आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन नजिकिए सॅगै गलकोटमा पनि बामपन्थी गठबन्धनले चुनावी जनभेटघाट तथा प्रचारप्रसार अभियानलाई तिव्र रुपमा अगाडी बढाएका छन
थम्मन थापा सन्देश/गलकाेट
आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन नजिकिए सॅगै गलकोटमा पनि बामपन्थी गठबन्धनले चुनावी जनभेटघाट तथा प्रचारप्रसार अभियानलाई तिव्र रुपमा अगाडी बढाएका छन ।बाम गठबन्धनको चुनावी जनभेटघाट कार्यक्रम आज गलकोट नगरपालिका ८ काॅडेबासका विभिन्न स्थानमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै बाम गठबन्धनका साझा उम्मेदवार बागलुङ क्षेत्र नं २ प्रदेश सभाका उम्मेदवार चन्द्र बुढा सागरले स्थिर सरकार, विकास निर्माण र समृद्विको निम्ति बाम गठबन्धनलाई जिताउनु पर्ने बताउनु भएको छ । बाम गठबन्धनले मात्रै जनताको आकाङक्षा पुरा गर्न सक्ने भएको देशको आमुल परिवर्तन गर्न आम जनसमुदायलाई गोलाकार भित्रको हसिया हथौडामा मतदान अपिल गर्नुभयो ।सो अवसरमा नेकपा माओवादी केन्द्रका समानुपातिक उम्मेदवार दिलमाया रोका, राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष बेदिलाल सापकोटा, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक ज्ञामनाथ गैरे अनिल, नेकपा एमालेका गलकोट नगर समितिका संयोजक डम्मर श्रीस लगायतले बाम गठबन्धन राष्ट्रको समृद्विका लागि भएकोले विजयी गराउन आग्रह गर्नुभयो ।कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका स्थानिय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । बामगठबन्धनले आज गलकोट नगरपालिका ८ काॅडेबासको बिरकोट, पचुवा, चालिसेटोला, दानसिङ, ज्यामिरे र थालेपोखरामा चुनावी जनभेटघाट सम्पन्न गरेको छ ।
Thursday, November 9, 2017
आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन नजिकिए सॅगै गलकोटमा पनि बामपन्थी गठबन्धनले चुनावी जनभेटघाट तथा प्रचारप्रसार अभियानलाई तिव्र रुपमा अगाडी बढाएका छन
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment