Monday, November 13, 2017

‘वाम गठबन्धनको नाममा जनतालाई भ्रममा पारेर चुनाव जित्ने र देशलाई पछि पार्ने षडयन्त्र’– पुन

‘वाम गठबन्धनको नाममा जनतालाई भ्रममा पारेर चुनाव जित्ने र देशलाई पछि पार्ने षडयन्त्र’– पुन
नेपाली कांग्रेसको चुनावी अभियान क्षेत्र नं २ क अन्र्तगत सोमबार जलजलामा चुनावी सभा तथा घरदैलो अभियान सम्पन्न भएको छ । आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रतिनिधि सभा उमेद्वार नरबहादुर पुन (निरज)ले ग्रामिण क्षेत्रको विकास विगतदेखि वर्तमान सम्म नेपाली काँगेसले मात्रै गरेको र भावि दिनमा समेत कांग्रेसको जिम्मामा रहेको बताउदै विकास, समुन्नत समाज निर्माण र लोकतन्त्रको रक्षाका निम्ती नेपाली कांग्रेसलाई विजयी गराउन आग्रह गरे ।
उनले थप बोल्दै वाम गठबन्धनको नाममा जनतालाई भ्रममा पारेर चुनाव जित्ने र देशलाई लामो समय सम्म पछि पार्ने षडयन्त्र भएको आरोप लगाउँदै जनतालाई सजक हुनसमेत आह्वान गरे । कार्यक्रममा प्रतिनिधि सभा क उमेदवार मञ्जेश वम मल्लले बोल्दै आफु जन्मिएको हुर्किएको क्षेत्रको विकासका निम्ती आतुर रहेको बताउँदै आफुहरुलाई मतदान गरी विजयी गराउन आग्रह गरे । कार्यक्रममा क्षेत्रिय सभापती दोर्णकुमार कुवँर, नेपाली कांग्रेस वडिगाड गाउँपालिका सम्योजक अर्जुन खरेल, लगाएत क्षेत्रिय समिती पदादिकारी, महादिवेशन प्रतिनिधि, वडिगाड गाउँपालिका कार्यसमिती पदादिकारी लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रम तेजिन्द्र श्रीसको अध्यक्षतामा सम्पन्न भएको थियो ।
त्यस्तै प्रतिनिधि सभा ख उमेदवार जित शेरचन सहतिको टोलीद्धारा ढोरपाटन नगरपालिका वडा नं ४ खुँगाको तोसबाङ धिरी, खुँगा, छोरेगाँउ लगाएतका स्थानमा मतदाता भेटघाट तथा घरदैलो अभियान जारी राखिएको बताईएको छ । निवर्तमान साम्सद एवम समानुपातीक उमेदवार ज्ञानकुमारी छन्त्याल, महादिवेशन प्रतिनिधि यामु पौवि, सागर छन्त्याल, सिँहबहादुर राना लगाएतको तोलीले घरदैलो अभियानलाई प्राथमिकता दिएको बताईएको छ । निसि, भुजि तमान क्षेत्रको समग्र विकासका निम्ती नेपाली काँग्रेसको जित आवश्यक रहेको बताउंदै आफुहरुलाई विजयी गराउन मतदातालाई आह्वान गरीएको हो ।त्यस्तै
नेपाली काग्रेसकाे घर दैलाे तथा मतदान भेटघाट कार्यक्रम अन्तर्गत अाज गलकाेट नगरपालिका ११ रिघामा नेपाल विद्यार्थी संघ गठन सम्पन्न भएको छ। नेपाल विद्यार्थी संघ गलकाेट नगरपालिका१० र ११ का संयाेजक सुरेश छन्त्यालकाे संयाेजक्तमा रिघामा नेपाल विद्यार्थी संघ गठन भएको छ।जसमा सभापति निशा श्रीस उप सभापति नितु श्रीस सचिव लाेचन जि.सि सह सचिव पवन श्रीस काेषाअध्यक्ष कालिका सुनार गरि २३ जनाकाे समिति गठन भएको छ।
त्यस्तै बडिघाट गाउँ पालिका ३ सिसाखानी र गलकाेट नगरपालिका ११ रिघामा घर दैलाे तथा चुनावी अभियान लाई तिव्रता दिएकाे छ।

No comments:

Post a Comment