जिल्ला शिक्षा कार्यालय बागलुङले गलकोट नगरपालिका भित्रका विभिन्न विद्यालयमा अनुगमन तथा निरिक्षण गरेको छ ।
थम्मन थापा सन्देश/गलकाेट
जिल्ला शिक्षा अधिकारी गुरु प्रसाद पौडेल सहितको टोलीले खरुवा माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नं ४, प्रगति आधारभुत विद्यालय, प्रगति बाल विकास केन्द्र गलकोट नगरपालिका वडा नं ७, नवज्योति प्राथमिक विद्यालय, पाण्डवखानी माध्यमिक विद्यालय र रमुवा आधारभुत विद्यालय गलकोट नगरपालिका १० मा अनुगमन तथा निरिक्षण गरेको हो ।अनुगमन तथा निरिक्षणको क्रममा विद्यालयको शैक्षिक, भौतिक अवस्थाको बारेमा जानकारी लिईएको पृथ्वी माध्यमिक विद्यालय हरिचौर श्रोतकेन्द्रका श्रोत व्यक्ति बम बहादुर थापाले जानकारी दिनुभयो ।निरिक्षण तथा अनुगमन कार्यक्रममा सहायक जिल्ला शिक्षा अधिकारी कुश्माराज उपाध्यय, शिव माध्यमिक विद्यालय काॅडेबास श्रोत केन्द्रका श्रोत व्यक्ति दिनेश पन्त लगायतको उपस्थिति रहेको थियो ।आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरि बामगठबन्धनले चुनावी कार्यक्रमलाई तिव्रता दिएको छ । यसै क्रममा बागलुङको गलकोट नगरपालिका ८ र ९ को संयुक्त चुनावी कार्यक्रम आज गल्याङमा सम्पन्न भएको छ ।चुनावी कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका बागलुङ जिल्ला संयोजक ज्ञामनाथ गैरेले नेपालमा बिगतमा रहेको लामो अस्थिरताको लागि कम्युनिष्टहरुको गठबन्धन भएको भन्दै देशको समृद्वि, शुसासन र विकासको लागि गोलाकार भित्रको हॅसिया हथौडा चिन्हमा मतदान गर्न आम जनसमुदायमा आग्रह गर्नुभएको छ । नेकपा एमालेका गलकोट नगर समितिका संयोजक डम्मर श्रीसले आसन्न प्रदेशसभा र प्रतिनिधि सभामा बाम गठबन्धनलाई विजयी गराउन अपिल गर्नुभएको छ । त्यस्तै राष्ट्रिय जनमोर्चा गलकोट नगर समिति संयोजक टंक केसीले बाम गठबन्धन देखेर विपक्षीहरु अत्तालिएको र जनता माॅझ अहिले झुटा भ्रमहरु छर्दै हिडिरहेको बताउनु भयो ।भेलाले आगामी मंसिर १० गते हुन गईरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफल पार्न गलकोट नगरपालिका ८ काॅडेबासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष आत्माराम शर्माको संयोजकत्वमा १ सय १५ सदस्यीय निर्वाचन परिचालन कमिटी, पवित्रा बुढाथोकीको संयोजकत्वमा ५१ सदस्यीय महिला परिचिलन कमिटी, पदम सलामीको संयोजकत्वमा १ सय १ सदस्यीय युवा परिचालन कमिटी र यम बहादुर विश्वकर्माको संयोजकत्वमा ५१ सदस्यीय दलित परिचालन कमिटी गठन गरेको छ ।त्यस्तै गलकोट नगरपालिका ९ मल्ममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष रुमकान्त गौतमको संयोजकत्वमा ७१ सदस्यीय निर्वाचन परिचालन कमिटी, रेशम केसीको संयोजकत्वमा २७ सदस्यीय युवा परिचालन कमिटि र भीम कुमारी गौतमको संयोजकत्वमा १७ सदस्यीय महिला परिचालन कमिटी गठन गरेको छ । कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका उच्चस्तरिय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।संयुक्त चुनावी कार्यक्रम राष्ट्रिय जनमोर्चा गलकोट नगरपालिका ९ का अध्यक्ष रुमकान्त गौतमको अध्यक्षता, नेकपा एमाले गलकोट नगरपालिका ८ का सचिव नरहरि घिमिरेको स्वागत र नेकपा माओवादी केन्द्र गलकोट नगरपालिका ८ का सदस्य पदम बहादुर सलामीको सञ्चालनमा सम्पन्न भएको थियो ।
Friday, November 3, 2017
जिल्ला शिक्षा कार्यालय बागलुङले गलकोट नगरपालिका भित्रका विभिन्न विद्यालयमा अनुगमन तथा निरिक्षण गरेको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment