Tuesday, June 28, 2022

पाण्डबखानी वडा लाई नगरले छुट्टै नजरले हेरेका छाै...उपप्रमुख निउरे ।

पाण्डबखानी वडा लाई नगरले छुट्टै नजरले हेरेका छाै...उपप्रमुख निउरे । 

सुरेश छन्त्याल/ गलकाेट 

गलकाेट नगरपालिका १० पाण्डबखानीमा 
गरिबी निवारण लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ३ महिने ढाका कपडा बुनाई सीप विकास तालिम सम्पन्न भएको छ । 
गलकाेट नगरपालिका नगर कार्यपालिकाकाे आयाेजनामा भएको तालिममा २२ जना महिलाहरुकाे सहभागीता रहेकाे थियाे। तालिमकाे समापन कार्यक्रममामा गलकाेट नगरपालिकाका उपप्रमुख फमलाल निउरेकाे प्रमुख आतिथियतामा भएको कार्यक्रममा बाेल्दै गलकाेट नगरपालिकाका उपप्रमुख फमलाल निउरेले तालिममा लिएको सीप व्यापारमा लिन व्यवसायीक बन्न सिकेका सिप- सीपमा परिवर्तन गर्न आग्रह गर्दै नगरपालिकाकाे सधैब साथ र सहयोग रहने बद्धवद्धता गर्नु भएको थियाे, त्यस्तै नगरपालिका भित्र पाण्डबखानी वडा लाई नगरले छुट्टै नजरले हेरेका छाै र पाण्डबखानीकाे समस्यालाई छिट्टै समाधानबाट मुक्त गर्ने घाेषणा गर्नु भयाे । त्यस्तै तालिममा उद्यमी महिलाहरुले नगर प्रमुख निउरेलाइ मागपत्र समेत हस्तान्तरण गरेका थिए । तालिमकाे सहज तालिम सहजकर्ता भावना पुनले गर्नु भएको थियाे। कार्यक्रममा गलकाेट नगरपालिका १० का वडा अध्यक्ष भक्तबहादुर काउचाकाे अध्यक्षता र लघु उद्यम विकास गलकाेटका सहजकर्ता गुलाब बादीकाे संचालनमा कार्यक्रम सम्पन्न भएको थियाे।

Monday, June 27, 2022

पहिलोपटक रमुवा पुगि एकीकृत सम्पति तथा भुमिकर संकलन ।

पहिलोपटक रमुवा पुगि एकीकृत सम्पति तथा भुमिकर संकलन । 
सुरेश छन्त्याल/गलकाेट 

गलकाेट नगरपालिका वार्ड नम्बर १० पाण्डबखानी अन्तर्गत रमुवा गाउँमा पुगि पहिलोपटक एकीकृत सम्पति तथा भुमिकर संकलन कार्य सम्पन्न भएको छ। 
गलकाेट नगरपालिकाे सबैभन्दा टाढा रहेकाे पाण्डवखानीकाे रमुवामा  गलकाेट नगरपालिका वडा नं १० का वडा सदस्य कुमार पुनकाे पहलमा वडा सचिव ठाकुर तिमिल्सेनाकाे सहभागितामा संकलित एकीकृत सम्पति तथा भुमिकर संकलनमा कार्यमा सिङ्गाे गाउँनै सहभागी भइ सेवा (लाभान्वित) लिएका थिए । 
यसैबीच पशु सेवा केन्द्र पाण्डवखानीका सेवा केन्द्रका प्रमुख शिव आचार्यले एफएमडी, पिपिआर र यचएसविक्यू खाेप सेवा संचालन मार्फत रमुवाकाे सिङ्गो गाउँ नै लाभान्वित हुने गरि सेवा प्रदान गर्नुभएको थियाे। यसरी हाम्रो घरदैलोमा आएर सेवा प्रदान गर्नु भएकोमा धन्यवाद दिदै सेवा लिन पाउदा सिङ्गो गाउँनै खुसि भएका छा‌ै स्थानीय उदिप घर्तिले बताउनु भयाे, त्यस्तै सेवा प्रदान गर्नु  हुने वडा कार्यालय, वडा सदस्य कुमार पुन, वडा सचिव ठाकुर तिमिल्सेना, र पाण्डवखानी पशु सेवा केन्द्रका प्रमुख शिव आचार्यलाई धन्यवाद समेत दिनु भएको थियाे । रमुवामा स्थानीय लाइनकाे समस्या हुदा प्रशासनिक काम गर्न धेरै असजिलो भएको र रमुवामा केन्द्रीय लाइनकाे तार थर्याउने काम संगै पछिल्लो समयमा पगाउँमै इन्टरनेट जडान भएपछि आफुहरुलाइ काम गर्न निकै सहज भएको वडा सचिव ठाकुर तिमिल्सेनाले बताउनु भयाे।
सामान्य वडाकाे कुनै पनि सेवा लिन रमुवादेखि तल वडा कार्यालय सम्म आउदा जादा समय लाग्ने र विशेषगरी माेटरबाटाे सुधार नहुदा यश गाउँका जनसमुदायलाई कठिनाइ भएको र स्वयम आफैले यस्ता समस्याहरु झेल्नुपरेको भन्दै अब वडाका रहेक काम रमुवामै पुगेर सेवा प्रदान गर्ने र त्यहि अनुसारकाे वातावरण मिलाउनु पर्ने भएको वडा सदस्य कुमार पुनले जानकारी दिनुभएकाे छ ।

Monday, June 20, 2022

पाण्डबखानीकाे रमुवामा स्यालकाे आतंक

पाण्डबखानीकाे रमुवामा स्यालकाे आतंक
सुरेश छन्त्याल

गलकाेट नगरपालिका १० पाण्डबखानी रमुवामा करिव एक महिना अगाडि देखि स्यालकाे विगविगी बढेको छ ।
स्यालले दिनमा एक घरबाट १३ ओटा कुखुरा, चल्ला खाइदिने गरेकाे छ। पछिल्लो क्रममा झन दिनानाैदिन सक्रियरुपमा घरमा मानिस नभएको समयमा र रातकाे समयमा आएर खान थाले पछि त्यस गाउँका मानिसहरु निरास भएका छन् स्याल कुकुर जस्ताे जनावर भएकोले हुनाले घरमा रहेकाे कुकुरले केही गर्न नसकेपछि स्याल दिनप्रतिदिन प्रत्येक घर-घरमा पुगि कुखुराहहरु नष्ट गरेकाे स्थानीय उदिम घर्तीले जानकारी गराउनु भयाे ।
त्यस्तै दिनप्रतिदिन हावाहुरी सहित वर्षा हुदा कृषकहरुले लगाएकाे मकै संगै बारीमा लगाएकाे खेति भर्खरै केही उम्रिन र केहि खान लायक भएको तरकारी नष्ट हुदा यस क्षेत्रका मानिसहरु दुखित भएका छन् । गत वर्ष लामाे समय सम्म पानी नपरेपछि पानी पार्ने पुजा गरियाे , याे वर्ष छिट्टै वर्खा लाग्याे स्थानीय एक  कृषकले बताए हामिले दुख गरि लगाएकाे खेती यसरीनै हावाहुरीले नष्ट गर्दै जाने हाे भने हामिले किन खेति गर्नेपर्याे भन्दै यसमा कृषि प्राविधिकले पनि हामीलाई केही राहत संग‌ै कृषक सम्बन्धि जानकारी गराउन आग्रह गर्दै स्थानीय कृषक भिमा घर्तिले जानकारी गराउनु भयाे ।

Saturday, June 18, 2022

गलकाेट भित्र रहेकाे समाजमा बाल मैत्रीले ठुलाे परिवर्तन ल्याउने संकेत ।

गलकाेट भित्र रहेकाे समाजमा बाल मैत्रीले ठुलाे परिवर्तन ल्याउने संकेत ।
सुरेश छन्त्याल/गलकाेट

सुनाैलाे गलकाेट बाल संजाल भन्ने मुल नाराका साथ
गलकाेट नगरपालिका स्तरीय बालमैत्री कार्यक्रम अन्तर्गत आज गलकाेट नगरपालिकाकाे कार्यलयमा सम्पन्न भएको कार्यक्रममा बालविवाह अन्त्य गर्ने, फाेहाेर व्यवस्थापन गर्ने, बैठककाे समीक्षा, बाल भेला गरि विभिन्न विषयमा भागकाे प्रस्ताव, नगर स्तरीय भवन, तालिम,  र काेष व्यवस्थापन गर्ने लगाएत विषयमा छलफल तथा प्रस्ताव गरिएको थियाे । 

त्यस्तै बाल मैत्री बागलुङ जिल्ला अध्यक्षमा निर्वाचित राेशन परिवारलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको थियाे। कार्यक्रममा बाेल्दै प्रमुख अथिति समेत रहनु भएका गलकाेट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले अब गलकाेट भित्र रहेकाे समाजमा बाल मैत्रीले ठुलाे परिवर्तन ल्याउने संकेत रहेकाे भन्दै काेराेना तथा विविध कारणवस बालमैत्री सम्बन्धित कार्यक्रम राेकिएकाे र अब नियमित कार्यक्रमलाई अगाडि बढाएर लैजाने र पूरा नभएका सुचुकहरु पूरा गरि दिगाे बालमैत्री घाेषणा गर्ने र बाल अधिकार नागरिक अधिकार भित्र रहेकाे बताउनु भयाे, त्यस्तै गलकाेट नगरपालिकाका प्रशासकीय अतिकृत हरिप्रसाद शर्माले बालमैत्रीले नगरपालिकामा ठुलाे उपलब्धि गरेकाे बताउद‌ै विद्यार्थी जिवनदेखि धेरै कुराहरुकाे अनुभव रहेकाे धारणा व्यक्त गर्नु भएको थियाे। 
कार्यक्रम बालमैत्री नगरस्तरीय अध्यक्ष मदन परिवारकाे अध्यक्षतामा भएको कार्यक्रममा गलकाेट नगरपालिकाका नगर प्रमुख भरत शर्माकाे प्रमुख आथितियता गलकाेट नगरपालिकाका प्रशासकीय अतिकृत हरिप्रसाद शर्मा, गलकाेट नगरपालिकाका प्रशासकीय अतिकृत तुलबहादुर वि.क, प्रत्येक वडाका बालमैत्रीका सहजकर्ता, प्रत्येक वडाका बालमैत्रीका अध्यक्ष, पत्रकार सुरेश छन्त्याल लगाएतकाे सहभागीता रहेकाे कार्यक्रमकाे संचालन नगर स्तरीय बालमैत्रीका सह सचिव प्रेम दर्जिले गर्नु भएको थियाे, त्यस्तै आजै प्रत्येक वडाका बालमैत्रीका सहजकर्ताहरुकाे नियमित भेला पनि सम्पन्न भएको छ ।




Friday, June 17, 2022

पाण्डबखानी स्वास्थ चाैकीलाइ नगरपालिकाद्धारा ल्याब उपलब्ध ।

पाण्डबखानी स्वास्थ चाैकीलाइ नगरपालिकाद्धारा ल्याब उपलब्ध ।
सुरेश छन्त्याल/पाण्डबखानी 

स्थानीय श्राेतकाे उपभाेग, स्वामित्व र सहभागीता पुर्ण खाेप सुनिश्चितता हाम्रो प्रतिवद्धता, पुर्ण खाेप सुरक्षित भविष्य वडा स्तरीय खाेप कार्यक्रमकाे समीक्षा खाेप कार्यक्रमकाे सुदृढीकरण र पुर्ण खाेप घाेषणा तथा दिगाेपनाकाे याेजना तयारी बैठक सम्पन्न भएको छ। 
कार्यक्रममा पाण्डबखानी स्वास्थ्य चाैकीकी अनमि प्रतिमा पुनले खाेपकाे परिभाषा, खाेप भनेकाे के हाे, खाेप किन आवश्यक छ, खाेप किन महत्त्व छ र भ्याक्सिनकाे बारेमा प्रकाश पार्नु भएको थियाे । 
byc (ग्रामीण स्वास्थ सुधार परियाेना) बागलुङद्धारा पहुँचदेखि बाहिरबाट आउने दुई सुत्केरी र कुरुवालाई दुई बेड र विस्तरा उपलब्ध गराएकाे छ, त्यस्तै गलकाेट नगरपालिकाद्धारा एक ल्याब उपलब्ध गराएकाे छ । 

गलकाेट नगरकार्यपालिका सदस्य राम प्रसाद वि.कले नगरबाट पाउने प्रत्येक महिनाकाे रकम बापत प्रत्येक सुत्केरीहरुलाइ खर्चकाे व्यवस्था गर्ने घाेषणा गर्नु भयाे ।
कार्यक्रममा नव तथा निवर्तमान जनप्रतिनिधि, महिला स्वास्थ स्वयंसेवीका, शिक्षक, पत्रकार लगाएतकाे सहभागीता रहेकाे कार्यक्रमकाे संचालन स्वास्थ चाैकिकि प्रमुख रत्ना सुनारले गर्नेु भएको थियाे ।

Tuesday, June 14, 2022

रमुवामा मतदान केन्द्र थप गर्नका लागि निर्वाचन आयाेगमा निवेदन गर्ने, रमुवा गाउँमा पहिलोपटक ईन्टरनेट पुग्याे।

रमुवामा मतदान केन्द्र थप गर्नका लागि निर्वाचन आयाेगमा निवेदन गर्ने, रमुवा गाउँमा पहिलोपटक ईन्टरनेट पुग्याे।
सुरेश छन्त्याल/ गलकाेट


मिति २०७९ असार १ गते देखि मतदाता नामावलीमा नाम छुट्न गएका वा थप नयाँ उमेर पुगेका नेपाली नागरिकता प्रमाणपत्र लिएका नागरिकका लागि एक महिना भित्र मतदाता परिचयपत्र भर्न निर्वाचन आयाेगले जानकारी गराएकाे छ । उक्त अवसरमा गलकाेट नगरपालिका १० रमुवामा मतदान केन्द्र थप गर्नका लागि निर्वाचन आयाेगमा निवेदन गर्ने नेपाली काग्रेसका क्षेत्र नं २ (क) बागलुङका सभापति तिलक घर्ती मगरले बताउनुभयो । यश भन्दा पहिला निर्वाचन आयाेग नियमअनुसार ५ सय भन्दा बढी मतदाता संख्या हुनुपर्नेमा राख्न नसकिरहेको समेत घर्तीले स्पष्ट पार्नुभयाे। हाल छुट्न गएका र नया थप गरि ५ सय भन्दा बढी हुने अनुमानका साथ जानकारी गराउनु भयाे ।
त्यस्तै रमुवा गाउँमा पहिलोपटक ईन्टरनेट सेवा सुचारु गरिएको छ । आर्थिक वर्ष २०७८/०७९ काे वडा कार्यलयबाट विनाेजित रु. तीन लाख बराबरको रकमले दुर्गम गाउँलाई ईन्टरनेट सेवा संग जाेड्ने लक्ष्यका साथ निवर्तमान वडा अध्यक्ष तिलक घर्तिकाे पहलमा पहिलो पटक ईन्टरनेट सेवा विस्तार भएको छ। गलकाेट जिलिङ्क प्रालिद्धारा रमुवामा पहिलोपटक ३२ घरमा इन्टरनेट जडान गरिएको गलकाेट जिलिङ्क प्रालिका संचालक प्रमुख डम्बर बहादुर केसिले जानकारी गराउनु भयाे । ईन्टरनेट पुग्दा स्थानियबासी खुसी भएका छन् भने ग्रामीण बस्तीलाई सञ्चारको पहुँचमा जोडन यश अघि टेलिकमले टूजी र थ्रीजी संगै 4 जि पनि सेवा विस्तार गरेको नेपाल टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिनुभयाे ।
पहिले मोबाइल सेवा नहुँदा दुख पाएका नागरिकले टेलिकमको टुजी र थ्रिजी सेवा एकसाथ सञ्चालनमा आएपछि त्यस क्षेत्रमा गुणस्तरिय डाटामार्फत इन्टरनेट चलाउन सहज भएको टेलिकमले जनाएको छ। टावर निर्माण सँगै त्यस क्षेत्रको प्रचार प्रसार र सूचना आदान प्रदानको निमित्त थप सहज भएको स्थानियले बताएका छन्।

Sunday, June 12, 2022

पार्टीकाे निर्णय विपरीत कार्य गरेका ३ जिम्मेवारी व्यक्ति कार्वाहीकाे सुचीमा

पार्टीकाे निर्णय विपरीत कार्य गरेका ३ जिम्मेवारी व्यक्ति कार्वाहीकाे सुचीमा

नेपाली कांग्रेस बडिगाड गाउँपालिका १ काे बैठक सम्पन्न भएको छ । पार्टी कार्यालयमा सम्पन्न भएको बैठकले वैशाख ३० गते सम्पन्न भएको स्थानिय निर्वाचनमा पार्टीकाे निर्णय बिपरित किर्याकलाप गर्ने ३ जनालाई कार्बाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरिएकाे छ। कार्बाहीकाे सुचीमा परेका  बडिगाड १ कार्यसमितिका सचिव टोमे गिरी, क्रियासिल सदस्य निर्मल सलामी, र क्रियासिल सदस्य हिरा बहादुर बुढाठोकी रहेका छन ।
उक्त कार्यक्रमकाे अध्यक्षता बडिगाड गाउँपालिमा १ कार्यसमितिका सभापति राम प्रसाद सिंजालीकाे सभापतित्याे नेपाली काग्रेस बागलुङ निर्वाचन क्षेत्र न. २ प्रदेश (क) का सहसचिव राजु थापाकाे प्रमुख आतिथियतामा भएको कार्यक्रममा प्रमुख अथिति समेत रहनु भएका बागलुङ निर्वाचन क्षेत्र न. २ प्रदेश (क) का सहसचिव राजु थापाले नेपाली काग्रेस पार्टी लाेकतान्त्रिक पक्षमा विश्वास गर्ने पार्टी भएकाे र पार्टी भित्र रहेर यस्ता कार्य गर्ने जुनसुकै पदमा बसेर पार्टीको नियम विपरीत काम गर्ने व्यक्तिलाई पार्टीले कार्वाही गर्नु पर्छ भन्ने कुरा व्यक्त गर्नु भएको थियाे।
भने कार्यक्रमकाे संचालन बडिगाड गाउँपालिका १  कार्यसमितिका सह-सचिव पनराम घर्तिले गर्नुभएको थियो।

सुनपानीदेखि प्रसिद्ध घुम्टे लेक चढ्ने पदमार्ग सर्वे ।

सुनपानीदेखि प्रसिद्ध घुम्टे लेक चढ्ने पदमार्ग सर्वे ।
सुरेश छन्त्याल/ पाण्डबखानी

गलकाेट नगरपालिका १० अन्तरर्गत सुनपानी देखि प्रसिद्ध घुम्टे लेक चढ्ने पदमार्ग निर्माणका लागि सर्वे गरिएको छ। गलकाेट नगरपालिकाबाट प्रधानमन्त्री स्वराेजगार अन्तर्गत रु ५ लाख बजेटबाट सुनपानीदेखि घुम्टे लेकसम्म जाने पदमार्ग मध्ये आज गलकाेट नगरपालिका १० पाण्डबखानीका वडा सचिव ठाकुर तिमिल्सिना, सव इन्जिनियर पवन वली, टाेल विकास संस्था सुनपानीका अध्यक्ष गंगा घर्ती पुन, टाेल विकास संस्था सुनपानीका उपाध्यक्ष खगप्रसाद घर्ति, घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च पाण्डबखानीका सचिव दिप घर्ती, पत्रकार सुरेश छन्त्यालकाे टाेलिले ७ सय मिटर बाटाे सर्वे गरेका थिए ।प्रत्येक वर्ष वैशाखे पुर्णिामामा मेला लाग्ने र घुम्टे चढ्नका लागि छिमेकी वडा रिघा, सिसाखानी, जलजला, रणसिंहकिटेनी लगाएत पाण्डबखानीका जनसमुदाय प्राय यहि बाटाेदेखि घुम्टे लेक चढ्ने भएको हुनाले पदमार्गलाइ विशेष प्राथमिकताका साथ सर्वे गरिएको छ। 

Wednesday, June 8, 2022

सिसाखानीमा चट्याङ लाग्दा एक पुरुषकाे निधन ।

सिसाखानीमा चट्याङ लाग्दा एक पुरुषकाे निधन ।
सुरेश छन्त्याल/ गलकाेट


बागलुङको वडिगाड गाउँपालिका ३ सिसाखानीमा चट्याङ लाग्दा अन्दाजी ७० वर्षिय रामप्रसाद श्रीसकाे मृत्यु भएको जानकारी प्राप्त भएकाे छ। 
स्थानीय लालबहादुर श्रीसकाे जानकारी अनुसार करिव दिउसो साडे ४ बजे घरमा परिवार संग बसेकाे अवस्थामा चट्याङ लाग्दा ७० वर्षिय श्रीसकाे मृत्यु भएको हाे । ५ जना परिवार बसिरहेकाे अवस्थामा एक्कासी चट्याङ लाग्दा श्रीसकाे मृत्यु भएको जानकारी प्राप्त भएको छ।
त्यस्तै २९ वर्षिय उनका कान्छा छाेरा भुवाल श्रीसलाई पनि चट्याङ लागेकाे र करिव २० मिनेटपछि उनी सामान्य अवस्थामा आएकाे पुर्व गाविस अध्यक्ष दिलबहादुर पुनले जानकारी दिनु भयाे। थप जानकारी आउन बाकि रहेकाे स्थानीयले बताउँछन् ।








Monday, June 6, 2022

पाण्डबखानी समाज काठमाडौले गर्याे भेटघाट ।

पाण्डबखानी समाज काठमाडौले गर्याे भेटघाट
सुरेश छन्त्याल/ गलकाेट


काेराेनाकाे कारण लामाे समय सम्म भेटघाट तथा कुनै पनि कार्यक्रम हुन नपाउदा अहिले जेठ २० काे अवसर पारेर पाण्डबखानी समाज काठमाडौको आयाेजनामा भएको भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा टेकु सरुवा रोगका विशेषज्ञ डा. सेर ब पुन, र डा.दिपक काउचा, डा. लाल कुमार पुन, त्यसै पाण्डबखानी रमुवा घर भै हाल नेपाली सेनामा सेवारत कर्नेल पदम बुढा, कलाकार दिलु सलामी र ज्ञानु राना लगाएत पाण्डबखानी देखी काठमाडौमा बसेर विभिन्न पेसामा आबद्ध हुनु भएका पाण्डवखानीको नाम उच्च स्थानमा राख्न सफल ब्याक्तित्वहरुलाइ सम्मान तथा बधाई कार्यक्रम संगै गाउँकाे परम्परा चलन अनुसार समाजिक कार्यमा प्रयाेग गर्न काेषमा जम्मा गरिएको पाण्डबखानी समाज काठमाडौका अध्यक्ष शेरबहादुर पुनले जानकारी दिनुभयाे त्यस्तै परम्परागत चलिरहेको सरस्वती पुजा पनि गरिएको थियाे। पाण्डबखानी समाज काठमाडौंले विभिन्न समाजिक कार्यमा सहयोग गर्दै आइरहेको छ ।

उत्प्रेरणात्मक कार्यशाला कार्यक्रम सम्पन्न ।

उत्प्रेरणात्मक कार्यशाला कार्यक्रम सम्पन्न ।
सुरेश छन्त्याल/ गलकाेट

सुसंस्कृत समाज निर्माणमा नागरिक सचेतना आजकाे आवश्यकता भन्ने नाराका साथ आज गलकाेट नगरपालिका १० पाण्डबखानीमा उत्प्रेरणात्मक कार्यशाला कार्यक्रम सम्पन्न भएको छ। गलकाेट नगरपालिका १० पाण्डबखानी वडा कार्यालयकाे आयाेजनामा भएको कार्यक्रममा
गलकाेट नगरपालिका १० पाण्डबखानीका वडा सदस्य कुमार पुनकाे अध्यक्षता संविधानसभाका  निवर्तमान संसद निरज पुनकाे प्रमख आतिथियतामा भएको कार्यक्रम विभिन्न दलका राजनीतिदलका प्रतिनिधि, जनप्रतिनिधि, पुर्व वडा अध्यक्ष तथा नेपाली काग्रेस क्षेत्र नम्बर २(क) का प्रदेश सभापति तिलक घर्ती, शिक्षक, शिक्षिका, आमा समूह, विभिन्न संस्थाका कर्मचारी, पत्रकार, बाल मैत्री पाण्डबखानीका सहजकर्ता रामु शाहि, विद्यार्थी लगाएतकाे सहभागीता रहेकाे कार्यक्रमकाे सहजिकरण बरिस्ठ माेटिभेटर डाक्टर तारा जि र
प्रध्यापक संस्कृतिविद डाक्टर तुलसी प्रभासले आफ्नो घर- समाज कसरी परिवर्तन गर्ने, शिक्षक विद्यार्थी र अविभावक विचकाे सम्बन्ध कसरी राख्ने, महात्मा गान्धी, नेसनल मन्डेला, वराक आेभमाकाे उदाहरण सहित विविध विषयमा प्ररिक्षण गर्नु भएको थियाे भने कार्यक्रमकाे संचालन वडा सचिव ठाकुर तिमिल्सिनाले गर्नुभएको थियाे ।

Wednesday, June 1, 2022

गलकाेट जिलिङ्क डटकम प्रालिद्धारा रमुवामा तार विस्तार ।

गलकाेट जिलिङ्क डटकम प्रालिद्धारा रमुवामा तार विस्तार ।
सुरेश छन्त्याल/ पाण्डबखानी

गलकाेट नगरपालिका १० पाण्डबखानी अन्तर्गत रमुवामा गलकाेट जिलिङ्क डटकम प्रालिद्धारा १८ हजार मिटर बराबरकाे वाईफाइकाे तार विस्तार गरिएछ ।
 पाण्डबखानीमा करिव ७० सालदेखि सुरुवाटमा ४ जना व्यक्तिले जडान गरेका थिए ।पछिल्लो क्रममा विभिन्न संघसंस्था र व्यक्तिले जडान गरिसकेका छन् । पाण्डबखानीमा नेपाल टेलिकमको नमस्ते नेर्टवक भएता पनि राम्रो संग इन्टरनेट नचलेपनि गलकाेट जिलिङ्क डटकम प्रालिका संचालक प्रमुख डम्बरबहादुर केसी र सप्तरङ्गी बचत तथा श्रृण सहकारी संस्था लि.का प्रबन्धक दिप घर्ती र केही व्यक्तिकाे सल्लाह अनुसार पाण्डबखानीमा वाईफाइकाे व्यवस्थापन गरेकाे गलकाेट जिलिङ डटकम प्रालिका संचालक प्रमुख डम्बरबहादुर केसीले जानकारी दिनुभयाे। 
त्यस्तै इन्टरनेट नहुदा सुचना आदानप्रदान संगै विभिन्न सुचनाबाट बन्चित हुदा कहाँ के भयाे, भन्ने केही खबर नहुदा अन्धकार भएको जस्ताे अनुभव भएको र अहिले इन्टरनेट व्यवस्थित भए लगत्तै सुचना आदानप्रदान गर्न सहज भएकाे पत्रकार सुरेश छन्त्यालले जानकारी दिनुभयाे। 
गलकाेट नगरपालिका १० पाण्डबखानीकाे वडा कार्यालयबाट विनाेजित रु.३ लाखकाे बजेतबाट रमुवाकाे लागि तार विस्तार गरिएको र अहिले हाम्रो ग्राहक करिव १२५ जना रहेकाे साथै केन्द्रीय लाइन र  स्थानीय लाइन नभएको समयमा पनि ब्याकअपले काम गर्ने हुदा सहजरुपमा वाईफाइ प्रायाेग गर्न पाउने गलकाेट जिलिङ्क डटकम प्रालिले जनाएको छ।

Monday, May 30, 2022

विद्यालयप्रति जनसमुदाय नै सक्रियता रहेकाे - उप सचिव रेग्मी ।

विद्यालयप्रति जनसमुदाय नै सक्रियता रहेकाे - उप सचिव रेग्मी ।
सुरेश छन्त्याल 

गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे पाण्डबखानी माद्यामिक विद्यालयमा स्वर्गीय डम्बर बहादुर पुनकाे स्मृतिमा अक्षकाेष स्थापना भएको छ। विद्यालय संचालन गरेकाे अक्षकाेषमा स्वर्गीय पुनकाे वार्षिक पुण्य तिथिकाे अवसरमा धर्मपत्नी शाेभा पुन र छाेरी हाना पुन, र बहिनी रिता पुन, बहिनी लक्ष्मि काउचा(श्रेष्ठ) र काेपिला पुनकाे हातबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानसिह छन्त्याल र प्राचार्य नवीन भावुकलाई रु ५० हजार ५ सय रकम
हस्तान्तरण गर्नु भएको थियाे। स्वर्गीय पुनकाे चिरआत्माकाे कामना गर्दै स्वर्गमा बास हाेस भनी परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलाेस भन्दै सम्पूर्ण विद्यालय परिवारले धन्यवाद व्यक्त गरेकाे थियाे। स्वर्गीय डम्बर पुन विद्यालयका पुर्व विद्यार्थी पनि रहेका थिए ।
त्यस्तै विद्यालय अनुगमनमा आउनु भएका नेपाल  सरकार शिक्षा मन्त्रालय, शैक्षिक गुणस्तर, परिक्षण केन्द्र सानाेठिमी भक्तपुरका उप सचिव निलकण्ठ रेग्मीले विद्यार्थी र शिक्षक मार्फत शैक्षिक गुणस्तर सहजिकरण गर्दै विद्यालयकाे परिक्षण, ४६ वटा सुचक, उपलब्धि, सुझावबारे प्रकाश पार्दै यश क्षेत्रका जनसमुदायहरु विद्यालयप्रति सबै सक्रियता रहेकाे र लगानी मेहनत पाएकाे बताउनु भयाे। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानसिह छन्त्यालकाे सभापतित्याेमा भएको कार्यक्रममा नव जनप्रतिनिधिर वडा सचिव ठाकुर तिमिल्सिना, शिक्षक संघ, अभिभावक संघ, विद्यार्थी, पत्रकार सुरेश छन्त्याल लगाएतकाे सहभागीता रहेकाे कार्यक्रम प्राचार्य नवीन भावुकले संचालन गर्नु भएको थियाे।

Friday, May 27, 2022

पाण्डबखानी माविमा शाहिकाे स्मृतिमा अक्षकाेष स्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न ।

पाण्डबखानी माविमा शाहिकाे स्मृतिमा अक्षकाेष स्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न ।
सुरेश छन्त्याल/पाण्डबखानी 

गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे पाण्डबखानी माद्यमिक विद्यालयमा शैक्षिक सत्र २०७८ काे पुरस्कार वितरण तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ । 
उक्त कार्यक्रममा LKG देखि कक्षा ९ सम्म प्रथम द्धितिय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियाे । त्यस्तै अनुशासित लगायत विभिन्न विधामा पुरस्कार तथा छात्रवृत्ति प्रदान गरिएको हाे । त्यस्तै उक्त विद्यालयमा ललित बहादुर शाहि स्मृति अक्षकाेष स्थापना गरिएको छ । उक्त काेष स्वर्गीय शाहिकाे वार्षिक पुण्य तिथिकाे अवसरमा स्थापना  गरिएको छ । अक्षयकाेष स्थापनाले गरिव तथा जेहेन्दार विद्यार्थी १ जना र पाण्डबखानी आधारभूत विद्यालयफ फुर्सेबाट आउने १ जना विद्यार्थीलाई पुरस्कार प्रदान गरिने छ। 
उक्त अक्षकाेष रकम रु १,११,१११/-  रहेकाे छ। यसै गरी गलकोट नगरपालिका,१० पाण्डवखानीमा जन्मी बेलायतमा बस्दै आउनु भएका दलबहादुर पुन तथा समस्त परिवारको तर्फबाट स्व बाबाआमाको सम्मान र स्मृतिमा प्रदान गर्दै आउनु भएको ४ जना विद्यार्थीलाई रु ५८,२००/- पूर्ण छात्रवृति तथा गणेश सुनारले प्रदान गर्ने  २जना विद्यार्थीलाई रु१०,०००/- छात्रवृत्ति पुरस्कार समेतप्दान गरिएको थियो । 

यसका साथै दिलबहादुर टिकाकुमारी पुरस्कार, भक्त मैना खड्का पुरस्कार, उजिर बहादुर खगी सुनार पुरस्कार, गंग बहादुर पुनपुरस्कार, समीर पुन पुरस्कार र भक्त बहादुर श्रीस पुरस्कार समेत वितरण गरिएको थियो। 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानसिंह छन्त्यालकाे सभापतित्व, संविधानसभाका पूर्व सभासद निरज पुनकाे प्रमुख आतिथ्यता, गलकाेट नगरपालिका १० पाण्डबखानीका नवनिर्वाचित वडा अध्यक्ष भक्त बहादुर काउचाकाे विशिष्ट आतिथियता रहेकाे कार्यक्रममा स्वागत तथा ओैचित्यमाथि प्रकाश प्रधानाध्यापक नवीन सुनारले गर्नु भएको थियो भने संचालन शिक्षक प्रकाश पुनले गर्नु भएको थियाे। 

Thursday, May 26, 2022

गलकाेटकाे हरिचौर बजारदेखि मल्म हुँदै पाण्डवखानीसम्मको १० किलोमिटर सडक कालोपत्र हुने ।

गलकाेटकाे हरिचौर बजारदेखि मल्म हुँदै पाण्डवखानीसम्मको १० किलोमिटर सडक कालोपत्र हुने ।
सुरेश छन्त्याल/ गलकाेट 

बागलुङ क्षेत्र नं २ अन्तर्गत एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक कालोपत्र हुने भएको छ । विस्तृत अध्यययन प्रतिवेदन (डिपिआर)लगत्तै उक्त सडक कालोपत्रका लागि ठेक्का लगाइएको छ । 

गलकोट नगरपालिकाकोे हरिचौरदेखि मल्म, पाण्डवखानी, रमुवा रणसिंहकिटेनी, भीमगिठे, दर्लिङहुँदै निसीखोला प्यूठान जोड्ने सडक कालोपत्रका लागि प्रक्रियामा गएको हो । साढे दुई वर्षभित्र आवश्यक सानाठूला पूर्वाधार निर्माणसहित सडक कालोपत्र गर्न सडक डिभिजन कार्यालयले ठेक्का आह्वान गरेको हो । उक्त सडकसँगै तीन जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले पाँच सडक कालोपत्रका लागि ठेक्का निकालेको जनाएको छ । 

उक्त सडक ठेक्का सम्झौता भएको साढे दुई वर्षमा १० किलोमिटर सडक कालोपत्र भइसक्ने सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी तथा इञ्जिनियर कृष्णबहादुर खड्काले जानकारी दिए । उक्त सडकलाई झण्डै रु ४० करोडभन्दा बढी लागत अनुमानका आधारमा डिपिआर तयार गरिएको थियो । 
“डिपिआर, वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न गरी वैशाख १५ गते पूर्वाधारसहित कालोपत्र गर्न ठेक्का आह्वान गरेका छौँ अहिले प्रक्रियामा छ”, खड्काले भने, “यस क्षेत्रका सांसदले सिफारिस गरेको यस सडक ठेक्का सम्झौताको साढे दुई वर्षमा कालोपत्र भइसक्नेछ, उक्त सडक लामो भए पनि अहिले १० किलोमिटर सडक कालोपत्र गरिनेछ ।” 

झण्डै ४० किलोमिटर लामो उक्त सडक पनि सुरुको विन्दुबाट काम हुँदै जाने सडक डिभिजन कार्यालयल बागलुङले जनाएको छ । लामो समय बजेट अभावले कालोपत्र गर्न ठेक्कामा जान नसकेको सडक यस क्षेत्रका संसद् तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बजेटको व्यवस्थापन गरेका हुन् । यो ठेक्काअन्तर्गत पहिलो चरणमा गलकोटको हरिचौर बजारदेखि मल्म हुँदै पाण्डवखानीसम्मको १० किलोमिटर सडक कालोपत्र हुनेछ । कालोपत्र हुँदा यहाँका नागरिकलाई यात्रामा निकै सहजता हुने गलकोट नपा–७ मल्मका वडाध्यक्ष राजबहादुर थापाले बताए ।  उक्त सडकको १० किमीमा नाली, पर्खाल, कल्र्भटलगायतका पूर्वाधार निर्माणपश्चात् सडक कालोपत्र गरिनेछ ।

Monday, May 23, 2022

शेरचनद्धारा नव ज्याेतिमा अक्षय कोष स्थापना ।

शेरचनद्धारा नव ज्याेतिमा अक्षय कोष स्थापना ।
सुरेश छन्त्याल/ पाण्डबखानी

गलकोट नगरपालिका १० पाण्डबखानीमा रहेकाे नव ज्योति आधारभूत विद्यालयमा गलकोट नगर कार्यपालिका निवर्तमान सदस्य गणेश शेरचनको दाजु हाल काठमाण्डौ (यूके) मा बसोबास गर्दै आउनु भएका क्याप्टेन कृष्ण बहादुर शेरचन (तेजमान) र वहाॅको धर्म पत्नी भीम कुमारी शेरचनले आफ्ना स्वर्गीय बुवा दल प्रसाद शेरचन र स्वर्गीय आमा धना देवी शेरचनको स्मृतीमा रू १,२५,०००।- अक्षेरूपी एक लाख पच्चीस हजार रूपैया एक कार्यक्रमका विच नवज्योति आ.वि. मा अक्षय कोष स्थापना गर्नु भएको छ । विद्यालयका स्थापक सदस्य तथा बरिस्ठ समाजसेवी मानसिह छन्त्यालकाे अध्यक्षता र कृष्ण बहादुर शेरचन (तेजमान)काे विशेष उपस्थित संगै शिक्षाप्रमि, अविभाक, समाजसेवी लगाएतकाे सहभागीता रहकाे कार्यक्रमकाे संचालन विद्यालयका प्राचार्य आशा श्रीसले गर्नु भएको थियाे । साथै सहयोग प्रति वहाॅ लगायत सम्पूर्ण परिवारलाई विद्यालयकाे तर्फदेखि सु- स्वास्थ् दिर्घायुका साथै उत्तरोत्तर प्रगतीको कामना गर्नु भएको थियाे ।

Sunday, May 22, 2022

गलकाेटमा नव निर्वाचित जनप्रतिनिधिहरुलाइ स्वागत तथा बधाई कार्यक्रम सम्पन्न ।

गलकाेटमा नव निर्वाचित जनप्रतिनिधिहरुलाइ स्वागत तथा बधाई कार्यक्रम सम्पन्न ।
सुरेश छन्त्याल/ गलकाेट

राष्ट्र सेवा निष्पक्षता, तटस्थता र  कर्मचारी एकता भन्ने नाराका साथ आज गलकाेट नगरपालिका ३ हटियामा नव निर्वाचित जनप्रतिनिधिहरुलाइ स्वागत तथा बधाई कार्यक्रम सम्पन्न भएको छ। नेपाल निजामती कर्मचारी युनियन गलकाेट नगरपालिका , बागलुङकाे आयाेजनामा भएको कार्यक्रममा बाेल्दै प्रमुख अतिथि समेत रहनु भएका गलकाेट नगरपालिकाका नव निर्वाचित नगर प्रमुख भरत शर्मा गैरेले जनता र कर्मचारीकाे तालमेल मिल्याे भने रहेक कामकार्य सहजरुपमा सम्पन्न हुने भन्दै जनतासंग कर्मचारी र जनप्रतिनिधि रहेक विषयमा जाेडन कर्मचारी र जनप्रतिनिधिलाई शर्माले आग्रह गर्नु भएको थियाे । त्यस्तै विशिष्ट अतिथि गलकाेट नगरपालिकाका उप प्रमुख फमलाल निउरेले जनप्रतिनिधि र कर्मचारी विच नङ र मासु जस्तै सम्बन्ध रहेकाे भन्दै समग्र गलकाेट नगरपालिकाकाे विकासका लागि समुदाय, जनप्रतिनिधि, रहेक नागरिककाे सहयोग र भुमिका रह्याे भने सम्वृद्ध गलकाेट निर्माण हुने बताउनु भयाे । कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन गलकाेटका अध्यक्ष राजेन जिसिकाे सभापतित्याे गलकाेट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेकाे प्रमुख आतिथियता गलकाेट नगरपालिकाका उप प्रमुख फमलाल निउरेकाे विशिष्ट आतिथियता संगै सरस्वती थापा केसीकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे संचालन अर्जुन चालिसेले गर्नु भएको थियाे।

Saturday, May 21, 2022

पाण्डबखानीमा श्रद्धाञ्जली सभा सम्पन्न ।

पाण्डबखानीमा श्रद्धाञ्जली सभा सम्पन्न ।
सुरेश छन्त्याल/ गलकाेट 

गलकाेट नगरपालिका १० पाण्डबखानीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। 
पाण्डबखानी अन्तर्गत गैराभाटी निवासी स्वर्गीय दिल बहादुर बुढाकाे १३ औं दिनकाे पुन्य तिथिकाे अवसरमा पाण्डबखानी माद्यामिक विद्यालयले राखेकाे श्रद्धाञ्जली सभामा सम्बाेधन गर्दै पुर्व संविधानसभाका सदस्य निरज पुनले स्वर्गीय बुढाले समाजमा र विद्यालयमा गरेकाे याेग्दानप्रति चर्चा गर्नु भएको थियाे। 
त्यस्तै स्वर्गीय बुढाकाे स्मृतिमामा बागलुङ युके समाज र युके समाज पाण्डबखानीका बरिस्ठ उपाध्यक्ष खर्क थापा(बुढा) र हङकङ समाज बागलुङका सल्लाहकार तथा निवर्तमान अध्यक्ष मन बहादुर थापा(बुढा) गलकाेट नगरपालिका १० का पुर्व वडा अध्यक्ष तिलक घर्ति, बरिस्ठ समाजसेवी मानसिह छन्त्याल, १३ औ दिनकाे पुन्य थितिमा उपस्थित सुनपानी समाज, चेलिबेटी, माउलाे लगाएतकाे सहभागीता रहेकाे थियाे । परम्परागत गत बाजागाजा सहित अस्ते खेल समेत प्रदर्शन गरेका थिए । त्यस्तै स्वर्गीय बुवाकाे नाममा रमुवामा चाैतारा र मानिस तर्ने साङ्गाे निर्माण गरिएको छ। 

एक परिवारद्धारा फुर्से आधारभुत विद्यालयलाइ सहयोग ।

एक परिवारद्धारा फुर्से आधारभुत विद्यालयलाइ सहयोग ।
सुरेश छन्त्याल/गलकाेट 

गलकाेट नगरपालिका १० पाण्डबखानी अन्तर्गत रहेकाे फुर्से आधारभूत विद्यालयलाई आफ्नो बुवा  स्वर्गीय रामप्रसाद पुनकाे स्मृतिमा ४ दाजुभाइले विद्यालयका लागि १५ ओटा बेन्च र पाँच र्याक सहित निजी स्रोतका शिक्षिकाहरुलाइ असार सम्मको तलब रु. २४ हजार रकम हस्तान्तरण गर्नु भएको छ । विद्यालयकाे कार्य योजना अनुसार विद्यालयका लागि हामिले सहयोग गर्न पाउँदा हामी अत्यन्तै खुसि भएकाे भन्दै महिला छाेरा धिरेन पुनले विद्यालय र विद्यार्थीकाे उज्ज्वल भविष्यकाे शुभकामना समेत व्यक्त गर्नु भएको छ। विद्यालय र शिक्षकका लागि हाल युकेमा कार्यरत क्याप्तेन याम पुनको चार दाजुभाइ, धिरेन पुन, हिमाल पुन र रमेश पुनद्धारा सहयोग गर्नु भएको थियाे। भने पन्ध्र ओता बेन्च र पाँच ओता र्याक बनाइ सकेको हुँदा कामदारहरुलाइ एकलाख सात हजार सात सय बीस रुपैया क्याप्तेन याम पुनको पुज्यनीय आमा लक्ष्मी पुनले हस्तान्तरण गर्नु भयको थियाे । त्यस्तै सहयोगप्रति विद्यालयकाे तर्फबाट सब परिवारलाइ धन्यवाद दिदै उहाँ हरुले चालेका रहेक पाइलाहरु सगरमाथाकाे सिखरमा पुग्न सफल हाेस् भन्दै धन्याबाद सहित विशेष आभार व्यक्त सहित आगामीदिनहरुमा यहि यस्ता सहयोगकाे अपेक्षा रहेकाे विद्यालयका प्रध्यानापक देवि काउचाले बताउनुभयो ।
त्यस्तै पाण्डबखानी उपल्लो फुर्से निवासी हाल युकेमा कार्यरत निरज काउचा र इन्दु  काउचाको नेतृत्व मा युकेमा कार्यरत सहयोगी दाताहरुले सहयोग गर्नुभएको रकमले दुई जना शिक्षिक बिक्रम काउचा र कुमारी थापा काउचालाई नियुक्ती गरिएकाे छ ।

Friday, May 20, 2022

विकासको लागि सवैको सहयोग र सहकार्य आवश्यक रहन्छ... घर्ती

विकासको लागि सवैको सहयोग र सहकार्य आवश्यक रहन्छ... घर्ती 
सुरेश छन्त्याल/ पाण्डबखानी 

गलकोट नगरपालिका वडा नम्वर १० का निवर्तमान  वडा अध्यक्ष तिलक घर्ती मगरले वडाको विकासको लागि सवैको सहयोग र सहकार्य आवश्यक रहेको वताउनुभएको छ ।  
वडा अध्यक्षको पदभार हस्तान्तरण गर्दै घर्तीले शिक्षा, स्वास्थ्य र सामाजिक विकास संगसंगै भौतिक विकासलाई प्राथमिकतामा राख्नु पर्छ भन्ने कुरामा प्रकाश पार्नु भएकाे थियाे । उहाँले वडाले सम्पुर्ण राजनैनिक दल, सामाजिक संस्था र आम नागरिकको भावना वुझेर काम गर्न आग्रह समेत गर्नु भयाे ।  

कार्यक्रममा नेपाली कांग्रेस वडा नम्वर १० का कार्यवाहक सभापति दिप घर्ती , नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्रका सदस्य छम काउचा , राष्ट्रिय जनमोर्चाका प्रतिनिधी पृर्थ श्रीस, बरिस्ठ समाजसेवी मानसिह छन्त्याल, पर्व संविधानसभाका सदस्य निरज पुन, नेपाली कांग्रेस जिल्ला सदस्य रामप्रसाद वि.क, महाधिवेशन प्रतिनिधि राधिका पुन, पाण्डबखानी माविका प्राचार्य नवीन भावुक लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।  
कार्यक्रमको अवसरमा निवर्तमान वडा अध्यक्ष तथा वडा सदस्यहरुलाई प्रशंसा पत्र दिएर विदाई गरिएको थियो । 
कार्यक्रम गलकोट नगरपालिका वडा नम्वर १० का निवर्तमान अध्यक्ष तिलक घर्तिको अध्यक्षता तथा वडा सचिव ठाकुर तिमिल्सिनाको सञ्चालनमा सम्पन्न भएको थियो ।

Wednesday, May 11, 2022

रिघामा नेकपा एमालेद्धारा आचर संहिता उल्घन ।

रिघामा नेकपा एमालेद्धारा आचर संहिता उल्घन ।
सुरेश छन्त्याल
गलकाेट नगरपालिका ११ रिघामा नेकपा एमालेका उमेदवारहरू द्धारा आचर संहिता उल्घन गरेकाे जानकारी प्राप्त भएको छ। साझा गठबन्धन कार्यकता द्धारा स्थलगत अनुगमन गर्दा नेकपा एमाले ले आफुहरुलाई सर्वपरि र सर्वमान्य भन्ने भनउदाहरुले पनी आफ्नो हैसियत देखाउनु पनी स्वाभाविक हाे भन्दै साझा गठबन्धन कार्यकताका एक कार्यकर्ताले जानकारी दिदै नेकपा गलकोटका प्रत्यासी उमेयर, प्रत्यासी वडा अध्यक्ष र प्रत्यासी सदस्यहरु सहित नेकपा जिल्ला सदस्य र गलकोट नगर सचिव सहित केही कार्यकताहरु घरदैलो र तोल भेला गर्दै हिडेरहेकाे जानकारी प्राप्त भएको छ। 
निर्वाचन आयाेगले मंगलबार राति १२ बजेदेखि माैन अवधि गरेता पनि नियम लागू नभएको भन्दै र यस्ता कार्य गर्दै हिड्ने उम्मेदवार र कार्यकर्ताहरुलाइ सम्बन्धित  निकायलाई कार्वाहीकाे भाग समेत गरेका छन्

पाण्डबखानीमा सर्वदलीय बैठक सम्पन्न ।

पाण्डबखानीमा सर्वदलीय बैठक सम्पन्न । 
सुरेश छन्त्याल 
गलकाेट नगरपालिका १० पाण्डबखानीमा सर्वदलीय बैठक सम्पन्न भएको छ। 
स्थानीय तहकाे निर्वाचन लाई सफलता पुर्वक सम्पन्न गर्नका लागि ४ दलका प्रतिनिधि, जनप्रतिनिधि, उम्मेदवार, सायक मतदान अधिकृत दिलबहादुर वि.क, शाेभा आचार्य, प्रहरी सायक निरिक्षक कुमार मल्ल, पत्रकार सुरेश छन्त्याल लगाएतकाे सहभागिता रहेकाे बैठकमा नयाँ र पुराना परिचयपत्र वितरण, मतदातालाई सहज वातावरण व्यवस्थापन सम्बन्ध, एजेन्डकाे जिम्मेवारी लगाएत विषयमा छलफल गरिएको थियाे ।
कार्यक्रममा मतदान बुद (क) का मतदान अधिकृत सुजित पाैयालकाे अध्यक्ष संगै कार्यक्रमकाे संचालन मतदान बुद (ख) का मतदान अधिकृत कमलादेवि चालिसेले गर्नु भएको थियाे । मतदान केन्द्र पाण्डबखानी माध्यमिक विद्यालयमा रहेकाे र  वैशाख ३० गते विहान ७ बजे देखि बेलुकी ५ बजेसम्म मतदान गर्न सकिने बुद क का अधिकृत पाैयालले जानकारी दिनु भयाे ।

Tuesday, May 10, 2022

निर्वाचनलाई लक्षित गरेर पाण्डबखानीमा सुरक्षा व्यवस्थापन

निर्वाचनलाई लक्षित गरेर पाण्डबखानीमा सुरक्षा व्यवस्थापन ।
सुरेश छन्त्याल/ पाण्डबखानी

स्थानीय तहकाे निर्वाचनलाई लक्षित गरि गलकाेट नगरपालिका १० पाण्डबखानीमा हिजाे देखि सुरक्षा व्यवस्थापन गरिएको छ ।
इलाका प्रहरी कार्यालय हरिचाैरबाट सुरक्षामा खटिएको प्रहरी प्रहरी सायक निरिक्षक कुमार मल्लले जागराउनु भएको भयाे। नेपाल प्रहरी र म्यादी प्रहरि गरि १५ जनाकाे टिम सहभागी
प्रहरी टिकाराम वि.क ले जानकारी जनाउनु भएको छ ।
त्यस्तै मतदान अधिकृत बुद (क)का सुजित पाैयाल र बुद (ख) काे कमलादेवि चालिसे काे पनि उपस्थित रहेकाे र आज राति १२ देखि सम्पूर्ण प्रचारप्रसार, मादक प्रथार्थ सेवन, हातहतियार लगाएत माैन अवधि र भाेलि सर्वदलीय बैठक रहेकाे हुनाले विहान ११ बजे मतदान केन्द्रमा सम्बन्धित सबैलाई सहभागी हुन जानकारी दिनु भयाे ।



Monday, May 9, 2022

संविधानको रक्षाका लागि गठवन्धनका उम्मेदवार लाई भोट गर्नुपर्ने : संविधान सभा सदस्य पुन

संविधानको रक्षाका लागि गठवन्धनका उम्मेदवार लाई भोट गर्नुपर्ने : संविधान सभा सदस्य पुन

संयुक्त लोकतान्त्रिक वाम गठवन्धन गलकोट नगरपालिकाको चुनावी अभियान गलकोट नगरपालिका वडा नम्वर १० को पाण्डवखानि र रमुवामा सम्पन्न भएको छ । 
कार्यक्रमलाई सम्वोधन संविधान सभा सदस्य नर वहादुर पुन निरजले नेपालको संविधान २०७२ लाई रक्षा गर्नका लागि आसन्न स्थानीय निर्वाचनमा अहिलेको ५ दलिय गठवन्धनलाई मतदान गरी विजयी गराउनुपर्ने वताउनुभएको थियो । 

उहाँले तत्कालिन अवस्थामा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलिको निरंकुशताको अन्त्य गर्नका लागि वर्तमान गठवन्धन निर्माण भएको वताउनुभयो । पुनले निवर्तमान नगरपालिकाको नेतृत्वले धेरै विकास निर्माणका कार्यक्रमको सुरुवात गरेको हुदा त्यसलाई एउटा उचाईमा पु¥याई विकसीत गलकोट निर्माण यसै नेतृत्वले गर्ने भएकाले मतदाताहरुले कुनै पनि व्यक्तिको लहलहैमा नलागी गठवन्धनको आधिकारीक उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गर्नुभयो । 

त्यस्तै गलकोट नगरपालिकाका नगर प्रमुख पदका उम्मेदवार भरत शर्मा गैरेले आफु नेतृत्वको पहिलो नगरपालिकाको टिमले गलकोट नगरको मुहार फेर्ने खालका थुप्रै कामको सुरुवात गरेको र त्यसलाई अव पुरा गरी उत्कृष्ट नगरपालिका निर्माण गर्न आफुहरुलाई पुन नगरपालिकाको नेतृत्व प्रदान गर्न मतदाताहरुलाई आग्रह गर्नुभएको थियो । 

त्यस्तै गलकोट नगरपालिकाका नगर उपप्रमुख पदका उम्मेदवार फमलाल निउरेले अहिलेको गठवन्धन समग्र गलकोट नगरपालिकाको सम्पुर्ण शक्ति र विचारहरु मिलेर वनेको हुनाले आगामी दिनमा गठवन्धनको मर्म, भावना र उद्देश्य अनुरुप समग्र क्षेत्रको समानुपातिक रुपमा विकास गरी समृद्ध गलकोट निर्माणका लागि गठवन्धनका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गर्नुभएको थियो । 

कार्यक्रममा नेपाली कांग्रेसका पुर्व जिल्ला कोषाध्यक्ष उमेश गौतमले केहि व्यक्तिहरुले विभिन्न खाले चिन्हहरुलाई ल्याएर भ्रम सिर्जना गरेको भन्दै त्यस्ता व्यक्तिहरु आज कुनै पनि पार्टीको पद र साधारण सदस्य समेत नरहेकाले त्यस्ता झुटा भ्रममा नपरी त्यस्ता खाले व्यक्तिलाई स्विकार गर्न नहुने वताउनुभएको थियो । 

कार्यक्रममा चुनाव प्रचारप्रसार समितिका सदस्य सचिव टंक केसि, गलकोट नगरपालिकाका कार्यवाहक मेयर रेनुका काउचा मगर, नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्रका गलकोट नगर सदस्य छम वहादुर काउचा लगायतले मतादाताहरुलाई गठवन्धनका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गर्नुभएको थियो । 

कार्यक्रम नेपाली काग्रेस गलकोट नगरपालिका वडा नम्वर १० का कार्यवाहक सभापति दिप घर्तीको अध्यक्षता तथा नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्रका विष्णु काउचाको सञ्चालनमा सम्पन्न भएको थियो । 

Tuesday, May 3, 2022

पाण्डबखानीमा महिलाहरु उदाहरणीय बन्न थाले ।

पाण्डबखानीमा महिलाहरु उदाहरणीय बन्न थाले । 
सुरेश छन्त्याल/ पाण्डबखानी

गलकाेट नगरपालिका १० पाण्डबखानीका महिला दिदिबहिनीहरु उदाहरणीय पात्र बन्न थालेका छन् प्रत्येक महिलाहरु कृषि पेसा देखि ढाका कपडा वुनाइ सम्म अग्रसर बनेकाे देख्न पाइन्छ ।गलकाेट नगरपालिका नगर कार्यपालिकाकाे आयाेजनामा कृषि, पर्यटन स्थानीय सीप र पुर्वाधार सम्वृद्ध गलकाेट निर्माणकाे मुल आधार गरिवी निवारणका लागि लघु उद्यम विकास केन्द्र कार्यक्रम अन्तरगत ३ महिने ढाका कपडा वुनाइ तालिम गत चैत १९ गते देखि सुरु भएको तालिममा २ चरण गरि तालिम संचालन भएको तालिम प्रशिक्षक भावना पुनले जानकारी दिनु भयाे ।

त्यस्तै तालिममा १९ जना महिलाहरुकाे सहभागीता रहेकाे र तालिम असार ९ गते समापन हुने प्रशिक्षक पुनले जानकारी दिनु भयाे। 

Monday, May 2, 2022

पाण्डबखानीमा ३ दलकाे बैठक सम्पन्न ।

पाण्डबखानीमा ३ दलकाे बैठक सम्पन्न ।
सुरेश छन्त्याल/ पाण्डबखानी


गलकाेट नगरपालिका १० पाण्डबखानीमा तीन दलकाे बैठक सम्पन्न भएको छ ।
बैठकमा गठबन्धनकाे संयुक्त प्रचारप्रसार गर्ने, आर्थिक व्यवस्थापन, गठबन्धनका उम्मेदवार सबै पार्टीका प्रमुखले विजय गराउन प्रतिबद्धता, ३ नै दल समावेश हुने गरि प्रचारप्रसार समिति गठन, लगाएतका विषयमा निर्णय पारित गरिएको छ ।
उक्त बैठकमा पुर्व संविधान सभा सदस्य निरज पुनकाे विशेष उपस्थितमा नेपाली काग्रेस वडा कार्य समितिका कार्यवाहक सभापति दिप घर्ती, नेकपा माओवादी केन्द्रबाट छम काउचा, राष्ट्रिय जनमाेर्जाबाट पृर्थ श्रीस, उम्मेदवारहरु, महिला संघ, शिक्षक संघ लगाएकाे उपस्थित रहेकाे थियाे।

Saturday, April 30, 2022

पाण्डबखानीमा सामाजिक सुरक्षा भत्ता वितरण सम्पन्न ।

पाण्डबखानीमा सामाजिक सुरक्षा भत्ता वितरण सम्पन्न ।
सुरेश छन्त्याल/ पाण्डबखानी
गलकोट नगरपालिका वडा नं १० पाण्डवखानीमा प्रभु बैङ्क गलकोटद्वारा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । सामाजिक सुरक्षा भत्ता गलकोट नगरपालिका वार्ड नं १० पाण्डवखानीमा वितरण गरिएको छ ।
उक्त सामाजिक सुरक्षा भत्ता वितरणमा कार्यक्रममा वडा सदस्य रामप्रसाद वि.क , वडा सदस्य राधिका पुन, वडा सचिव ठाकुर तिमिल्सिना, पत्रकार सुरेश छन्त्याल, पाण्डबखानी कृषि प्राबिधिक कृष्णा वि.क, प्रभु बैंक गल्कोटका संचालक प्रमुख शिशिर बम मल्ल, युराज थापा, शिबप्रसाद शर्मा सुरक्षा कार्ड खिमबहादुर मल्ल  लगायतको सहभागिता रहेको थियो।

ज्येष्ठ नागरिक, दलित , एकल महिला , पूर्ण अशक्त , पूर्ण अपांग , दलित बालबालिका गरि जम्मा ३३२ जनालाई रु. ३१ लाख ७० हजार ९ सय २३ रुपैया रकम वितरण गरिएको बैंकका सञ्चालन प्रमुख शिशिर बम मल्लले जानकारी दिनुभएकाे छ।


Friday, April 29, 2022

रमुवामा सामाजिक सुरक्षा भत्ता वितरण भाेलि वडाबाट वितरण हुने ।

रमुवामा सामाजिक सुरक्षा भत्ता वितरण भाेलि वडाबाट वितरण हुने ।
सुरेश छन्त्याल/ पाण्डबखानी
गलकोट नगरपालिका वडा नं १० पाण्डवखानीमा प्रभु बैङ्क गलकोटद्वारा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । सामाजिक सुरक्षा भत्ता गलकोट नगरपालिका वार्ड नं १० पाण्डवखानीको रमुवामा वितरण गरिएको छ ।
उक्त सामाजिक सुरक्षा भत्ता वितरणमा कार्यक्रममा वडा अध्यक्ष तिलक घर्ती, वडा सदस्य राधिका पुन, वडा सचिव ठाकुर तिमिल्सिना, प्रभु बैंक गल्कोटका संचालक प्रमुख शिशिर बम मल्ल, युराज थापा, शिबप्रसाद शर्मा सुरक्षा कार्ड खिमबहादुर मल्ल  लगायतको सहभागिता रहेको थियो।

ज्येष्ठ नागरिक, दलित , एकल महिला , पूर्ण अशक्त , पूर्ण अपांग , दलित बालबालिका गरि जम्मा ७२ जनालाई भत्ता वितरण कार्यक्रम सम्पन्न भएको र भाेलि विहान ७ बजे देखि वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण हुने बैंकका सञ्चालन प्रमुख शिशिर बम मल्लले जानकारी दिनुभएकाे छ।

Saturday, April 23, 2022

एक भोट विक्रीमा छ ।

एक भोट विक्रीमा छ ।
लक्ष्मी अर्गेजा मगर/ बागलुङ
तिमीसगँ नोट छ
मसगँ भोट 
हामी एक अर्कामा
तालमेल गरौं न हुन्न ?
तिमीलाई चुनाव जित्न 
भोट झार्नु छ
मलाई जीवन जिउन,
रहर अनि भोक मार्नु छ 
त्यसैले त विज्ञापन गरेको छु 
मेरो एक भोट विक्रीमा छ ।

तिमी पार्टीको सिद्धान्तको कुरा नगर
म नैतिकताको कुरा छोड्छु
आज मैले परिवार धान्न 
भोट बेचे
भोलि तिमीले देशको अर्थतन्त्र 
धान्न भन्दै देश बेच्छौ
मलाई बाध्यता छ 
तिमीलाई बहाना 
तेसैले तिमी आदर्शको कुरा नगरिकन 
भोट किन्न तर्फ लाग 
मेरो एक भोट विक्रीमा छ 

चुनाव प्रचारमा आउँदा
गाउँमा सिंहदरबार लिने सपना नदेखाउनु 
जितेर रोजगार दिने सपना नदेखाउनु
म अचेल व्यावहारिक होइन 
व्यापारीक हुँदै गएको छु
आफ्ना छाक टार्नको लागि
पैसा नै सबथोक हो भन्ने भएकोछु 

यदि तिमीले 
भोटको मुल्य बढाएछौ भने
काका र दाईलाई पनि भोट दिनु भनुला
राम्रालाई जिताउनु पर्छ भन्दै
तै चुप मै चुप बनुला
तिमी किन चिन्ता गर्छौ 
धितो राखिदेउ बुढीको गहना र घर 
पछि जति पनि लुट्न पाउछौ धन
डबल भएर फिर्ता आउँछ 
इज्जत र स्वाभिमान 

म तिम्रो पार्टीको झण्डा बोक्छु 
तिम्रै पक्षमा भाषण ठोक्छु
तिम्रै झोले कार्यकर्ता बन्छु
सबैलाई भोट दिन भन्छु 
मेरो भोट किनिदेउ 
मेरो एक भोट विक्रीमा छ ।

गरिबी घटाउने 
तिम्रो चुनावको एजेन्डा होइन र ? 
परेवालाई चारो जसरी 
पैसा छरिदेउ
युवायुवतीलाई पासपोर्ट
चालीस काटेकालाई रक्सी भरिदेउ
बैशाख ३० नजिकिदै छ
मान्छे चिन्न तर्फ लाग 
भोट किन्न तर्फ लाग
मेरो पनि एक भोट विक्रीमा छ ।

Sunday, April 10, 2022

मानव अधिकार तथा शान्ति समाज ललितपुर कार्य समितिद्धारा धर्ना कार्यक्रम सम्पन्न ।

मानव अधिकार तथा शान्ति समाज ललितपुर  कार्य समितिद्धारा धर्ना कार्यक्रम सम्पन्न ।
सुरेश छन्त्याल/ काठमाडौं
मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा ललितपुर कार्य समितिद्धारा जावलाखेल, ललितपुरमा शान्तिपूर्ण  धर्ना कार्यक्रम सम्पन्न भएको छ ।
मानव अधिकार तथा शान्ति समाज , ललितपुर शाखा कार्य समितिले रुस- युक्रेन युद्धकाे समाप्तिको लागी " युद्ध निषेध-शान्ति विशेष " भन्ने आह्वान र नारा सहित युद्धकाे विरोध र शान्तिकाे पक्षमा शान्तिपूर्ण प्रदर्शन कार्यक्रम सम्पन्न गरेकाे छ । रुस- युक्रेनबिच भईरहेकाे युद्ध समाप्त गरेर मानवियता र मानव सभ्यता रक्षा गर्न अायाेजकले अपिल गरेकाे छ । शाखा सभापति सन्जाेग चाम्लिङ राईकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा समितिका केन्द्रीय महासचिव रामकृष्ण बराल प्रमुख वक्ता रहनु भएकाे थियाे । कार्यक्रममा काठमाडौ शाखा सभापति भगवान पुडासैनी, केन्द्रीय सदस्य चन्द्रमणि बन्जरा, केन्द्रीय विभागिय संयाेजक बलबहादुर गाहा मगर र अन्य अभियानकर्मीहरूकाे सहभागीता रहेकाे थियाे।


Saturday, April 9, 2022

पाण्डबखानीमा काँग्रेसको बहुमत रहेकाे कारण उम्मेदवारीका आकंक्षी पनि बढि ।

पाण्डबखानीमा काँग्रेसको बहुमत रहेकाे कारण उम्मेदवारीका आकंक्षी पनि बढि ।
सुरेश छन्त्याल/ गलकाेट
बागलुङ- स्थानीय तहको निर्वाचनको मिति नजिकिए सँगै यतिबेला वडा तहमा अध्यक्ष देखी वडा सदस्य सम्मका पदमा आकंक्षी बढ्दै गएका छन । कसले टिकट ल्याउने र निर्वाचनमा होमिने होटबाजी चलिरहेको छ । जिल्लामा क्रियाशिल विभिन्न राजनितिक दलले यतिबेला वडा तहमा आकंक्षीहरु सँग छलफल चलाउनुका साथै वडा तहदेखी माथिल्लो तहमा सिफारिस गरेका छन ।

यसै क्रममा नेपाली काँग्रस गलकाेट नगरपालिका १० पाण्डबखानीमा पनि अध्यक्षका लागि ६ जनाले आकंक्षा व्यक्त गरेका छन । जिल्लामै सवै भन्दा राम्रो काँग्रेसको पकट क्षेत्रको रुपमा रहेकाे पाण्डबखानी वडा अध्यक्षका लागि आकक्षी बन्ने पनि बढि नै छन । वडा अध्यक्षका लागि वर्तमान वडा अध्यक्ष तथा प्रदेश क्षेत्र नम्बर २ (क) का प्रदेश  सभापति तिलक घर्ती मगर, नेपाली काग्रेस वडा कार्य समितिका सभापति भक्त काउचा, जिल्ला सदस्य रामप्रसाद वि.क, महाधिवेशन प्रतिनिधि तथा वडा सदस्य राधिका पुन, क्षेत्र नम्बर २ का क्षेत्रीय सदस्य ज्ञानबहादुर श्रीस, र  क्षेत्रीय प्रतिनिधि यामबहादुर काउचा( रामलाल) आकंक्षीको रुपमा रहेको नेपाली काँग्रेस पाण्डबखानीका उपसभापति दिप घर्तिले जानकारी दिए । पाण्डबखानीमा काँग्रेसको बहुमत रहेकाे कारण उम्मेदवारीका आकंक्षी पनि बढि नै रहेका छन । 

Friday, April 1, 2022

पाण्डबखानीमा ब्याटमिनटन कभर हलनिर्माण हुँदै ।

पाण्डबखानीमा ब्याटमिनटन कभर हल
निर्माण हुँदै ।
सुरेश छन्त्याल

गलकाेट नगरपालिका १० पाण्डबखानीमा ब्याटमिनटन कभर हल निर्माण हुने तयारीमा रहेकाे छ । नेपालमा खेलाडीलाइ राष्ट्रिय खेलाडी भनेर परिभाषित गरे पनि केही भेगमा खेलाडीहरुकाे रुचि अनुसार स्थानीय सरकारले व्यवास्था गरेकाे अवस्थामा गलकाेट नगरपालिका कार्यालय र गलकाेट नगरपालिका १० पाण्डबखानी वडा कार्यालयले खेलाडीहरुकाे रुचि र खेलप्रति सम्मान गर्दै करिव आठ लाख बराबरकाे बजेट बिनोजित रकमबाट पाण्डबखानीमा ब्याटमिनटन
कभर हल निर्माण हुन लागेकाे निर्माण समितिका अध्यक्ष युवराज शाहीले जानकारी दिनुभयाे । पत्यस्तै निर्माण समिति गठन पनि भएको छ। जसमा अध्यक्ष युवराज शाही, सचिव तुलबहादुर घर्ती, काेषाध्यक्ष अमिषा घर्ती थापा गरि ७ निर्माण समिति गठन भएको छ। 

Tuesday, March 29, 2022

निसीखोमा पिकअप भ्यान दुर्घटना ढोरपाटनका एमाले नेताको मृत्यु

निसीखोमा पिकअप भ्यान दुर्घटना ढोरपाटनका एमाले नेताको मृत्यु
सुरेश छन्त्याल/ बागलुङ
बाग्लुङको निसीखोमा पिकअप भ्यान दुर्घटना हुँदा ढोरपाटनका एमाले नेताको मृत्यु भएको छ  । मंगलबार राति भएको दुर्घटनामा सवार एक जना गम्भीर घाइते भएका छन् ।

निसीखोलाबाट बुर्तिबाङ बजार तर्फ आउँदै गरेको लु१च ९४८० नम्बरको पिकअप भ्यान निसीखोला गाउँपालिका-२ थारुखोला नजिकै दुर्घटना हुँदा ढोरपाटन नगरपालिका-१ का ऋतुवर्ण पौडेलको घटनास्थलमै मृत्यु भएको हो ।

ढोरपाटन नगरप्रमुखका स्वकिय सचिव कुशल बिकका अनुसार उनी नेकपा एमाले ढोरपाटन नगरकमिटीका अध्यक्ष हुन् । दुर्घटनामा परी रुपन्देहीका -३८ वर्षिया ३८ बर्षिय सुरेश थापा गम्भिर घाइते भएको बाग्लुङ जिल्ला प्रहरी प्रवक्ता डिएसपी ईकवल हवारीले जानकारी दिए । उनका अनुसार पिकअप भ्यान सडकदेखि १५० मिटर तल खोलामा खसेको थियो । घाइतेको अवस्था गम्भीर रहेको र उनको वुर्तिबाङ्ग प्राथामिक स्वास्थ्य केन्द्रमा उपचार भई रहेको छ । मृतक त्यस गाडी मालिक समेत हुन् ।

Sunday, March 13, 2022

पाण्डबखानीमा अचम्मकाे लिला ।

पाण्डबखानीमा अचम्मकाे लिला ।
सुरेश छन्त्याल/ बागलुङ 
गलकोट नगरपालिका १० पाण्डवखानीकाे रमुवामा २७ गते घरपरिवारको सम्पर्क विहिन रहेकाे ५ वर्षिय बालक सकुशल फेला परेका छन् । प्रेम बि क र लक्ष्मी बि.कको छोरा सिसिर बि.क आफ्नाे आमा संग घर नजिकको जंगलमा घाँस दाउरा काट्न गएको बेला जंगल बाट घर नफर्कीएपछि पुरै गाउँबासिकाे सक्रियतामा खाेजि कार्य पछि फेला परेका छन् । फागुन २७ गते दिउसो ३ बजे हराएकाे र आज साेहि समयमा फेला पारेकाे स्थानीय दिपक वि.क ले जानकारी दिनुभयाे वि.क को अनुसार बालकलाइ त्यस स्थानमा रहेकाे देव- देविकाले लगेकाे हुन सक्ने र बालकलाई न चिसाेले छाेयाे न भाेग नै लाग्याे २७ गते दिउसो ३ बजे हराएकाे बालक आज साेहि समय र स्थानमा सकुशल फेला परेका छन् । 

Wednesday, February 23, 2022

मतदाता परिचयपत्र हराएको भएमा नयाँ बनाउन पाउने ।

मतदाता परिचयपत्र हराएको भएमा नयाँ बनाउन पाउने ।
निर्वाचन आयोगले मतदाता परिचयपत्र हराएको भएमा नयाँ बनाउनको लागि निवेदन आह्वान गरेको छ ।
चुनावमा मतदान गर्नका लागि मतदाता परिचयपत्र आवश्यक पर्ने भएकाले यसअघि लिएको परिचयपत्र हराएको भएमा नयाँ बनाउनका लागि आयोगले आग्रह गरेको हो ।परिचयपत्र हराएको वा नष्ट भएको भएमा फागुन २० गतेसम्म निवेदन दिन सकिने छ । आफ्नो नामावली रहेको वडा कार्यालयको सिफारिससहित स्वयम् व्यक्ति जिल्ला निर्वाचन कार्यालयमा गएर आउँदो २० गतेभित्र निवेदन दिन सकिने आयोगले जनाएको छ ।

मतदाता परिचयपत्र लिनको लागि कुनै शुल्क नलाग्ने, यसअघि लिइएको मतदाता परिचयपत्र भएकाहरुले भने त्यही परिचयपत्र लिएर मतदानमा सहभागी हुन पाउने छन ।

Thursday, February 17, 2022

मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्य समितिद्धारा धर्ना कार्यक्रम सम्पन्न ।

मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्य समितिद्धारा धर्ना कार्यक्रम सम्पन्न ।
सुरेश छन्त्याल/ काठमाडौं
मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्य समितिद्धारा धर्ना कार्यक्रम सम्पन्न भएको छ। मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्य समितिद्धारा रुस- युक्रेनबिच बढ्दो तनाव र युद्धकाे आशंकाले युद्ध निशेध शान्ति विशेष भन्ने आह्वानसहित युद्धकाे विरोध र शान्तिका पक्षमा निरन्तर अभियानरत स्वयसेवी संस्था मानव अधिकार तथा शान्ति समाज रुस- युक्रेनबिच बढ्दो तनाव कम गर्न, युद्धकाे कुनै पनि सभावनालाई टार्न र खारेज गर्नका लागि संयुक्त राष्ट्रसंघले थप विशेष पहल गर्न मानव अधिकार तथा शान्ति समाज केन्द्रीय समितिका महासचिव रामकृष्ण बरालकाे नेतृत्वमा आज काठमाडौंकाे जावलाखेलमा ज्ञापनपत्र सहित ध्यानाकर्षण गरिएको थियाे ।




Saturday, February 12, 2022

हिमपातले राेकिएकाे सामाजिक सुरक्षा भत्ता वितरण ।

हिमपातले राेकिएकाे सामाजिक सुरक्षा भत्ता वितरण । 
सुरेश छन्त्याल/ गलकाेट
गलकोट नगरपालिका वडा नं १० पाण्डवखानीमा 
सामाजिक सुरक्षा भत्ता वितरण सम्पन्न भएको छ । प्रभु बैङ्क गलकोटद्वारा सामाजिक सुरक्षा भत्ता वितरण भएको हाे। सामाजिक सुरक्षा भत्ता हिजाे गलकोट नगरपालिका वार्ड नं १० पाण्डवखानीको रमुवामा वितरण गरिएको थियाे, भने आज वडा कार्यालयमा वितरण गरिएको वडा सचिव ठाकुर तिमिल्सिनाले जानकारी दिनुभयाे। 
उक्त सामाजिक सुरक्षा भत्ता माघ २१ गते वितरण गर्ने भनियता पनि बढी हिमपात भएको कारण आज वितरण गरिएको वडा अध्यक्ष तिलक घर्तिले जानकारी दिनुभयाे। भत्ता वितरण कार्यक्रममा वडा अध्यक्ष तिलक घर्ति, वडा सदस्य रामप्रसाद वि.क, वडा सचिव ठाकुर तिमिल्सिना, प्रभु बैंक गल्कोटका कर्मचारी युवराज पुलामी मगर, शिब प्रसाद आचार्य, सुरक्षा कार्ड खिमबहादुर मल्ल लगायतको सहभागिता रहेको थियो। ज्येष्ठ नागरिक, दलित , एकल महिला , पूर्ण अशक्त , पूर्ण अपांग ,दलित बालबालिका गरि जम्मा ३३८ जनालाई ३४ लाख वितरण भएको प्रभु बैङ्क गलकोट सुरक्षा कार्ड खिमबहादुर मल्लले जानकारी दिनु भयाे।