बागलुङ (गलकाेट)- नेपाली काग्रेस क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उमेद्धार नर बहादुर पुन निरज र प्रदेश सभा १ का उम्मेदवार मञ्जेश बम मल्लले ताराखोलालाई सम्बृद्ध बनाउनका नेपाली काग्रेसले अगुवाई गर्ने बताएका छन ।
ताराखोला गाउपालिका अन्तर्गत २, ३, ४ र ५ वाडमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै आगामि मंसिर १० गते हुने निर्वाचनमा आफुहरुलाई जिताए ताराखोला गाउपालिकाको बिकास र समृद्धिका लागी तत्पर भएर लाग्ने बताए ।
भेलामा पुनले ताराखोला प्राकृतिक र सास्कृतिक हिसाबले महत्वपुर्ण क्षेत्र भएका कारण त्यहाँको सम्भाब्यतालाई अध्ययन गरि बिकासको गति अगाडि बढाउने बताए ।
त्यस्तै प्रदेश सभा उमेद्धार मल्लले नेपालि काग्रेस बिकास चाहने पार्टी भएका कारण ताराखोला गाउपालिका भित्रका जनताको चाहाना अनुसार शिक्षा, स्वास्थ, यातयात लगायतका क्षेत्रमा अडिक रहेर काम गर्ने बताए । मल्लले ताराखोलामा बिभिन्न किसीमका खनिज तत्व र ऐतिहासिक बस्तुहरु भएका कारण ताराखोलालाई बिकासको गतिमा अगाडि बढाउन सजिलो हुने बताए ।
उनले आफुहरुलाई बिजय गराई स्थानियको जनचाहना अनुसार काम गर्ने बताएका छन । कार्यक्रममा नेपालि काग्रेसका क्षेत्रीय सभापति दोण कुबरले लोकतन्त्रको रक्षा र शान्ति निर्माणका लागी नेपालि काग्रेसले जित्नु आवश्यक भएको बताए ।
कुबरले बागलुङ जिल्लाको पश्चिम क्षेत्रमा नेपालि काग्रेसले बिकासको अगुवाई गरेको कारण आगामि दिनमा समेत नेपालि काग्रेसले बिकास गर्ने बताउनुभयो । कार्यक्रममा महाधिबेसन प्रतिनिधि मञ्जु शर्मा चालिसे, गलकोट नगरपालिका वाड नम्बर २ का अध्यक्ष हेमन्त भण्डारी, वाड नम्बर ३ का अध्यक्ष बिरजङ भण्डारी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
No comments:
Post a Comment