Tuesday, November 21, 2017

बम बिस्फोटबाट म बिचलित भएकी छैन : मन्त्री खड्का

बम बिस्फोटबाट म बिचलित भएकी छैन : मन्त्री खड्का
बागलुङ २०७४ मंसिर ५ ।
गरिबी निवारण तथा सहकारी राज्यमन्त्री चम्पादेवी खड्काले आफुलाई तर्साउने उद्देश्यले आफुनो घरमा गराईएको बम विस्फोटको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकी छिन् ।राज्यमन्त्री खड्काले मंगलबार एक विज्ञप्ती प्रकाशित गरी लोकतन्त्रका रक्षा र देशको समृद्धिको अभियान बमको धमाकाबाट तर्सिएर नरोकिने बताएकी हुन् ।लोकतान्त्रिक शक्तिहरुबीचको एकताले निर्वाचनमा हाम्रो विजय सुनिश्चीत हुँदै गएको छ,’ खड्काद्वारा हस्तारीक्ष विज्ञप्तीमा भनिएको छ, निर्वाचन बिथोल्ने र उम्मेदवारलाई तर्साउने उद्देश्यले मेरो घरको कम्पाउण्डमा गराईको बम विस्फोटप्रति मेरो ध्यानाकर्षण भएको छ । यसबाट म डराएकी छैन विचलित हुँदिन ।’ मन्त्री खड्काले घटनाको कडा शब्दमा भ्रत्सना गर्दै लोकतन्त्रप्रति आस्था राख्ने सबैलाई विचलित नभई निर्वाचन अभियानमा सहभागी हुन आग्रह गरेकी छिन् ।उनले घटना लगत्तै सुरक्षा निकायबाट देखाईएको तत्परताप्रति धन्यवाद दिँदै सुरक्षा अवस्थालाई मजबुत बनाई सहज रुपमा निर्वाचन सम्पन्न हुने वाताबरण सिर्जना गर्न सुरक्षा निकायलाई आग्रह गरेकी छिन् ।

No comments:

Post a Comment