जैमिनीको पैयुँथन्थापमा मतदाता परिचय पत्र लुटियो : परिचयपत्रकै कारण मतदानमा समस्या हुँदैन – मुनिअ
बागलुङ, २०७४ मंसिर१०। जिल्लाको जैमिनी नगरपालिका—९ पैयुँथन्थापमा मतदाता परिचय पत्र लुटिएको छ । निर्वाचनका लागि खटिएका कर्मचारीले मतदाता परिचयपत्र वितरण गर्दै गर्दा अज्ञात व्यक्तिले १५/२० परिचय पत्र लिएर गएको र पछि जैमिनी—९ का वडाध्यक्षले करिब ७० वटा मतदाता परिचयपत्र कब्जामा लिएर लगेको मतदान अधिकृत जोवन काफ्लेले बताए ।वडाधयक्ष थापा स्थानीय निर्वाचनमा राष्ट्रिय जनमोर्चाको तर्फबाट उम्मेदवार भई विजयी भएका थिए । बढि मतपत्र लिएर गएका व्यक्तिहरुको खोजी भएको र परिचयपत्र फिर्ता गराउने प्रयास भैरहेको काफ्लेले बताएका छन् ।मूख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले भने परिचयपत्र लुटिएको नभई कतिपय व्यक्तिहले बढि लगेको भन्ने जानकारी आएको बताए । उनले प्रहरी प्रशासनको सहयोगमा घटनालाई सामान्यीकरण गरेर भोलि बिहान निर्धारित समयमा मतदान सुचारु गर्ने प्रयास भैरहेको जानकारी दिएका छन् ।मतदाता परिचयपत्र बाहेक पनि नागिरकता मालपोतको कागज वा अरु कुनै फोटो सहितको सरकारी कागजपत्रका आधारमा मतदान गर्न पाईने भएकाले परिचयपत्रकै कारण मतदानमा समस्या नहुने पण्डितको भनाई थियो ।
Saturday, November 25, 2017
जैमिनीको पैयुँथन्थापमा मतदाता परिचय पत्र लुटियो : परिचयपत्रकै कारण मतदानमा समस्या हुँदैन – मुनिअ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment