‘बागलुङमा सबैको सहयोगले सुरक्षा कायम गर्न सहज भयो’– खापुङ
डम्मर बुढा मगर बाग्लुङ
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङ शाखाले जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख चन्द्र कुवेर खापुङलाई विदाई गरेको छ ।
कार्यक्रमा नेपाल राष्ट्रि उद्योग व्यापार संगठनका केन्द्रीय सदस्य रतन मलेपती ले बोल्दै खापुङले आफ्नो कार्यकालमा बागलुङको सबै क्षेत्रमा राम्रो सुरक्षा दिएको बताए ।
त्यस्तै नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन प्रदेश उपाध्यक्ष अर्जुन चोखालले बोल्दै खापुङले स्थानीय चुनावलाई भयरहित तरीकाले सम्पन्न गराएको र अन्य अवैध लागु पदार्थ ओसार पसार नियन्त्रण लगाएको कार्य गरेको बताए ।
त्यस्तै संगठनका अध्यक्ष राजबहादुर थापाले बागलुङमा हुने गलत घटनालाई उनले रोकथाम गरेको र आगामी दिनहरुमा उनको सफल कार्यको लागि शुभकामना दिए ।
त्यसै गरि विदाई भएर जान लागेका खापुङले बागलुङमा रहँदा सबैको साथ र सहयोगले शान्ति सुरक्षा कायम गर्न सहज भएको बताए । बागलुङको सबै क्षेत्रमा आफुले सकेसम्म समन्वय गरेर काम गरेको अनुभव सुनाए । स्थानीय तहको चुनाव शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न पाउँदा आफुलाई खुसी लागेको बताए ।
कार्यक्रमा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका अध्यक्ष राजबहादुर थापाको अध्यक्षता र कोषाध्यक्ष मनोज थापाको संचालनमा सम्पन्न भएको हो ।
Wednesday, November 22, 2017
‘बागलुङमा सबैको सहयोगले सुरक्षा कायम गर्न सहज भयो’– खापुङ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment