डबखानी केन्द्र माविमा अनुगमन गरिएको छ
मंसिर,६बुधबार
बागलुङको गलकाेट नगरपालिका१०,पाण्डबखानीमा नेपाली सेना,नेपाल प्रहरी,शस्त्र प्रहरी र स्थानीयद्धारा पाण्डबखानी केन्द्र माविमा अनुगमन गरिएको छ।मंसिर १० गते हुने चुनावलाइ लक्षित गरि अनुगमन गरिएको छ।भाेलि निर्वाचन कार्यालयबाट कर्मचारी अाउने र तयारी गर्ने पनि बताइएको छ।पाण्डबखानी माध्यमिक विद्यालयमा दुई केन्द्र रहन्छ।बागलुङ क्षेत्र नम्बर २मा नेपाली काग्रेसबाट प्रत्यक्ष तर्फबाट प्रतिनिधि सभा सदस्य नर बहादुर पुन निरज र प्रदेश सभा सदस्यमा मन्जेश बम मल्ल र समुक्त बाम गठबन्दनबाट प्रत्यक्षबाट प्रतिनिधि सभा सदस्य देविन्द्र पाैडेल र प्रदेश सभा सदस्यबाट चन्द्र बुदा सागर ले प्रतिस्पर्धा गरेका छन्।अन्य ठाउँमा भन्दा पाण्डबखानिमा सान्तपुर्व वातावरणमा सम्पन्न हुने गरेकाे छ।

‘बागलुङमा सबैको सहयोगले सुरक्षा कायम गर्न सहज भयो’– खापुङ

‘बागलुङमा सबैको सहयोगले सुरक्षा कायम गर्न सहज भयो’– खापुङ
डम्मर बुढा मगर बाग्लुङ
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङ शाखाले जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख चन्द्र कुवेर खापुङलाई विदाई गरेको छ ।
कार्यक्रमा नेपाल राष्ट्रि उद्योग व्यापार संगठनका केन्द्रीय सदस्य रतन मलेपती ले बोल्दै खापुङले आफ्नो कार्यकालमा बागलुङको सबै क्षेत्रमा राम्रो सुरक्षा दिएको बताए ।
त्यस्तै नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन प्रदेश उपाध्यक्ष अर्जुन चोखालले बोल्दै  खापुङले स्थानीय चुनावलाई भयरहित तरीकाले सम्पन्न गराएको र अन्य अवैध लागु पदार्थ ओसार पसार नियन्त्रण लगाएको कार्य गरेको बताए ।
त्यस्तै संगठनका अध्यक्ष राजबहादुर थापाले बागलुङमा हुने गलत घटनालाई उनले रोकथाम गरेको र आगामी दिनहरुमा उनको सफल कार्यको लागि शुभकामना दिए ।
त्यसै गरि विदाई भएर जान लागेका खापुङले  बागलुङमा रहँदा सबैको साथ र सहयोगले शान्ति सुरक्षा कायम गर्न सहज भएको बताए । बागलुङको सबै क्षेत्रमा आफुले सकेसम्म समन्वय गरेर काम गरेको अनुभव सुनाए । स्थानीय तहको चुनाव शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न पाउँदा आफुलाई खुसी लागेको बताए ।
कार्यक्रमा नेपाल राष्ट्रिय उद्योग  व्यापार संगठनका अध्यक्ष राजबहादुर थापाको अध्यक्षता र कोषाध्यक्ष मनोज थापाको संचालनमा सम्पन्न भएको हो ।

Tuesday, November 21, 2017

बम बिस्फोटबाट म बिचलित भएकी छैन : मन्त्री खड्का

बम बिस्फोटबाट म बिचलित भएकी छैन : मन्त्री खड्का
बागलुङ २०७४ मंसिर ५ ।
गरिबी निवारण तथा सहकारी राज्यमन्त्री चम्पादेवी खड्काले आफुलाई तर्साउने उद्देश्यले आफुनो घरमा गराईएको बम विस्फोटको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकी छिन् ।राज्यमन्त्री खड्काले मंगलबार एक विज्ञप्ती प्रकाशित गरी लोकतन्त्रका रक्षा र देशको समृद्धिको अभियान बमको धमाकाबाट तर्सिएर नरोकिने बताएकी हुन् ।लोकतान्त्रिक शक्तिहरुबीचको एकताले निर्वाचनमा हाम्रो विजय सुनिश्चीत हुँदै गएको छ,’ खड्काद्वारा हस्तारीक्ष विज्ञप्तीमा भनिएको छ, निर्वाचन बिथोल्ने र उम्मेदवारलाई तर्साउने उद्देश्यले मेरो घरको कम्पाउण्डमा गराईको बम विस्फोटप्रति मेरो ध्यानाकर्षण भएको छ । यसबाट म डराएकी छैन विचलित हुँदिन ।’ मन्त्री खड्काले घटनाको कडा शब्दमा भ्रत्सना गर्दै लोकतन्त्रप्रति आस्था राख्ने सबैलाई विचलित नभई निर्वाचन अभियानमा सहभागी हुन आग्रह गरेकी छिन् ।उनले घटना लगत्तै सुरक्षा निकायबाट देखाईएको तत्परताप्रति धन्यवाद दिँदै सुरक्षा अवस्थालाई मजबुत बनाई सहज रुपमा निर्वाचन सम्पन्न हुने वाताबरण सिर्जना गर्न सुरक्षा निकायलाई आग्रह गरेकी छिन् ।

Monday, November 20, 2017

बागलुङ सदरमुकाम स्थित राज्यमन्त्री खड्काको निवासमा बम बिष्फोट !

बागलुङ सदरमुकाम स्थित राज्यमन्त्री खड्काको निवासमा बम बिष्फोट !
बागलुङ २०७४ मंसिर ५ ।
राज्यमन्त्री एवं नेपाली काँग्रेसबाट बागलुङ क्षेत्र नं १ की प्रतिनिधी सभा सदस्यकी उमेदवार चम्पादेवी खड्काको निवासमा मंसिर ४ गते रातिको समयमा बम बिष्फोट भएको छ । बागलुङ बजारको लालीगुराँस चोक स्थित राज्यमन्त्री खड्काको निवासमा बम बिष्फोट भएको हो । बम विष्फोटनबाट कुनै मानवीय क्षती भएको छैन ।घरको भूईतलामा गराईएको बम विष्फोटबाट सामान्य क्षेती पुगेको छ ।निर्वाचनको मुखैमा आएर गरिएको बम विष्फोटन बिप्लव समुहले गरेको हुनसक्ने आशंका गरिएपनि त्यस्को पुष्टी भने नभैसकेको श्रोतले बतायो ।गत कात्तिक ३० गते गल्कोटको हटियामा भएको बामगठबन्धनको आमसभामा पनि बम बिष्फोटन गराईएको थियो भने बडीगाड गाउपालिका २ न्वारमामा वडा सदस्यको निवास नजिकै फेला परेको सुतली बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय बनाएको थियो ।

कांग्रेस हार्न तयार छ देश हार्नु हुँदैन: गगन थापा

कांग्रेस हार्न तयार छ देश हार्नु हुँदैन: गगन थापा
सुरेश छन्त्याल/गलकाेट
बागलुङ- नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेसले निर्वाचन हार्दा देश नै हार्ने बताएका छन्। बागलुङको गल्कोटमा नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै थापाले नेपाली कांग्रेस चुनाव हार्न तयार रहेको तर देशले हार्ने अवस्था आउन नहुने बताए। ‘देश गम्भीर संकटमा जाने स्थीति आउँदा नेपाली कांग्रेसले आफुले हारेर पनि देशलाई बचाएको छ,’ थापाले भने,‘अहिले कांग्रेसले निर्वाचन हारे देश नै हार्ने अवस्थामा छ। त्यसैले अहिले नेपाली कांग्रेसले जित्नुको विकल्प छैन।’ विगतमा पनि कांग्रेसले देशका लागि हार स्वीकार गरेको उनले बताए। ‘२०६४ सालमा हामीले निर्वाचन हार्दैछौं भन्ने थाहा थियो, गिरीजाबाबुले कांग्रेस हार्दा हार्दै पनि निर्वाचन गराउने फैसला गर्नुभयो, त्यतीखेर देशलाई बचाउनुपर्ने थियो,’ उनले भने,‘२०३३ सालमा वीपी कोईरालाले राष्ट्रियताका लागि आफ्नो ज्यानको बाजी लगाएर मेलमिलापको नीति लिएर स्वदेश फर्किनुभयो । नेपाली कांग्रेसले जहिले पनि देशलाई अप्ठ्यारो पर्दा आफुले हारेरै भए पनि देशलाई बचाएको छ।’ पहिलो संविधान सभा निर्वाचनपछि बहुमतमा पुगेका कम्युनिष्ट पार्टीले नेतृत्व गरेकार सरकारले जारी गर्न नसकेको संविधान नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको जिकीर गरे। ‘६ वर्षसम्म कम्युनिष्ट नेताहरुले पालैपालो सरकारको नेतृत्व गर्दा जारी हुन नसकेको संविधान निर्माणका काम नेपाली कांग्रेसको नेतृत्वमा एक वर्षमै पूरा भयो,’ थापाले भने,‘कमिकमजोरी हामी पनि छन् तर हामीले आफ्नो दायित्व भुलेका छैनौं ।’ थापाले देशको तीव्र आर्थिक वृद्धिका लागि नेपाली कांग्रेसले नेतृत्व गर्ने बताए। ‘केही वर्ष पहिलेसम्म हामीसंगै मुलुक अहिले तीव्र गतिमा आर्थिक वृद्धि हाँहिल गरिरहेका छन्,’ थापाले भने,‘हामीलाई पनि अब कुनै बहाना बनाउने छुट छैन । राजनीतिक क्रान्तिको नेतृत्व गरेको काँग्रेसले अब आर्थिक क्रान्तिको पनि नेतृत्व गर्छ।

वाम गठबन्धनले हामीलाई पनि एकजुट भएर लाग्नुपर्ने प्रेरणा मिलेको छ – पौडेल


वाम गठबन्धनले हामीलाई पनि एकजुट भएर लाग्नुपर्ने प्रेरणा मिलेको छ – पौडेल
सुरेश छन्त्याल , गलकाेट,४ मंसिर|०४
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनले कांग्रेसलाई पनि एकजुट भएर लाग्नु पर्ने प्रेरणा मिलेको बताएका छन् । बागलुङ क्षेत्र नं. २ को गलकोटमा आयोजित बृहत चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो कुरा बताएका हुन् ।नेता पौडेलले भने, ‘वाम गठबन्धनले हामी कति पनि आत्तिएका छैनौं, बरु उल्टै वाम एकजुट हुँदा हामीलाई पनि एकजुट भएर लाग्नुपर्ने प्रेरणा मिलेको छ ।’ उनले मुलुकमा वामपन्थी दलहरुले लोकतन्त्रको सम्मान गर्न नसक्दा देश धराशायी बन्दै गएको आरोप लगाए ।
लोकतन्त्रको रक्षा र संविधान कार्यान्वयनको जिम्मा कांग्रेसको काँधमा आएको भन्दै नेता पौडेलले लोकतन्त्र संस्थागत गर्न कांग्रेसले मात्रै सक्ने दावी गरे । नेता पौडेलले आसन्न निर्वाचनमा देशलाई आर्थिक समृद्धिको बाटोमा लैजान सम्पू्र्ण जनताले कांग्रेसको पक्षमा मतदान गर्ने विश्वास रहेको बताए ।
देशको सबै वर्गलाई सम्मान दिने खालको संविधान कांग्रेसको नेतृत्वमा निर्माण भएको बताउँदै उनलेले त्यसको कार्यान्वयन पनि कांग्रेसले नै गर्ने बताए । पौडेलले भने, ‘हामी देशका सबै डाँडा पाखामा समृद्धिको दियो बाल्ने उद्देश्य बोकेका छौं । वाम पन्थीहरु सत्ता मोहमा फस्न लागेका छन् ।’

Sunday, November 19, 2017

निरज र मञ्जेशले भने,ताराखोला लाई सम्बृद्ध बनाउन काँग्रेसले अगुवाई गर्छ

बागलुङ  (गलकाेट)- नेपाली काग्रेस क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उमेद्धार नर बहादुर पुन निरज र प्रदेश सभा १ का उम्मेदवार मञ्जेश बम मल्लले ताराखोलालाई सम्बृद्ध बनाउनका नेपाली काग्रेसले अगुवाई गर्ने बताएका छन । 

ताराखोला गाउपालिका अन्तर्गत २, ३, ४ र ५ वाडमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै आगामि मंसिर १० गते हुने निर्वाचनमा आफुहरुलाई जिताए ताराखोला गाउपालिकाको बिकास र समृद्धिका लागी तत्पर भएर लाग्ने बताए ।

भेलामा पुनले ताराखोला प्राकृतिक र सास्कृतिक हिसाबले महत्वपुर्ण क्षेत्र भएका कारण त्यहाँको सम्भाब्यतालाई अध्ययन गरि बिकासको गति अगाडि बढाउने बताए ।
त्यस्तै प्रदेश सभा उमेद्धार मल्लले नेपालि काग्रेस बिकास चाहने पार्टी भएका कारण ताराखोला गाउपालिका भित्रका जनताको चाहाना अनुसार शिक्षा, स्वास्थ, यातयात लगायतका क्षेत्रमा अडिक रहेर काम गर्ने बताए । मल्लले ताराखोलामा बिभिन्न किसीमका खनिज तत्व र ऐतिहासिक बस्तुहरु भएका कारण ताराखोलालाई बिकासको गतिमा अगाडि बढाउन सजिलो हुने बताए ।

उनले आफुहरुलाई बिजय गराई स्थानियको जनचाहना अनुसार काम गर्ने बताएका छन  । कार्यक्रममा नेपालि काग्रेसका क्षेत्रीय सभापति दोण कुबरले लोकतन्त्रको रक्षा र शान्ति निर्माणका लागी नेपालि काग्रेसले जित्नु आवश्यक भएको बताए ।
कुबरले बागलुङ जिल्लाको पश्चिम क्षेत्रमा नेपालि काग्रेसले बिकासको अगुवाई गरेको कारण आगामि दिनमा समेत नेपालि काग्रेसले बिकास गर्ने बताउनुभयो । कार्यक्रममा महाधिबेसन प्रतिनिधि मञ्जु शर्मा चालिसे, गलकोट नगरपालिका वाड नम्बर २ का अध्यक्ष हेमन्त भण्डारी, वाड नम्बर ३ का अध्यक्ष बिरजङ भण्डारी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।