बाम गठबन्धनको चुनावी जनभेटघाट
पाण्डवखानीमा सम्पन्न
कात्तिक २०/थम्मन थापा सन्देश
आज बागलुङ क्षेत्र नम्बर २ को क गलकोट नगरपालिका १० पाण्डवखानीमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्र पोलिट व्युरो सदस्य तथा साझा बाम गठबन्धनका बागलुङ क्षेत्र न २ क का प्रदेश सभा सदस्य उमेदवार चन्द्र बुढा सागरले जनताको न्याय, मुक्ति र स्वतन्त्रता सॅगै संविधान कार्यान्वयन, विकास र समृद्विको लागी गोलाकार भित्रको हॅसिया हथौडामा मतदान गर्न आग्रह गर्नुभयो ।उहाॅले पाण्डवखानीको मनोविज्ञान, कला संस्कृतिको संरक्षण सॅगै विकासको आवश्यकता समेत अनुभुत गरेकोले यस क्षेत्रको विकासको निम्ति आफु प्रतिवद्व रहेको बताउनु भएको छ । सो अवसरमा नेकपा एमालेका जिल्ला सदस्य बुल बहादुर केसी, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य पदम श्रेष्ठ, नेकपा माओवादी केन्द्रका वडा सदस्य शशिराम काउचाले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका नेता कार्यकर्ता र शुभेच्छुकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । बाम गठबन्धन भएको भन्दै कार्यकर्ता शभचिन्तकहरुले खुसी समेत व्यक्त गरेका थिए । कार्यक्रम नेकपा माओवादी केन्द्र गलकोट नगरपालिका १० पाण्डवखानीका अध्यक्ष छम काउचाको अध्यक्षता, राष्ट्रिय जनमोर्चाका अध्यक्ष पृथ बहादुर श्रीसको स्वागत र नेकपा एमालेका सदस्य खडक सिंह श्रीस र माओवादी केन्द्रका सदस्य विष्णु काउचाको सञ्चालनमा सम्पन्न भएको थियो ।
Monday, November 6, 2017
बाम गठबन्धनको चुनावी जनभेटघाट पाण्डवखानीमा सम्पन्न
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment