२२ केजी चरेस सहित पक्राउ
कोपिला कंडेल, बागलुङ
जिल्ला प्रहरी कार्यालय बागलुङ्गले जिल्लाको बडिगाड गाउंपालिका २ स्थित दरमखोलाबाट २२ केजी चरेस सहित एक जनालाई पक्राउ गरेको छ ।अबैध लागु पदार्थ चरेस सहित बडिगाड गाउपालिका ८ का ४५ बर्षिय धन बहादुर बुढा भनिने हस्त पाईजालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङ्गका प्रमुख प्रहरी उपरिक्षक चन्द्र कुवेर खापुङ्गले जानकारी दिए ।पाईजालाई रातको समयमा संकास्पद अवस्थामा देखेपछि झोला चेकजाच गर्ने क्रममा प्लाष्टीकको टेपले बेरे प्याकीङ्ग गरेको अवस्थामा २२ केजी ५० ग्राम चरेस सहित ईलाका प्रहरी कार्यालय गल्कोटले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बागलुङ्गमा पठाएको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङ्गले ७ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।पाईजा यस अगाडी गुल्मी जिल्ला बाट ५० केजी चरेस ओसार पसारका फरार अभियुक्त रहेको प्रहरी प्रमुख खापुङ्गले जानकारी दिए । पाईजालाई कानुन बमोजिम ५ बर्ष बढि सजाय हुने डिएसपी बिश्वराज सिहं थापाले जानकारी दिए ।
Thursday, November 2, 2017
२२ केजी चरेस सहित पक्राउ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment